२०८० चैत्र १६

अब समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल




काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानले भनेको समृद्ध र समाजवादी नेपाल निर्माण गर्ने दिशामा अघि बढ्न जरुरी रहेको बताएका छन् ।



Advertisement



बिहीबार काठमाडौंमा भएको पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ‘मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले देशको सामाजिक, आर्थिक रूपान्तरणलाई तीव्र बनाउने र देशमा भोगिरहेका समस्याको समाधान गर्दै स्वतन्त्रता, सार्वभौमिक सत्तालाई सदृढ गर्ने दायित्व रहेको बताए ।



उनले खनालले थापाको जीवनीबाट देशको विकास कसरी गर्ने भन्नेकुरा सिक्न सकिने बताउए । उनले अहिले देशमा सम्भावना र चुनौती दुवै रहेकाले चुनौतीको समाधान गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

“सूर्यबहादुर थापाको जीवन नेपालीहरूले शिक्षा लिन योग्य जीवन हो । अहिलेको अवस्थामा हामी विगत पार गरेर आएका छौँ । अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अवस्थामा आएका छौँ । विगतमा जसरी सम्भावना र चुनौतीहरू थिए । अहिले पनि सम्भावना र चुनौती दुवै छन् । चुनौतीहरूको सामना गर्नुपर्नेछ । हामीले यस्ता नेताहरूको जीवनीबाट कसरी यो देशलाई समृद्धितर्फ लैजाने भन्नेकुरा सिक्नुपर्छ,” उनले भने ।

Copy link
Powered by Social Snap