२०८० चैत्र १५

राष्ट्रपतिबाट संविधान उल्लघंन भयो : स्वास्थ्यमन्त्री खापुङ




काठमाडौं । स्वास्थ्य भवानीप्रसाद खापुङले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लघंन गरेको बताएका छन् ।



Advertisement



बिहीबार काठमाडौंमा डाक्टरहरूसँग स्वास्थ्य परामर्श उपलब्ध गराउने ‘पीटीसी नेपाल डटकम’ सार्वजनिक गर्दैमन्त्री खापुङले संविधानको संरक्षक राष्ट्रपतिबाट संविधानको उल्लघंन भएको बताए ।

मन्त्री खापुङले नेपालको संविधानमा राष्ट्रपतिले गर्ने उल्लेख भएका कामहरूबाहेक आफ्नो विचार, दृष्टिकोणले राष्ट्रका लागि कुनैपनि काम आफ्नो विचारले गर्ने व्यवस्था नभएको पनि बताए । उनले सहमति नजुटेका बुँदाहरूलाई (विषयलाई) छुट्टै राखेर सहमति जुटेका विषयहरू र अघिल्लो सरकारले अध्यादेशमा ल्याएका विषयहरूलाई राखेर नागरिकता विधेयक सदनमा पेस गरिएको बताए । 



अर्को प्रसंगमा मन्त्री खापुङले डेंगी रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गतका महाशाखा प्रमुखहरूको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको जानकारी दिए ।

Copy link
Powered by Social Snap