२०८१ बैशाख १४

बिहीबार थपिए १ हजार १ सय ११ कोरोना संक्रमित

साभार: सेतोपाटी

बिहीबार देशभर कोरोनाका १ हजार १ सय ११ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ।

विगत २४ घण्टामा ५ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। 

आजमात्रै १२ हजार ६ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पिसिआर गरिएको छ।

Copy link
Powered by Social Snap