२०८१ बैशाख ८

बाबुरामको दाबी– सेना कब्जा गर्न खोजेको थिएनौँ, १२ बुँदे समझदारीमा दिल्लीको हस्तक्षेप छैन




काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन माओवादी पार्टीले नेपाली सेनालाई कब्जा गर्न नखोजेको बताएका छन् । बिहीबार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले तत्कालीन माओवादी पार्टीको नेतृत्वको सरकारले प्रधानसेनापतिलाई कारबाही गरेर सेना कब्जा गर्न नखोजेको प्रष्ट्याएका हुन् ।



Advertisement



माओवादी नेतृत्वको पहिलो सरकारले तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटुवाललाई कारबाहीको पत्र दिएपछि माओवादीले सरकार नै छोड्नुपरेको थियो । पुस्तकमा भएको प्रसंगलाई उल्लेख गर्दै उनले मा ओवादीले नेपाली सेनालाई जनताप्रति निष्ठावान बनाउने प्रयत्न गरेको बताए ।

त्यतिखेर राष्ट्रपतिले सेनापतिलाई थमौती दिएर असंवैधानिक कदम चालेको र असंवैधानिक कदमको शुरुवात नै त्यहीँदेखि भएको उनको भनाइ छ ।



उनले भने, “कटुवाल प्रकरणमा उहाँले पनि भूमिका खेल्नुभएको रहेछ । त्यो उहाँले स्वीकार गर्नुभएको छ । त्यतिबेला हामीले के आरोप ल्याइयो भने माओवादीले सेना नै कब्जा गर्न खोजेका थिए । वास्तवमा दुईवटा सेनाको ठिक ढंगले समायोजन गरेर सेनाको लोकतान्त्रीकरण गर्दै राजाप्रति निष्ठावान भएको जुन सेना छ, त्यो अब जनताप्रति निष्ठावान हुनुपर्छ भन्ने मात्रै हाम्रो प्रयत्न थियो । तर जुन एउटा भाष्य निर्माण गरिएको छ, माओवादीले त्यो सेना नै कब्जा गर्न खोजेको थियो त्यही कारणले गर्दा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई पनि असंवैधानिक तरिकाले अहिले राष्ट्रपतिले असंवैधानिक कदम पछिल्लो त आएको छ । तर असंवैधानिक कदमको सुरुवात त्यतिबेलै भएको थियो,” उनले भने ।

उनले तत्कालीन विद्रोही माओवादी र सत्तारूढ दलहरूबीच भएको १२ बुँदे समझदारीमा दिल्लीले हस्तक्षेप नगरेको पनि दाबी गरे । उनले  १२ बुँदे समझदारीको सुरुवात नेपाली राजनीतिक दलहरूले नै गरेको उल्लेख गरे ।

Copy link
Powered by Social Snap