२०८३ कार्तिक १२

शिक्षा पत्रकार समाज घोषणा हुँदै

साभार: शिक्षालय

‘शैक्षिक रुपान्तरणका लागि सञ्चार अभियान, नीतिगत बहशमा शिक्षा पत्रकार समाजको उठान’ को उद्घोषसहित विभिन्न सञ्चारमाध्यममा सक्रिय शिक्षा पत्रकारले नयाँ संस्था घोषणा गर्ने भएका छन् ।

शिशुकक्षा देखि विश्वविद्यालय तहसम्म र प्राविधिक तथा व्यावसायिक  शिक्षा क्षेत्रमा सक्रिय रिपोर्टिङ, बहश, खोज अनुसन्धान, प्रकाशन, प्रशिक्षण, प्रोत्साहन, स्रोत केन्द्र विकास र नवप्रवर्तनकारी काम गर्ने ध्येयले सक्रिय र अनुभवी शिक्षा पत्रकारको अगुवाइमा शिक्षा पत्रकार समाज (सेज) गठन भएको हो ।

समाजले शिक्षा र अन्य सामाजिक तथा आर्थिक क्षेत्रलाई ‘क्रस कटिङ’ का रुपमा लिँदै गुणस्तरीय शिक्षाको विकासबाट राष्ट्रसङ्घीय दिगो विकासका लक्ष्य र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गराउन पहल गर्नेछ । 


केन्द्र, प्रदेश र स्थानीय तहसम्मको साङ्गठनिक संरचनासहित समावेशितालाई समेत समेटेर समाजमा विभिन्न माध्यमका पत्रकारहरुको सहभागिता हुने क्रम चलिरहेको जनाइएको छ ।

कोरोना महामारी र निषेधाज्ञाको अवस्था खुकुलो भएपछि समाजको केन्द्रीय कार्यसमिति, प्रदेश संयोजक र सल्लाहकारहरु घोषणा गरिने जनाइएको छ । समाजले समसायिक सवालमा शैक्षिक बहशको भने प्रारम्भ गरिरहेको छ ।
यसअघि गत साउन २० गते शिक्षा पत्रकार समूह (इजेज) बाट नीगितगत असहमतिसहित राजीनामा दिएका संस्थापक सदस्य गणेश बस्नेत (जनताटाइम्स डटकम), पूर्वअध्यक्ष प्रकाश सिलवाल (रासस), निवर्तमान उपाध्यक्ष शेषकान्त पण्डित (गोरखापत्र), कार्यसमितिका सचिव श्याम तण्डुकार (शिक्षालय), कार्यसमिति सदस्य यशोदा अधिकारी (रेडियो नेपाल) लगायत ११ जनामध्ये अधिकांशले समाजमा प्रत्यक्ष आवद्धता जनाउने भएका छन् । समाजमा देवीप्रसाद सापकोटा (नेपाल टेलिभिजन), मतिना त्वनावासु (बिबिसी नेपाली सेवा), अन्य सक्रिय र युवा पत्रकार पनि रहनेछन् भने सबै शिक्षा पत्रकारलाई एकताबद्ध हुन र राष्ट्रिय साझा संस्था निर्माणका लागि पनि पहल भइरहेको जनाइएको छ । समूहको गत फागुन ५ गतेको अधिवेशनको विवाद र अविश्वास तथा भावी कार्यनीतिबारे सहमति र विकल्पका लागि पूर्व अध्यक्ष सिलवालले गत साउन १५ गते दिएको प्रस्तावमा सहमति नजुटेपछि ११ जनाको राजीनामा आएको हो ।

समूहबाट तत्कालीन समयमा अगल भएका शिक्षा पत्रकार प्रकृति अधिकारीलगायतको नेतृत्वमा एक दशक अघि शिक्षा पत्रकार सञ्जाल (इजोन) गठन भएको थियो ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap