२०८१ बैशाख ११

कांग्रेस केन्द्रीय उपसभापति लडेकी शाहले गरिन् पार्टी परित्याग




धनगढी । नेपाली कांग्रेसकाे केन्द्रीय उपसभापतिमा उमेदवार बनेकी दिव्यश्वरी शाहले पार्टी परित्याग गरेकी छन् । 



Advertisement



समानुपातिकतर्फबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत बनेकी शाहले  नेपाली कांग्रेसमा नबस्ने घोषणा गरेकी हुन् ।

उनी १४ औँ महाधिवेशनमा विमलेन्द्र निधिको प्यानलबाट केन्द्रीय उपभापतिको उमेदवार बनेकी थिइन् । 

शाहले पार्टीमा मनोमानी बढेको भन्दै नबस्ने र छिट्टै कांग्रेस (बीपी)मा प्रवेश गर्न लागेको खुलाएकी छन् । 



“अब म नेपाली कांग्रेस पार्टीमा बस्दैन् । पार्टीले नीति र सिद्धान्त भुलेर अराजकतातर्फ गयो,” शाहले भनिन्, “मैले विगतदेखि बीपीकै सिद्धान्तको पालना गर्दै आएकी छु । छिट्टै बीपी कांग्रेसमा हुनेछु ।” 

शाह बीपी कांग्रेसका उपसभापति समेत रहेका पूर्व प्रदेशसभा सदस्य कर्ण मल्लकी सासु समेत हुन् ।

Copy link
Powered by Social Snap