२०८१ बैशाख ६

संक्रमितको पहिचानका लागि प्रत्येक वडामा रेडक्रसका टोली

साभार: शिक्षालय

संक्रमण समुदायमा नफैलियोस् भनेर गोदावरी नगरपालिका सचेत भएको छ । यसका लागि जनस्वास्थ्यका मापदण्ड नियमानुसार पालना गर्न अपिल गरेका छौं । निषेधाज्ञा पालना गर्नका लागि नगरबासीहरुमा अनुरोध गरेका छौं । 

मानिसहरुको अनावश्यक हिँडडुल रोकेका छौं । भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने स्यानिटाइजर प्रयोग गर्नेबारे निरन्तर सचेत गराइरहेका छौं । यसका लागि प्रत्येक वडामा रेडक्रसका टोली खटिएका छन् । 


Advertisement


संक्रमण फैलिन नदिन नगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङ र टेस्टिङलाई छरितो र चुस्त बनाएका छौं । हामीसँग दुईवटा कन्ट्राक्ट टे«ेसिङ टिम छ । उहाँहरु जहाँ संक्रमण देखिन्छ । 

त्यहाँ तत्काल म्ुभ भइहाल्नु हुन्छ । संक्रमित देखियो भने तत्काल उहाँहरुका क्लोज कन्ट्रयाक्ट पुगेका व्यक्तिहरुको पहिचान गरेर परीक्षण गर्दछौं । 

पछिल्लो समयमा गरिएको पीसीआर टेस्टमा नगरभित्र परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । नगरबासीहरुलाई सचेतना अपनाएर आफ्नो दैनिकी जीवन सहज बनाउनको लागि समेत अनुरोध गरिन्छ । 

Copy link
Powered by Social Snap