२०८३ कार्तिक २३

सत्ता गठबन्धनको बैठक सुरू




निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक सुरू भएको छ।



Advertisement



प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसिरहेको बैठकले अन्तिम प्रयास गर्ने जसपाका प्रवक्ता मनिस सुमनले बताए।

‘अब अन्तिम पटक सिट बाँडफाँटको प्रयास हुन्छ। अब हामी धेरै कुर्न सक्दैनौं,’ सुमनले भने, ‘आजको बैठक निर्णायक हुन्छ।’



गठबन्धनको सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी र जसपाले असहमति जनाएका छन्। एकीकृत समाजवादीले कम्तीमा २५ सिट दाबी गरेको छ। यद्यपि उसले २० सिट भए पनि चाहिने भनिरहेको स्रोतको दाबी छ।

जसपाले २२ सिट नपाए गठबन्धन छाडेर अरू दलसँग तालमेल गर्ने चेतावनी पनि दिइरहेको छ। उसले पनि १८ देखि २० सिटका लागि प्रयास गरेको स्रोतको दाबी छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap