२०८१ जेष्ठ ३

समाचार

मनाङमा डढेलोः डेढ महिनासम्म निभेन आगो

मनाङमा डढेलोः डेढ महिनासम्म निभेन आगो

देश, समाचार
मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ ।  Advertisement आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन । तर जडीबुटी र वन्यजन्तुमा कति असर पर्यो भन्ने लेखाजोखा छैन । आगलागी भएको क्षेत्र लमजुङको सदरमुकाम बेँसीशहरबाट ५५ किलोमिटर र सदरमुकाम चामेबाट डेढ घण्टाको दूरीमा पर्दछ । प्रशासनले आगो नियन्त्रणमा तदारुकता नदेखाउँदा हजारौँ हेक्टर जङ्गल डढेलोले सखाप बनाएको छ । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को संरक्षणमा रहेको छ ।  मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सुरक्षा समितिसँगको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको ...
चीनले एलएसी पारी पूर्वी लद्दाखबाट हटायो १० हजार सैनिक

चीनले एलएसी पारी पूर्वी लद्दाखबाट हटायो १० हजार सैनिक

विदेश / एन.आर.एन, समाचार
चीनले पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा पारीबाट आफ्ना १० हजार सैनिक फिर्ता बोलाएको छ ।  पत्रिका हिन्दूले यो बारे समाचार एजेन्सी एएनआईको एक खबरलाई प्रकाशित गरेको छ ।  Advertisement यसका सरकारी स्रोतलाई उद्धृत गर्दै चिनियाँ सेनाले पूर्वी लद्दाखमा एलएसी नजिकैबाट सम्भवतः अत्यधिक चिसोका कारण आफ्ना सैनिक फिर्ता बोलाएको जानकारी दिएको छ ।  चिनियाँ सेनाले यो इलाकामा आफ्ना जवानलाई तालिम दिने गर्दछ ।  यद्यपि, मोर्चामा उसका सैनिक अहिले पनि तैनाथ छन् । साथै त्यहाँ गत वर्ष मे मा भारत र चीनबीच भड्किएको तनावपछि तैनाथ गरिएको भारी बन्दोबस्त पनि यथावत् छ ।  खबरका अनुसार लगभग डेढ सय किलोमिटरको यो तालिम गर्ने इलाका एलएसीको भारतीय हिस्सासँग जोडिएको छ ।  भारतीय सेनाले पनि चिनियाँ गरेको बन्दोबस्तलाई मध्यनजर गर्दै भारी सामान र लगभग...
रहेनन् कांग्रेस नेता भक्तिप्रसाद तिमिल्सिना, कोरोना सङ्क्रमणबाट निधन

रहेनन् कांग्रेस नेता भक्तिप्रसाद तिमिल्सिना, कोरोना सङ्क्रमणबाट निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।  Advertisement कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उहाँको निधन भएको हो ।  कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो । विसं २००१ माघ २५ गते उनको जन्म भएको थियो ।  उनले साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका–१४ को वडाध्यक्ष, जिल्ला विकास समितिको सदस्य रहेर सेवा गरेका थिए । सभापति श्रेष्ठका अनुसार तिमिल्सिना कांग्रेस पार्टीको क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्यलगायत विभिन्न पदमा रहेर  पार्टीमा क्रियाशील थिए । उनी रेडियो देवघाटको अध्यक्ष  सम...
घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु

घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु

देश, समाचार
२८ पुस, दमौली (तनहुँ) । तनहुँको बन्दीपुर गाउँपालिका-१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । Advertisement डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्रका चिकित्सकको सहयोगमा उपचार भइरहेको बाघको मृत्यु भएको सवडिभिजन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिए । मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । बाघको खुट्टा र ढाडमा चोट लागेको थियो । सुरुमा उद्धार गर्दा चितुवाको बच्चा भनिए पनि पछि अध्ययनको क्रममा संरक्षित चरीबाघ भएको पत्ता लागेको थियो । प्रमुख भुजेलका अनुसार जिल्लामा पहिलो पटक चरी बाघ भेटिएको हो । ‘तनहुँमा पनि चरी बाघ रहेछ भन्ने अवगत भयो । यसअगाडि चरी बाघ छ भन्ने थाहा थिएन’, उन...
झ्याप्प-झ्याप्प विद्युत् काट्न थालेपछि प्रधानमन्त्री कार्यालयमा सशंकित

झ्याप्प-झ्याप्प विद्युत् काट्न थालेपछि प्रधानमन्त्री कार्यालयमा सशंकित

देश, राजनीति, समाचार
२७ पुस, काठमाडौं । पछिल्ला दिनमा झ्याप्प-झ्याप्प विद्युत धेरै जाने क्रम बढेको भन्दै प्रधानमन्त्री कार्यालयले नेपाल विद्युत प्राधिकरणसँग जानकारी मागेको छ । कार्यालयमा नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपाने, काठमाडौं उपत्यकाका सबै वितरण केन्द्रका प्रमुखलाई बोलाएर विद्युत आपूर्तिको अवस्था र लाइन जाने क्रम बढेकोबारे जानकारी मागिएको हो । Advertisement प्रधानमन्त्री कार्यालयका पूर्वाधार हेर्ने सचिव तोयनारायण, ऊर्जा सचिव दिनेश घिमिरे र प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाले प्राधिकरणका अधिकारीहरूले गरेको ब्रिफिङ सुनेका थिए । नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक शाक्यले विद्युत कटौतीबारे बढेको जनगुनासो सम्बोधनका लागि आफूहरुले चालेको कमदबारे प्रधानमन...
प्रचण्ड र माधव पोखरामा : कार्यकर्तालाई सम्बोधन गर्ने

प्रचण्ड र माधव पोखरामा : कार्यकर्तालाई सम्बोधन गर्ने

देश, राजनीति, समाचार
पोखरा । पार्टी विभाजनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउने भएका छन् । प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बेधन गर्न उनीहरु मंगलबार पोखरा आउन लागेका हुन् ।  Advertisement अध्यक्षद्वयसहित पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पार्टी भेलामा सामेल हुने छन् । बिहान ८ बजे अध्यक्षद्वय पोखरा आइपुग्ने कार्यक्रम रहेको छ । पोखरा ११ शितलादेविस्थित एसआर केसी बैंक्युटमा ११ बजेदेखि कार्यक्रम सुरु हुने समयतालिका रहेको पार्टीका कास्की अध्यक्ष राजकाजी गुरुङले जानकारी दिए । यसअघि प्रचण्ड नेपाल पक्षका नेता योगेश भट्टराई र देवेन्द्र पौडेलले पनि कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए । पछिल्ला दिन गण्डकीमा प्रचण्ड–नेपाल र ओली दुवै पक्षको भेला तथा कार्यक्...
निर्वाचनको तयारीमा खटिए सुरक्षा निकाय

निर्वाचनको तयारीमा खटिए सुरक्षा निकाय

देश, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुक प्रतिनिधिसभाको निर्वाचनतर्फ केन्द्रीत भैसकेकोले निर्वाचन सुरक्षाका लागि आवश्यक तयारी गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको अर्थमन्त्री विष्णु पौडेल सहित उपस्थित बैठकमा गृहमन्त्री थापाले सो निर्देशन दिएका हुन् । Advertisement बैठकमा अर्थमन्त्री विष्णु पौडेले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्यतिलाई ध्यान दिई निर्वाचन केन्द्रीत बजेज प्रस्ताव गरी गृहमन्त्रालयमार्फत अर्थमन्त्रालयमा पठाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् । उनले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने बजेटको अभाव हुन नदिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  बैठकमा गृह मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त...
काठमाडौं महानगरको नगरसभा शुरु

काठमाडौं महानगरको नगरसभा शुरु

देश, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिका नगर सभाको आठौं अधिवेशन आज (सोमबार)बाट शुरु भएको छ । अधिवेशनमा तीनओटा विधेयक पेस भएका छन् । बैठकमा ‘काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको विधेयक २०७७’, ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७७’ र ‘काठमाडौं महानगरपालिका संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक २०७७’ पेश भएका हुन् । Advertisement विभागीय प्रमुखहरु हरिकुमार श्रेष्ठ, हरिबहादुर भण्डारी र दीपक अधिकारीले विधेयकहरु प्रस्तुत गरेका छन् । यी विधेयकहरु आगामी माघ ७ गतेको बैठकमा निर्णयका लागि पेश हुने महानगरपालिकाले बताएको छ । पुस २४ गते बसेको महानगरको ५५ औं कार्यपालिका बैठकले आठौं अधिवेसनमा प्रस्तुत हुने प्रस्ताव स्वीकृत गरेको थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा शुरु भएको ब...
नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नुपर्छ: रविन्द्र मिश्र

नेपाली मुद्रामा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्नुपर्छ: रविन्द्र मिश्र

देश, राजनीति, समाचार
काठमाडौँ । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पृथ्वीनारायण शाहको तस्बिर नेपाली मुद्रामा अंकित गर्नुपर्ने बताएका छन् । सोमबार विवेकशील साझा पार्टीको कार्यलयमा आयोजित राष्ट्रिय एकता दिवस विशेष कार्यक्रममा बोल्दै उनले देशको निर्माण गर्ने एक मात्र राष्ट्र निर्माताको सम्मानका लागि नेपालको मुद्रामा उनको चित्र अंकित हुनुपर्ने माग गरेका हुन् । Advertisement उनले गोरखा राज्यलाई विस्तार गरेर सिंगो नेपाल बनाउन अहम भूमिका निर्वाह गरेको बताउँदै उनलाई देशमा जसको सरकार आएपनि उनीप्रति सम्मान गर्न भुल्न नहुने बताए । नेपालभित्रै कतिपय नेपालीहरुले पृथ्वीनारायण शाहको राज्य एकिकरण नभएर गोरखा राज्यको विस्तार भएको आरोप लगाउँदै आएको बताए । टिकाटिप्पणी संसारमा भएका जुनकुनै एकीकरणमा पनि राष्ट्रनिर्माणको अभियान पृथ्वीनारायण शाहले जस्तै गरी भएको बताए । उनले भन...
भक्तपुरमा आगलागीबाट पाँच पसल जलेर नष्ट, १२ लाख बराबरको क्षति

भक्तपुरमा आगलागीबाट पाँच पसल जलेर नष्ट, १२ लाख बराबरको क्षति

देश, समाचार, सामाजिक
भक्तपुरको सूर्यविनायकमा रहेको एक मासु पसलबाट सुरु भएको आगलागी अन्यत्र ५ वटा पसलमा फैलिँदा करिव १२ लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।  आइतबार राति करिब १२ बजेको समयमा सूर्यबिनायक नगरपालिका ६ पाण्डुबजारस्थित जस्ताको टहरामा भोज बहादुर घिसिङले संचालन गरेको मासु पसलबाट आगलागी सुरु भएको थियो । Advertisement प्रहरीको प्रारम्भिक अनुसन्धानमा  अचानक बिजुलीको तार सर्ट भई उक्त आगलागी भई नजिकैको अन्य पसलहरुमा समेत सल्किन पुगेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।  आगोलागी हुदाँ बाह्र लाख साठी हजार बराबरको धनमाल जलि नष्ट  भएको छ र  मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ ।  उक्त मासु पसल गजिकै रहेको रामकृष्ण चौगुठीको फर्निचर पसलमा रहेको दराज, टेबुल, फर्निचर बनाउने काठ र बा ७५ प ५८२...