२०८१ बैशाख १५

सरकारलाई गठबन्धनको सुझाव– महँगी नियन्त्रण र काठमाडौंका फोहोर व्यवस्थापन गर्नू




काठमाडौं । सत्ता गठबन्धनले सार्वजनिक सरोकारका दुई विषयमा तत्काल कदम चाल्न सरकारलाई सुझाव दिएको छ ।



Advertisement



प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सरकारलाई महँगी नियन्त्रण गर्न र काठमाडौंको फोहोर व्यवस्थापनमा अग्रसरता लिन सुझाव दिएको हो । 

“आजको बैठकले दुईवटा विषयमा मात्र निर्णय गरेको छ,” जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने, “महँगी नियन्त्रण गर्न र काठमाडौंका फोहोर व्यवस्थापन गर्न अग्रसरताका लागि सरकारलाई आग्रह गर्ने निर्णय भएको छ ।”

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए ।

Copy link
Powered by Social Snap