२०८१ बैशाख ७

समाचार

चितवनको टाँडीमा ‘मल्टिप्लेक्स सिटी सेन्टर’ निर्माण हुने : १५ करोड लगानी हुने अनुमान

चितवनको टाँडीमा ‘मल्टिप्लेक्स सिटी सेन्टर’ निर्माण हुने : १५ करोड लगानी हुने अनुमान

देश, समाचार, सामाजिक
काठमाडौं । १५ करोड लगानीमा चितवको टाँडीमा मल्टिप्लेक्स सिटी सेन्टर निर्माण हुने भएको छ । सौराहाका आधा दर्जन पर्यटन व्यवसायीहरुको सक्रियतामा सौराहा भेन्चर प्रालिको नाममा सिटी सेन्टर निर्माण हुने भएको हो । बिहिबार एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर नारायण वनले सिटी सेन्टरको शिलान्यास गरेका हुन् ।  Advertisement कुल १५ करोड लगानीमा बन्ने उक्त सिटी सेन्टरमा दुईवटा थिएटर सहितको मल्टिप्लेक्स सिटी रहने सौराहा भेन्चरले जनाएको छ ।  गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेको ९ कठ्ठा ७ धुर जग्गामा बन्ने सिटी सेन्टर २ वर्ष भित्र सम्पन्न हुने कम्पनीले बताएको छ । उक्त जग्गा कम्पनी २५ वर्षका लागि लिज (भाडा) मा लिएको हो । उक्त सिटी सेन्टरमा पर्यटन व्यवसायी तथा सौराहा भेन्चरमा क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष सुमन घिमिरे, पूर...
निर्वाचनले विकासका काम रोकिँदैन : नेम्वाङ

निर्वाचनले विकासका काम रोकिँदैन : नेम्वाङ

देश, राजनीति, समाचार
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनका कारण पूर्वाधार विकासका काम नरोकिने बताएका छन् । सरकारले कुनै पनि विकास आयोजनामा बजेट अभाव हुन नदिने बताउँदै मन्त्री नेम्वाङले निर्वाचनकै कारण कुनै पनि विकास आयोजनाको काम नरोकिने बताए ।  Advertisement तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवा खोलामा हेंवा खेला पुल ९बेली ब्रिज०को आज शिलान्यास गर्नुहुँदै मन्त्री नेम्वाङले सरकार निर्वाचनमा जुटे पनि पूर्वाधार विकासमा कुनै पनि असर पर्न नदिन उत्तिकै सचेत रहेको बताए । “विकासका आयोजना र सामाजिक सुरक्षाका क्षेत्रमा कहीँ पनि बजेट अभाव हुने छैन”, मन्त्री नेम्वाङले भने, “बरु सबै सरकारी निकाय बजेट खर्च बढाउनुपर्ने आवश्यकता छ ।”  १४८ किलोमिटरको तमोर करिडोर सडकको ट्र्याक खोल्ने काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने जानकारी दिँदै मन्त्री नेम्वाङले यो...
सीमा विवादबारे छलफल नगर्ने भारतको संकेत

सीमा विवादबारे छलफल नगर्ने भारतको संकेत

देश, राजनीति, विदेश / एन.आर.एन, समाचार
१ माघ, काठमाडौं । भोलिदेखि भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुने नेपाल–भारत संयुक्त आयोगको वैठकमा सीमा सम्बन्धी विषयमा छलफल नगर्ने संकेत भारतले गरेको छ । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली ओर्लेको केही घन्टामा भारतीय विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता अनुराज श्रीवास्तवले सीमासम्बन्धी विषयमा छलफल नहुने संकेत गरेका हुन्  Advertisement पत्रकार सम्मेलनमा उनलाई के वैठकमा सीमा विवादबारे कुराकानी हुन्छ ? भनी सोधिएको थियो ।  जवाफमा उनले भने,‘सीमा विवादको बारेमा हाम्रो पोजिसन स्पष्ट छ । जेसीएम (संयुक्त आयोग) र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र हुन् ।’ भारतले कालापानी र सुस्ताको विषयमा वार्ता गर्नका लागि सन् २०१४ मा दुई देशका परराष्ट्र सचिव स्तरीय संयन्त्रको गठन भएको र त्यसैले...
दोलखामा भूकम्पको धक्का महसुस

