२०८१ जेष्ठ ४

समाचार

ललितपुरको किस्ट अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

ललितपुरको किस्ट अस्पतालमा कोरोना संक्रमित पुरूषको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१९ कात्तिक, काठमाडौं । ललितपुरको किस्ट अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । Advertisement ललितपुरको लुभु बस्ने ५८ वर्षीय पुरुषको बुधबार साँझ साढे ६ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार किड्नी सम्बन्धी बिरामी रहेका उनीमा निमोनियाको समेत समस्या देखा परेको थियो । Credit: OnlineKhabar ...
त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने

देश, शिक्षा, समाचार
१९ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएका छन् । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन । त्रिविको रजिष्ट्रार डा पेशल दाहालले कोभिड-१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताए । यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । सोही परीक्षा केन्द्रबाट परीक्षा दिने छन् । Advertisement लकडाउनको समयमा हुन नसकेको परीक्षा त्रिविले मङ्सिर दोस्रो ह...
थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि

थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
१९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । Advertisement नयाँ संक्रमितमध्ये १८७८ जना काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका १५७० जना, ललितपुरका १८९ जना र भक्तपुरका ११९ जना छन् । Credit: OnlineKhabar ...
कोरोना संक्रमित महिलाको मृत्यु : भरतपुर अस्पताल

कोरोना संक्रमित महिलाको मृत्यु : भरतपुर अस्पताल

देश, समाचार, सामाजिक, स्वास्थ्य
१९ कात्तिक, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका–१० बस्ने ३९ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । Advertisement कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी उनलाई १७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था जटिल बनेपछि सोही दिनदेखि कोभिड आइसियूमा राखेर उपचार थालिएको थियो । Credit: OnlineKhabar ...
भारतीय राजदूतले भेटे परराष्ट्र सचिव

भारतीय राजदूतले भेटे परराष्ट्र सचिव

देश, राजनीति, समाचार
१९ कात्तिक, काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटघाट गरेका छन् । भारतीय प्रधान सेनापति काठमाडौं आउनु भन्दा केही घन्टा अगाडि वुधबार विहान उनीहरुबीच भेट भएको हो । Advertisement भेटवार्ताको बारेमा क्वात्राले नेपाली भाषामै ट्विट मार्फत भनेका छन, ‘परराष्ट्र सचिव भरतराज पौड्यालजीसँग न्यानो भेट भयो । हामीबिच भारत–नेपाल सहकार्यमा भइरहेको ठोस प्रगतीबारे सकारात्मक छलफल भयो ।’ परराष्ट्र मन्त्रालयको सचिव बनेकोमा पौड्याललाई राजदूत क्वात्राले बधाईसमेत दिएका थिए । गत २२ असोजमा बसेको मन्त्रिपरिषद बैठकले पौड्याललाई परराष्ट्र मन्त्रालयको सचिवमा नियुक्त गरेको थियो । Credit: OnlineKhabar ...
सरकारले तोकेकोभन्दा १५ प्रतिशत बढीमा धान खरिद

सरकारले तोकेकोभन्दा १५ प्रतिशत बढीमा धान खरिद

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिहेका छन् ।  किसानले उत्पादन गरेको धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नपाइरहेको गुनासो आइरहेका बेला कैलालीका किसान भने बढी मूल्य पाएर खुशी भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को गत असार २ गतेको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि मोटा धानको प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८८५ न्यूनतम समर्थन तोकेको थियो । कैलालीका केही कृषि सहकारीले किसानको बीउ धान सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत थप गरी खरिद गरिरहेका छन् । कृषि सहकारीले किसानलाई बीउ उत्पादनका लागि मूल र प्रमाणीकरणको बीउ उपलब्ध गराएर प्रथम पुस्ताको उन्नत बीउ उत्पादन गर्ने गरेका छन् । यसरी किसानले  गुणस्तरीय बीउ उत्पादनका लागि गर्नुपर्...
पूर्वमन्त्री मीन विश्वकर्मा भेन्टिलेटरमा  होस मा आए।

