२०८१ बैशाख ७

दोस्रो बजारलाई प्रविधिमैत्री बनाउँदै नेप्से, टीएमएसकाे मोबाइल एप बन्दै

Credit: CLICKMANDU

काठमाडौं । नेपालको पुँजी बजार पूर्णरुपमा प्रविधिमैत्री बन्दै गएको छ । प्राथमिक बजार प्रविधिमैत्रीतर्फ उन्मुख भइरहेका बेलामा दोस्रो बजार पनि प्रविधिमैत्री बनाउनमा नेप्से लागिरहेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दोस्रो बजारलाई प्रविधि र लगानीकर्ता मैत्री बनाउन भन्दै टीएमएसको ‘मोबाइल एप’ बनाउने भएको छ । उक्त एप एन्ड्रोइड र एप्पल दुबै मोबाइलमा उपलब्ध हुनेछ ।

दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको सहजताको लागि भन्दै एप निर्माण गर्न लागिएको हो ।

नेप्से स्रोतका अनुसार दोस्रो बजार पूर्णरुपमा अनलाइन प्रणालीमा गएसँगै मोबाइलबाट समेत कारोबार गर्न मिल्ने गरी एप बनाउन लागेको हो ।

अहिले धेरै लगानीकर्ता कम्प्युटरभन्दा पनि मोबाइलबाट बढी चलाउने रुचाउने भएकाले एप निर्माणमा नेप्सेले अग्रसरता देखाएको हो ।

यो एप सबै लगानीकर्ताका लागि भने अनिवार्य हुने छैन ।

हाल लगानीकर्ताहरु कम्प्युटर, ल्यापटपबाट अनलाइन प्रणालीमा कारोबार गरिरहेका छन् । त्यसबाहेक मोबाइल एप आवश्यक पर्नेले मात्रै प्रयोग गर्न सक्नेछन् ।

एप निर्माण भएपछि लगानीकर्ताले मोबाइल एपबाट मात्रै पनि कारोबार गर्न पाउनेछन् । यसको लागतको विषयमा अहिले नै टुंगो लागिसकेको छैन ।

यसको लागत नेप्सेले बेहोर्ने वा लगानीकर्ताबाट लिने भन्ने विषयमा नेप्सेमा आन्तरिक छलफल भइरहेको बताएको छ ।

नेप्से स्रोतका अनुसार यो एप तयार हुन भने केही समय लाग्ने देखिएको छ । दोस्रो बजारलाई थप प्रविधिमैत्री र लगानीकर्ताको हितम लागि काम गर्न भन्दै नेप्सेले यो एप बनाउन लागेकोे जनाएको छ ।

Copy link
Powered by Social Snap