२०८३ कार्तिक १२

हामी चार्ली च्याप्लिन हैनौ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएका छन् । राजधानीमा आयोजित प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘७० वर्षभन्दा बढी समयबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा छ । संविधान धरापमा छ । यसको रक्षा गर्नु हाम्रो जिम्मेवारी छ । संघीय लोकतान्त्रिक गणतन्त्रका लागि हामी सबै गम्भीर छौँ । हाम्रै अगाडी यत्रो प्रहार भएको छ ।’ 


Advertisement


प्रचण्डले आफूहरुले नै निर्वाचित गरेको प्रधानमन्त्री र अध्यक्षले परिवर्तनका मुद्दालाई धूमिल पारेको बताए । ‘हामीले नै निर्वाचित गरेको प्रधानमन्त्रीबाट, हामीले चयन गरेको अध्यक्षबाट संविधान र लोकतन्त्रमाथि प्रहार भएको छ । ऐतिहासिक जिम्मेवारीलाई गहिरो गरी वोध गर्न म सबैमा अपिल गर्छु’ प्रचण्डले भने, ‘हामीले संघर्ष गरेर ल्याएको संविधान धरापमा छ । गणतन्त्रमाथि आक्रमण भएपछि रक्षा गर्नुपर्ने ठाउँमा हामी उभिएका छौं ।’ 

पार्टी एकता गर्दा विचारमा प्राप्त गम्भीरता नदेखाएको भन्ने कुरा सही नभएको उनको भनाइ छ ।  ‘अहिले त्यो धरापमा परेको छ । हिजो मैले पार्टी एकताका लागि केपी ओलीसँग प्रस्ताव लिएको रहेको थिए । त्यसलाई फर्केर स्मरण गरौं । हामी अलगअलग बसी राख्नुको औचित्य छैन भनेर मैले भनेको थिए । त्यसपछि केपी ओलीले सकारात्मक छु भन्नु भएको थियो । त्यसपछि हामीले बाम गठबन्धन घोषणा गरेका थियौं र नागरिकमा उत्साह छाएको थियो । देशमा सामाजिक न्यायसहितको समृद्धि हुन्छ भनेर देशैभरी छायो । जनताबाट पनि अनुमोदन भयो । दशकौँ वर्षदेखि बोलचाल नगर्ने साथीहरु दश दिनमै दशकै देखिको सम्बन्ध भएको जसरी प्रचारमा गए । पार्टी एकता गर्दा विचारमा प्राप्त गम्भिरता नदेखाएको भन्ने लाग्दैन । हामीले हतरपतर गरेर एकता गरिएको होइन । सोच विचार गरेर नै एकता गरिएको हो’ उनले भने ।

समाजवादतिर जाने बाटो बन्छ भनेर आफूले पार्टी एकता गरे पनि प्रधानमन्त्रीबाट संविधान र गणतन्त्र नै मास्ने काम भएको उनले बताए ।उनले केपी ओलीमाथि कटाक्ष गर्दै उखान टुक्काले हँसाएर कमेडी सो देखाउन आफूहरु नजुटेको बताए ।अध्यक्ष प्रचण्डले भने, ‘हामी उखान टुक्काले हसाएर कमेडी सो देखाउन जुटेका होइनौं । मान्छेहरुलाई उद्वेलित बनाउन उपस्थित भएका होइनौं । हाम्रा आँखा अगाडि यति ठूलो परिवर्तनमाथि प्रहार भएको छ । हामीले स्थापित गरेका परिवर्तनका मुद्दा एम्बुसमा परेपछि हामी एकजुट भएका हौं ।’

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap