२०८१ बैशाख १५

नेपालमा युद्धले शान्ति ल्याएको हो : प्रचण्ड




काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी जनताको शान्तिको चाहनासँग एकाकार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको ‘मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले आफूहरू शान्तिप्रति कटिवद्ध रहेको बताए ।



Advertisement



उनले अहिले पनि नेकपा (माओवादी केन्द्र) मा मानवता, लोकतन्त्र, परिवर्तन, न्याय र समानताप्रतिको उद्देश्य उस्तै रहेको बताए । उनले शान्तिप्रतिको लगाव र निष्ठाकै शान्तिप्रक्रियाको सम्झौता सम्भव भएको बताए ।

उनले शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीयतालाई व्यवस्थित गर्न लोकतान्त्रिक प्रक्रियामा सबभन्दा बढी गहिराइको साथ लागेको बताउँदै नेपालमा युद्धले शान्ति ल्याएको बताए ।



“युद्धमा सहभागीहरूले नै शान्तिको महत्त्व सबभन्दा बढी बुझेका हुन्छन् । मानिसलाई युद्धमा गए त्यो बढी क्रुर र अमानवीय छ कि भन्ने लाग्छ । तर यथार्थ हेर्नुभयो भने त्यस्तो छैन । अहिले पनि एउटा भ्रम छ, माओवादी अहिले पनि कतै उस्तै पो छ क्यारे भनेको जस्तो । शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीयता । अहिले यसलाई टुंग्याउनको
लागि लोकतान्त्रिक प्रक्रियामा सबभन्दा बढी गहिराइको साथ हामी लागिरहेका छौँ । यो विभ्रम हामी दिमागबाट अटाइदिऔँ । युद्धले शान्ति ल्याएको छ नेपालमा । माओवादी जनताको शान्तिको चाहनासँग एकाकार छ,” उनले भने ।

Copy link
Powered by Social Snap