२०८१ बैशाख ८

पूर्वमन्त्री मीन विश्वकर्मा भेन्टिलेटरमा होस मा आए।

काठमाडौं । पूर्व वाणिज्य मन्त्री तथा नेपाली काँग्रेसका नेता मीन विश्वकर्माको मंगलबार होस खुलेको छ । कोरोना संक्रमणपछि ग्रान्डी इन्टरनेशनल अस्पतालको भेन्टिलेटरमा उपचाररत विश्वकर्माको मंगलबार होस खुलेको हो ।

६ दिनदेखि वेहोस विश्वकर्माको मंगलबार होस् खुलेको र कोरोना रिपोर्ट पनि नेगेटिभ आएको स्वकीय सचिव टेकबहादुर विकले जानकारी दिए । 


Advertisement


चिकित्सकका अनुसार विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार भएको र फोक्सोले पनि काम गर्न थालेको छ । गत १ कात्तिकमा कोरोना पोजेटिभ आएपछि होम आइसोलेसन बसेका थिए । ज्वरो र खोकी देखिएपछि उनी कात्तिक ८ गते वीर अस्पतालमा भर्ना भएका  थिए ।

नेता विश्वकर्माको श्वासप्रश्वासमा पनि समस्या देखिँदा १२ गते ग्राण्डी अस्पतालको आईसीयूमा पु-याइएको थियो ।  उनलाई अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मंगलबार विश्वकर्माले हातको इसारा गरेको चिकित्सकहरुले बताएका छन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap