२०८१ बैशाख २०

समाचार

सामुदायिक विद्यालयहरूलाई स्कुल बस दिने : भरतपुर महानगरपालिका

सामुदायिक विद्यालयहरूलाई स्कुल बस दिने : भरतपुर महानगरपालिका

देश, राजनीति, समाचार
भरतपुर महानगरपालिकाले महानगरपालिका भित्र रहेका ५ वटा सामुदायिक विद्यालयहरूलाई स्कुल बस दिने भएको छ । वुधबार महानगरपालिका परिसरमा आयोजित बस खरिद सम्बन्धी सम्झौता कार्यक्रम गरी प्रति विद्यालयलाई २० लाखका दरले स्कुल बस खरिद गर्न सम्झौता सम्पन्न गरेको छ ।  Advertisement यसरी स्कुल बस खरिद सम्झौता गर्नेहरूमा भरतपुर महानगरपालिका वडा नं. १० को नमूना मावि, वडा नं. २० को भिमनगर मावि, वडा नं. २३ को लक्ष्मी मावि, वडा नं. २५ को प्रभात मावि, शुक्रनगर र वडा नं. २९ को कविलास मावि, रहेका छन् । बस खरिद सम्झौता पत्र हस्तान्तरण गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शैक्षिक उन्नयनमा वृद्धि गर्न विद्यालयहरूलाई स्कुल बस प्रदान गर्ने नीति लिएको बताइन् । यसबाट विद्यार्थीहरूले सहजता महसुस गर्ने बताउँदै विद्यालयहरूमा विद्यार्थी संख्या वृद्धि गर्ने सहयोग पूर्‍...
कम्युनिस्ट आन्दोलनले गद्दार पनि जन्माएको छ, कोही हाम्रै वरिपरि छन  : अष्टलक्ष्मी शाक्य

कम्युनिस्ट आन्दोलनले गद्दार पनि जन्माएको छ, कोही हाम्रै वरिपरि छन : अष्टलक्ष्मी शाक्य

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्त पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले सडकमा फेरि पनि धक्का दिनैपर्ने अवस्था आएको बताएकी छन् ।  प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा उनले भनिन्,'सडकका फेरि पनि धक्का दिनैपर्ने अवस्था आएको छ । काठमाडौंबासी लोकतन्त्र र गणतन्त्र प्रेमी हुनुहुन्छ । काठमाडौंबासीले तानाशाही र राजतन्त्र मन पराउनु हुँदैन । प्रतिगमन नसचिएसम्म अब काठमडौंबासी सेलाएर बस्नुहुने छैन ।' Advertisement कम्युनिस्ट पार्टीबाटै तानाहाशी नेतृत्व जन्मिदा कम्युस्टि आन्दोलनले धक्का खाएको उनको भनाइ छ । 'कम्युनिस्ट पार्टी यो देश हाक्नुपर्छ, सुशासन कायम गर्नु पर्छ, समृद्धि ल्याउनु पर्छ भनेर लागिरहेको बेला कम्युनिस्ट पार्टीबाटै तानाहाशी नेतृत्व जन्मिदा कम्युस्टि आन्दोलनले धक्का खाएको छ । फेरि पनि आन्दो...
हामी चार्ली च्याप्लिन हैनौ : प्रचण्ड

हामी चार्ली च्याप्लिन हैनौ : प्रचण्ड

देश, राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएका छन् । राजधानीमा आयोजित प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘७० वर्षभन्दा बढी समयबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा छ । संविधान धरापमा छ । यसको रक्षा गर्नु हाम्रो जिम्मेवारी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि हामी सबै गम्भीर छौँ । हाम्रै अगाडी यत्रो प्रहार भएको छ ।’  Advertisement प्रचण्डले आफूहरुले नै निर्वाचित गरेको प्रधानमन्त्री र अध्यक्षले परिवर्तनका मुद्दालाई धूमिल पारेको बताए । ‘हामीले नै निर्वाचित गरेको प्रधानमन्त्रीबाट, हामीले चयन गरेको अध्यक्षबाट संविधान र लोकतन्त्रमाथि प्रहार भएको छ । ऐतिहासिक जिम्मेवारीलाई गहिरो गरी वोध गर्न म सबैमा अपिल गर्...
बाघको छालासहित एकजना तस्कर पक्राउ

बाघको छालासहित एकजना तस्कर पक्राउ

देश, समाचार, सामाजिक
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपलिका–९ स्थित मनमैजुबाट प्रहरीले बाघको छालासहित एकजनालाई पक्राउ गरेको छ । Advertisement पक्राउ पर्नेमा मनमैजु बस्ने बृशराज घले छन् । प्रतिबन्धित बाघको छाला अवैध तरिकाले बेच्न ग्राहक खोजिरहेका घलेलाई अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनको डेराबाट ६ फिट २ इन्च लम्बाई र १ फिट दुई इन्च चौडाई भएको बाघको छाला बरामद गरेको छ ।  साभार: रातोपाटी ...
सुधीर चौधरीको बयान : सगरमाथामा नेपाल-चीन-भारत सामूहिक दाबी हुनुपर्छ

सुधीर चौधरीको बयान : सगरमाथामा नेपाल-चीन-भारत सामूहिक दाबी हुनुपर्छ

देश, राजनीति, समाचार
गत सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्वातार्ताका लागि भारतीय न्यूज च्यानल जी न्यूजको टोलीलाई बालुवाटारमा न्यानो स्वागत गरेका थिए । तर त्यहि जी न्यूजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै सगरमाथालाई भारतीय नाम दिने अभियान नै थालेको छ । Advertisement जी न्यूजको टोलीले सगरमाथा दाबी प्रस्तुत गर्न सगरमाथा क्षेत्रमै पुगेको छ । सगरमाथा क्षेत्रको कालापत्थरमा उभिएर, सगरमाथालाई पृष्ठभूमिमा राखेर जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले भने, ‘आज यो ठाउँबाट तपाईंहरूलाई म केही बताउन चाहन्छु । म भन्न चाहन्छु कि माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ ।’ उनले भारतसँग सगरमाथाको साइने भएको पनि दाबी गरे । यसबारे उनले सन् १८५२ को घटनाको जानकारी दिएका छन् । उनी भन्छन्, ‘आज म यहाँ उभिएर भन्न चाहन्छु कि भारतसँग माउन्ट एभरेस्टक...
२३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस  थिमिमा आयोजित

२३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस थिमिमा आयोजित

देश, समाचार
२९ पुस, काठमाडौं । ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ यस वर्षको २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको कुमारी मन्दिर परिसर बोडेमा आयोजना गरिने छ । Advertisement राष्ट्रिय भूकम्प सुरक्षा दिवस माघ २ गते मनाउने गरिन्छ । देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरु आदान-प्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता जनाउने उद्देश्यले २०५५ सालदेखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाउँदै आएको छ । माघ २ गते बोडेमा हुने यस वर्षको मूल समारोहमा गृहमन्त्री रामबहादुर थापा (बादल) प...
वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई कारबाहीको माग

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई कारबाहीको माग

देश, शिक्षा, समाचार
२८ पुस, काठमाडौं । नेशनल मेडिकल कलेज वीरगञ्जले अतिरिक्त शूल्क नतिरेको भन्दै दुईजना विद्यार्थीलाई एमबीबीएस परीक्षा दिनबाट बञ्चित गरेको घटनाप्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । सरकारी छात्रावृत्तिमा अध्ययनरत रामजी राम र पंकज रामलाई नियम विपरीतको शूल्क नतिरेको भन्दै परीक्षाबाट वञ्चित गरेर विद्यार्थीको भविष्यमाथि नै खेलवाड गरेको भन्दै नेविसंघले कलेज र कलेजका सञ्चालकलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो । Advertisement नेविसंघका अध्यक्ष राजिव ढुंगानाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै रामजी र पंकज दुवै जनालाई तत्काल पुनः परीक्षाको व्यवस्था मिलाउन त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान डिनको कार्यालयसँग माग समेत गरेका छन् । शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र विश्व विद्यालय अनुदान आयोगका पदाधिकारीले समेत आफ्नो जिम्मेवारी पूरा ...
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम पारित

