२०८१ बैशाख ७

मुगु पठाउने अनुदानको चामल को काला बजारी

१८ कात्तिक, सुर्खेत । कर्णालीका दुर्गम ठाउँमा पठाउने सरकारी अनुदानको चामल भक्तपुर लैजाने ढुवानीकर्ता पक्राउ परेका छन् ।

चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट शर्माले मुगुका लागि भनेर गत साता चामल उठाएका थिए । तर, उक्त चामल मुगु नपठाई उनले भक्तपुरका लागि पठाएपछि प्रहरीले वीरेन्द्रनगरको सुब्बाकुना नाकाबाट ना६ख ५७२१ नम्बरको ट्रकसहित चामल नियन्त्रणमा लिएको थियो ।

वीरेन्द्रगरको दुर्गाभगवती सप्लायर्सले भक्तपुरको अजय सप्लायर्सको नाममा बिल बनाइ कर्णालीका लागि अनुदानमा आएको २५० क्विन्टल चामल पठाएको थियो । दुर्गाभगवती सप्लायर्स शर्मा स्वामित्वको र्फम हो ।

प्रहरीले चामल नियन्त्रणमा लिएलगतै बयानका लागि बोलाए पनि शर्मा प्रहरी कार्यालय गएका थिएनन् । तर, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले फरार हुनुभन्दा अनुसन्धानमा प्रहरीलाई सहयोग गर्न सन्देश पठाएपछि शर्मा मंगलबार जिल्ला प्रहरी कार्यालय आइपुगेको डीएसपी घर्तीले बताए ।


Advertisement


शर्माको स्वास्थ्य परीक्षण गरी जिल्ला प्रशासन कार्यालयबाट एक साताका लागि म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीले कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाउने गरी प्रक्रिया अघि बढाएको छ ।

गाउँका खाद्य डिपो र बिक्री केन्द्र रित्ता छन् । चाडपर्वमा समेत चामल नपाएर दुर्गमका नागरिक भोकै बस्नुपर्ने अवस्था छ । ती स्थानमा अनुदानको चामल समयमै पुर्‍याउन सकिएको छैन । तर, प्रादेशिक कार्यालयले अघिल्लो महिनादेखि मात्रै चामल ढुवानी गर्न थालेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा ढुवानीकर्तासँग सम्झौता गरेर पाँच हजार नौँ सय ४१ क्वीण्टल चामल विभिन्न जिल्लाका लागि पठाइसकेको छ ।

शर्माले मुगुको कालै बिक्री केन्द्रका लागि एक हजार एक सय क्विन्टल चामल असोज २१ गतेदेखि २६ गतेसम्म प्रादेशिक कार्यालयबाट लिएका हुन् ।

५ दिनभित्र कालै पुर्‍याएर बिक्री गर्नुपर्ने सम्झौता भए पनि उनले अहिलेसम्म चामल पुर्‍याएका छैनन् । बिक्री केन्द् मा चामल नभएपछि स्थानीयहरू बजारमा महँगोमा चामल किन्न बाध्य छन् ।

सम्झौताअनुसार कालैमा चालु आर्थिक वर्षमा तीन हजार क्विन्टल चामल ढुवानी गर्नुुपर्ने हो । शर्माले सुरुआतमा एक हजार एक सय क्विन्टल चामल लिए पनि अहिलेसम्म कालैमा चामल पुर्‍याएर बिक्री-वितरण गरेका छैनन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय मुगुका कर्मचारी पुुष्कर भामले बिक्री केन्ऽमा चामल नपुगेको बताए ।

आपूर्तिकर्ता शर्माले मुगुका अन्य डिपो र बिक्री केन्ऽसँगै कालीकोट र दैलेख चामल ढुवानी गर्ने जिम्मा लगेका छन् ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap