२०८१ बैशाख १४

कर्मचारीलाई कसैको पक्ष/विपक्षमा नलाग्न आग्रह




काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा खटिने कर्मचारीलाई कसैको पक्ष तथा विपक्षमा नलाग्न निर्वाचन आयोगले आग्रह गरेको छ । मंसिर ४ गते हुने निर्वाचनमा तोकिएको आचारण बाहिर गएर कुनै पनि कार्य नगर्न आयोगले आग्रह गरेको छ ।   



Advertisement



कुनै राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा कुनै कार्य गर्न वा गराउन नहुने जनाएको आयोगले प्रचार प्रसारमा संलग्न हुन वा प्रचारप्रसार नगर्न कर्मचारीलाई अनुरोध पनि गरेको छ । 

“कुनै राजनीतिक दल वा उमेदवारलाई कार्यालयको वा आफनो भवन, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन हुँदैन,” आयोगले भनेको छ, “निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने विषयमा सामाजिक सञ्जालमा लेख्न तथा प्रतिक्रिया दिन हुँदैन ।” 



निर्वाचन प्रयोजनका लागि सम्प्रेषण गर्नुपर्ने सूचना एवं जानकारी बाहेक अन्य कुनै प्रकारका आफूलाई प्राप्त जानकारी कुनै राजनीतिक दल वा उमेदवार वा अनधिकृत व्यक्तिलाई दिन नहुने आयोगले जनाएको छ । निर्वाचन सम्बन्धी कार्य गर्दा/गराउँदा कसैको पक्ष वा विपक्ष नलिन पनि आयोगको आग्रह छ ।

Copy link
Powered by Social Snap