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम पारित

देश, शिक्षा, समाचार
कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रमलाई मान्यता अनुसार पठाइयोस् भनेर भागवता अर्याल समेत ७ जनाले दिएको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको १० नम्बर बेञ्चको संयुक्त इजलासले आज रिट खारेज गर्दै नयाँ पाठयक्रम अनुसार अध्ययन/अध्यापन गर्न÷गराउन निर्देशनात्मक आदेश दिएको हो ।  Advertisement भागवता अर्यालसमेत ७ जनाले पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतको यो निर्णयले विद्यालय र विद्यार्थीमाथि रहेको अन्योल हटेको छ । सर्वोच्चमा रिट दायर भएपछि नयाँ पाठयक्रम वा पढने वा पुरानै पाठयक्रम बमोजिम पढने÷पढाउने भन्नेमा विद्यार्थी र विद्यालयहरु अन्योलमा थिए । झण्डै तीन दशकपछि कक्षा ११ र १२ मा नयाँ पाठयक्रम अनुसार पढाई हुँदैछ ।  सर्वोच्च अदालतका संञ्चार विज्ञ किशो...
खोप खरिद देखिन सीमा समस्या सम्म एजेण्डा : परराष्ट्रमन्त्री भारत भ्रमण

खोप खरिद देखिन सीमा समस्या सम्म एजेण्डा : परराष्ट्रमन्त्री भारत भ्रमण

देश, राजनीति, समाचार
-शरच्चन्द्र भण्डारीकाठमाडौँ । आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक कोभिड–१९ विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको प्रयास तथा  द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ । Advertisement नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा थप टेवा पुर्याउने सम्भावनाको खोजी तथा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाईमार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक साझेदारी र सहकार्यात्मक सम्बन्धलाई अझ सबल, सुदृढ एवं भरपर्दो बनाउन हरसम्भव प्रयास हुने विश्वास गरिएको छ । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भू–भागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्...
भरतपुर महानगरपालिकाको सातौँ नगरसभा : कोभिडका बीच पनि उत्साहजनक राजस्व संकलन

भरतपुर महानगरपालिकाको सातौँ नगरसभा : कोभिडका बीच पनि उत्साहजनक राजस्व संकलन

देश, समाचार
चितवन । चितवनको भरतपुर महानगर सातौँ नगरसभा सम्पन्न भएको छ । कोरोनाका कारण देशको आर्थिक अवस्था मजबुद हुन नसक्दा पनि भरतपुर महानगरले राम्रै राजस्व संकलन गर्न सफल भएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । यद्यपी गत वर्षको तुलनामा भरतपुर महानगरमा राजस्वमा कमी आएको छ । Advertisement भरतपुर महानगरको सातौ नगरसभामा नगर प्रमुख रेनु दाहालबाट भएको आर्थिक वर्ष २०७७्०७८ को नीति तथा कार्यक्रम एवं बजेट कार्यान्वयनको समीक्षात्मक प्रस्तुतिमा कोभिड १९ का कारण पनि राजस्व संकलनमा निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख छ । २०७७ साल पौष २३ गतेसम्म महानगरपालिको आन्तरिक राजस्व रु २२ करोड २७ लाख ९९ हजार १४ रुपैयाँ संकलन भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४।४१ प्रतिशत अर्थात् रु ९८ लाख ३३ हजार ४३६ सय ४६ ले कमी भएको महानगर प्रमुख दाहालले बताइन् ।  ...