दोलखामा भूकम्पको धक्का महसुस

देश, समाचार, सामाजिक
१ माघ, काठमाडौं । दोलखामा बिहीबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। Advertisement दोलखाको जुगु आसपास केन्द्र बिन्दु बनाएर साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । दोलखामा गएको भूकम्प २०७२ साल वैशाख १२ गते गएको भूकम्पकै पराकम्प रहेको उनले बताए । Credit: OnlineKhabar ...
‘असंवैधानिक रुपमा संसद विघटन गरिँदा प्रधानमन्त्री ओली एक्लिए’

‘असंवैधानिक रुपमा संसद विघटन गरिँदा प्रधानमन्त्री ओली एक्लिए’

देश, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटनको कदम संविधान विपरित भएको कानुनविद्हरुले बताएका छन् । नेपाल बुद्धिजीवी संगठनद्वारा बिहिबार काठमाडौँमा आयोजित ‘प्रतिनिधि सभा विघटनः प्रतिगामी कदम’ विषयक अन्तरक्रियात्मक कार्यक्रम कानुनविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानले संसद विघटनको अधिकार नदिएको बताएका हुन् । Advertisement सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले प्रधानमन्त्रीले संसद विघटनको विषय राजनीतिक भएको भने पनि यो विषय संवैधानिक विषय नै भएको बताए । संविधानको धारा उल्लेख गरेर संविधान विघटन गर्ने अनि सार्वजनिक रुपमा बोल्दा राजनीतिक विषय भन्ने कुरा नसुहाउने पूर्वन्यायाधिश लालले बताए । संविधानको धारा ७६ को उपधारा ७ स्वतन्त्र रुपले प्रयोग गर्न सक्ने धारा नभएको उनले बताए । धारा ७६ को उपधारा १ र २ बमोजिम बनेक...
अन्तरबैंक एटीएम प्रयोगमा आजदेखि निःशुल्क नहुने, कति लाग्छ शुल्क ?

अन्तरबैंक एटीएम प्रयोगमा आजदेखि निःशुल्क नहुने, कति लाग्छ शुल्क ?

अर्थतन्त्र, देश, समाचार
काठमाडौं । एउटा बैंकको कार्ड र अर्को बैंकको बुथ प्रयोग गरेर गरिने (अन्तरबैंक) एटीएम कारोबारमा आजदेखि शुल्क लाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले भदौ १४ गतेदेखि लागु हुनेगरी निःशुल्क गरेको सो सेवा प्रयोगबापत आजदेखि शुल्क लिन पाउने व्यवस्था गरेको हो ।  Advertisement राष्ट्र बैंकको परिपत्र अनुसार अब बैंकहरुले प्रत्येक कारोबारबापत अधिकतम २० रुपैयाँसम्म सेवा शुल्क लिन पाउनेछन् । महिनाको २ पटकसम्म हुने कारोबारका हकमा भने यस्तो सेवा निःशुल्क गर्नुपर्ने बैंकहरुलाई राष्ट्र बैंकको परिपत्र छ ।  राष्ट्र बैंकले शुल्क लिन पाउने व्यवस्था गरे पनि केही बैंकहरुले भने सेवामा शुल्क नलिने तयारी गरेका छन् ।  साभार: रातोपाटी ...
मालपोतकै कर्मचारीको मिलेमतोमा जग्गाधनीलाई पत्तै नदिइ अर्काको नाममा जग्गा पास

