२०८१ जेष्ठ ४

कम्युनिस्ट आन्दोलनले गद्दार पनि जन्माएको छ, कोही हाम्रै वरिपरि छन : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेपाल कम्युनिस्त पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल पक्षकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले सडकमा फेरि पनि धक्का दिनैपर्ने अवस्था आएको बताएकी छन् । 

प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा उनले भनिन्,’सडकका फेरि पनि धक्का दिनैपर्ने अवस्था आएको छ । काठमाडौंबासी लोकतन्त्र र गणतन्त्र प्रेमी हुनुहुन्छ । काठमाडौंबासीले तानाशाही र राजतन्त्र मन पराउनु हुँदैन । प्रतिगमन नसचिएसम्म अब काठमडौंबासी सेलाएर बस्नुहुने छैन ।’


Advertisement


कम्युनिस्ट पार्टीबाटै तानाहाशी नेतृत्व जन्मिदा कम्युस्टि आन्दोलनले धक्का खाएको उनको भनाइ छ ।

‘कम्युनिस्ट पार्टी यो देश हाक्नुपर्छ, सुशासन कायम गर्नु पर्छ, समृद्धि ल्याउनु पर्छ भनेर लागिरहेको बेला कम्युनिस्ट पार्टीबाटै तानाहाशी नेतृत्व जन्मिदा कम्युस्टि आन्दोलनले धक्का खाएको छ । फेरि पनि आन्दोलनमा जान्छाँै,’ उनले भनिन् ।

२९५ जना हस्ताक्षर गरेकाले केपी ओलीले निर्वाचन आयोजक कमिटी गठन गरेको शाक्यको भनाइ छ ।

उनले भनिन्, ‘त्यसमा एक सय जना पनि थिए कि थिएन । यसबाट उहाँलाई लाज लागेपछि उहाँले केन्द्रीय सदस्य थप्नु भएको छ । १४ वर्ष जेल बसेका केपी ओली कम्युनिस्त विरोधी, आचरण विरोध, सिद्धान्त विरोध हुनुहुन्छ । कम्युनिस्ट आन्दोलनबाट गद्दार नेता जन्मिदो रहेछ ।’

नेकपालाई शसक्त र विचार युक्त बनाउन कम्युनिस्ट पार्टीमा आचारण, विचार र सिद्धान्त हुनुपर्नेमा उनको जोड थियो । 

शाक्यले भनिन्, ‘मेरो मान्छे फलानो मान्छे भनेर हुँदैन । संघीय लोकतान्त्रिक गणतन्त्रको सृदृढीकरण लागि हामीले लाग्नुपर्छ । प्रतिगमनकारी र तानाशाही केपी ओलीले घुँडा तेक्नुपर्छ ।’

साभार: रातोपाटी

Copy link
Powered by Social Snap