पूर्वमन्त्री मीन विश्वकर्मा भेन्टिलेटरमा होस मा आए।

देश, समाचार, साझा पृष्ठ
काठमाडौं । पूर्व वाणिज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माको मंगलबार होस खुलेको छ । कोरोना संक्रमणपछि ग्रान्डी इन्टरनेशनल अस्पतालको भेन्टिलेटरमा उपचाररत विश्वकर्माको मंगलबार होस खुलेको हो । ६ दिनदेखि वेहोस विश्वकर्माको मंगलबार होस् खुलेको र कोरोना रिपोर्ट पनि नेगेटिभ आएको स्वकीय सचिव टेकबहादुर विकले जानकारी दिए ।  Advertisement चिकित्सकका अनुसार विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार भएको र फोक्सोले पनि काम गर्न थालेको छ । गत १ कात्तिकमा कोरोना पोजेटिभ आएपछि होम आइसोलेसन बसेका थिए । ज्वरो र खोकी देखिएपछि उनी कात्तिक ८ गते वीर अस्पतालमा भर्ना भएका  थिए । नेता विश्वकर्माको श्वासप्रश्वासमा पनि समस्या देखिँदा १२ गते ग्राण्डी अस्पतालको आईसीयूमा पु-याइएको थियो ।  उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मंगलबार विश्वकर्...
सीमा विवादबारे चिनियाँ विदेश मन्त्रालयमा बाद विवाद

सीमा विवादबारे चिनियाँ विदेश मन्त्रालयमा बाद विवाद

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
१८ कात्तिक, काठमाडौं । हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको खबर असोज पहिलो साता सार्वजनिक भएपछि बेइजिङभन्दा पहिले नेपाल सरकार बोल्यो । र, चीनले नेपाली भूमि अतिक्रमण नगरेको स्पष्टीकरण दियो । काठमाडौंस्थित चिनियाँ दूताबासले पनि हुम्लामा नेपाली भूमि नमिचेको बतायो । तर सीमा विवादको बहस रोकिएन । प्रमुख विपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई स्थलगत अध्ययनमा पठायो र चिनियाँ पक्षबाट सीमा मिचिएको प्रतिवेदन सार्वजनिक गर्‍यो । त्यही प्रतिवेदनलाई टेकेर बेलायती पत्रिका दि डेल्ली टेलिग्राफले मंगलबार ‘एक्सक्लुसिभ’ भन्दै चीनले सेना पठाएर नेपाली भूभाग अतिक्रमण गरेको समाचार प्रकाशित गर्‍यो । त्यही समाचारमा आधारित भएर विश्वका अन्य सञ्चारमाध्यमले पनि सीमा मिचेको समाचार प्रकाशित गरेपछि चीन निकै क्रुद्ध बनेको छ । र, नेपालबारे कमै प्रश्न उठ्ने...
मुगु पठाउने अनुदानको चामल को काला बजारी

मुगु पठाउने अनुदानको चामल को काला बजारी

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
१८ कात्तिक, सुर्खेत । कर्णालीका दुर्गम ठाउँमा पठाउने सरकारी अनुदानको चामल भक्तपुर लैजाने ढुवानीकर्ता पक्राउ परेका छन् । चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट शर्माले मुगुका लागि भनेर गत साता चामल उठाएका थिए । तर, उक्त चामल मुगु नपठाई उनले भक्तपुरका लागि पठाएपछि प्रहरीले वीरेन्द्रनगरको सुब्बाकुना नाकाबाट ना६ख ५७२१ नम्बरको ट्रकसहित चामल नियन्त्रणमा लिएको थियो । वीरेन्द्रगरको दुर्गाभगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाइ कर्णालीका लागि अनुदानमा आएको २५० क्विन्टल चामल पठाएको थियो । दुर्गाभगवती सप्लायर्स शर्मा स्वामित्वको र्फम हो । प्रहरीले चामल नियन्त्रणमा लिएलगतै बयानका लागि बोलाए पनि शर्मा प्रहरी कार्यालय गए...
कांग्रेस प्रमुख सचेतकमा फखरुद्दिन नियुक्त, हमाल हटाइए : लुम्बिनी

कांग्रेस प्रमुख सचेतकमा फखरुद्दिन नियुक्त, हमाल हटाइए : लुम्बिनी

देश, राजनीति, समाचार
१८ कात्तिक, बुटवल । लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११ (१) को अधिकार प्रयोग गर्दै बाँकेका सुरेन्द्र हमाललाई हटाएर रुपन्देही ५ (२) बाट प्रत्यक्ष निर्वाचित खानलाई नियुक्त गरेका हुन् । खानलाई कात्तिक १७ गतेबाट लागू हुने गरी प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती र कांग्रेस केन्द्रीय कार्यालय सचिवलाई गराइसकेको नेता कनौडियाले जानकारी दिए । Advertisement पार्टी संसदीय दलको निर्देशन विपरीत गतिविधि गरेकाले हमाललाई हटाएर खानलाई नियुक्त गरिएको कांग्रेस स्रोतले जनाएको छ । प्रमुख सचेतकमा नियुक्त ४० वर्षका खान प्रदेशसभाका कांग्रेस सांसदमध्ये अध्...