मालपोतकै कर्मचारीको मिलेमतोमा जग्गाधनीलाई पत्तै नदिइ अर्काको नाममा जग्गा पास

देश, समाचार, सामाजिक
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको नाममा रहेको जग्गा उनलाई थाहै नदिइ अर्काको नाममा पास गरिएको खुलासा भएको छ । Advertisement रावतको वीरेन्द्रनगर–८, शंकरचोकमा रहेको ६ कठ्ठा जग्गा उनलाई थाहै नदिइ अरुको नाममा पास गरिदिएको पाइएको हो । उनको ६ कठ्ठा जग्गामध्ये चार कठ्ठा जग्गा कित्ताकाट गरी फरक–फरक व्यक्तिलाई बेचेको तथ्य प्रकाशमा आएको छ । यद्यपि, रावतसँग पुरै ६ कठ्ठा जग्गा भएको लालपुर्जा सुरक्षित छ । जिल्ला मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप सावद र पूर्वतिर घर बताउने सन्तोष ठाकुरको मिलेमतोमा रावतको जग्गा अरुलाई बेचेको आरोप लागेको छ । आरोपित सावदलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको जनाएको छ । उनलाई बुधबार साँझ नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको...
नेकपा विवाद : काटिन छाड्यो सांसदको लेबी

नेकपा विवाद : काटिन छाड्यो सांसदको लेबी

देश, राजनीति, समाचार
१ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभाका सांसदहरूको लेबी काटिन छाडेको छ । नेकपाका सांसदहरूको तलबबाट मासिक १२ हजार रुपैयाँ लेबी काटिएर पार्टीको बैंक खातामा जाने गरेको थियो । तर, यसपटक लेबी नकाटेरै संघीय संसद सचिवालयले तलब पठाएको छ । Advertisement प्रचण्ड–माधव समूहका १९ जना सांसदले पत्र लेखेर संसद सचिवालयलाई लेबी नकाटिदिन आग्रह गरेका थिए । त्यसबाहेक अन्यको पनि कता पठाउने हो भन्ने यकिन नभएपछि नेकपा सांसदहरूको लेबी नकाटिएको संसद सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले जानकारी दिए । ‘उहाँको पैसा उहाँहरूकै खातामा हालिदिएपछि पार्टीलाई दिन मन लागे दिनुहुन्छ । कहाँ दिने भन्ने पनि ठेगान छैन । फेरि एक अर्काले खाताहरू रोक्का राखेको छ । कसले सञ्चालन गर्छ जानकारी हुने पनि भएन,’ सिग्देलले अनलाइनखबरसँग भने । गत पुस १२...
ब्राउन सुगरसहित श्रीमान-श्रीमती पक्राउ : झापा

ब्राउन सुगरसहित श्रीमान-श्रीमती पक्राउ : झापा

देश, समाचार, सामाजिक
२९ पुस, काठमाडौं । झापाको मेचीनगरबाट लागूऔषध ब्राउनसुगरसहित श्रीमान-श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१ बाहुनडाँगी बस्ने २१ वर्षीय सुजन राजपुत र उनकी १८ वर्षीय श्रीमती पुजा राजपुत (मगर) रहेका छन् । मेचीनगर नगरपालिका-१३ चारआली बजारबाट दुवै जनालाई नियन्त्रणमा लिएको झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । Advertisement थापाका अनुसार जिल्ला प्रहरी कार्यालय झापा, प्रहरी चौकी चारआली र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० ग्राम ब्राउन सुगर बरामद गरेको हो । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको थापाले बताए । Credit: OnlineKhabar ...
मतदाता नामावली अद्यावधिक अवसर सदुपयोग गरौं निर्वाचन आयोग

मतदाता नामावली अद्यावधिक अवसर सदुपयोग गरौं निर्वाचन आयोग

देश, राजनीति, समाचार
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनका लागि पूर्वशर्तका रुपमा रहेको मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन गर्न सबै सरोकारवालासँग प्रभावकारी समन्वय गरी जिम्मेवारीपूर्ण रुपमा सम्पादन गर्नुपर्ने बताएका छन् । Advertisement मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम, कार्यान्वयनसम्बन्धी अनलाइन प्रविधिमार्फत दोस्रो समूहमा प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशस्थित जिल्ला निर्वाचन कार्यालयमा कार्यरत कम्प्युटर अपरेटरका लागि सञ्चालित एक दिने प्रशिक्षणको उद्घाटन गर्दै उनले निर्वाचन व्यवस्थापनमा सुधार गर्नका लागि आयोगको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा उल्लेख भएबमोजिम आयोगका गतिविधिमा प्रविधिको प्रयोगको विस्तार बढ...