२०८१ बैशाख १५

देश

चितवनमा एक सय किलो गाँजासहित दुई पक्राउ

चितवनमा एक सय किलो गाँजासहित दुई पक्राउ

देश, राजनीति, समाचार
साभार: सेतोपाटी चितवन प्रहरीले एक सय किलोग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। राप्ती नगरपालिकाको वडा नम्बर ८ स्थित दवाडी चोक नजिकै पम्फा खोलाको किनारमा रहेको सडकको छेउमा पाँच वटा बोरामा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए।  भदौ २१ गते राति साढे १ बजेको समयमा गस्तीमा गएको इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले वेवारिसे अवस्थाका बोरा देखेपछि खोलेर हेर्दा गाँजा रहेको फेला पारेको थापाले बताए। बिहीबार उक्त गाँजाको कारोबारमा संलग्न रहेका दुई जनालाई नियन्त्रणमा लिएपछि शुक्रबार सार्वजनिक गरिएको हो। ना ३९ प २२५८ नम्बरको मोटरसाइकल प्रयोगगरी गाँजाको कारोबार गर्दै आएका दोर्जे तामाङ र पछाडि बसेका पदमबहादुर मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको हो। Advertisement गाँ...
२४ घण्टामा देशभर हालसम्मकै बढी २ हजार २० जना कोरोना संक्रमित थपिए

२४ घण्टामा देशभर हालसम्मकै बढी २ हजार २० जना कोरोना संक्रमित थपिए

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  संक्रमितमध्ये १७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको छ । Advertisement आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ०८८ जना रहेका छन् । यस्तै आज पीसीआर ११ हजार ४५८ जनाको भएको छ । ...
प्याजमा कालोबजारी गर्नेलाई न्युन जरिवाना मात्रै

प्याजमा कालोबजारी गर्नेलाई न्युन जरिवाना मात्रै

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
Credit: OnlineKhabar २ असोज, काठमाडौं । प्याजमा कालोबजारी गर्दै गर्दा रङ्गेहात फेला परेका व्यवसायीलाई वाणिज्य विभागले सामान्य जरिवाना तिराएर छोडेको छ । भदौ ३१मा असोज एक र दुई गते बल्खु, कालीमाटी र तीनकुनेका तरकारी बजारमा दोब्बर मूल्यमा प्याज बिक्री गरिरहेका ७ व्यापारिक फर्मलाई नगद जरिवाना गराएर विभागले उन्मुक्ति दिएको हो । बिहीबार ६ वटा प्याज व्यवसायीलाई ९ लाख ६५ हजार जरिवाना तिराएर थप कारबाही नगरेको विभागले शुक्रबार कालीमाटीको एक पसललाई ५० हजार जरिवाना तिराएको छ ।बिहीबार उलक तरकारी भण्डारलाई ५५ हजार, दुलाल आलु भण्डारलाई  ५५ हजार, व्यवसायी बिशेष गौतमलाई ५५ हजार रुपैयाँ विभागले जरिवाना गरेको थियो । Advertisement यस्तै रञ्जन आलु प्याज भण्डारलाई दुई लाख ५० हजार, पशुपति आलु प्याज स्टोरलाई दुई लाख ५० हजार, आके ट्रेडर्सलाई तीन लाख रुपैयाँ विभागले ...
चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमित युवकको मृत्यु

चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत् कोरोना संक्रमित युवकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी नवलपुरको देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताए। उनलाई भदौ २५ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भएका कारण अस्पताल भर्ना गरिएको थियो। २६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। Advertisement आइसीयूमा भेन्टिलेटरको सहायतामा उपचार हुँदैगर्दा राति १२:१८ बजे उनको मृत्यु भएको डा.लम्सालले बताए। ...
यस्तो छ आज नेपाल आइपुग्ने नेपाली रेलको भित्री र बाहिरी रूपरंग

यस्तो छ आज नेपाल आइपुग्ने नेपाली रेलको भित्री र बाहिरी रूपरंग

देश, समाचार, सामाजिक
साभार: सेतोपाटी कुर्था-जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट आज शुक्रबार नेपाल आईपुग्दैछ। लामो समय देखि बन्द रहेको नेपालको एकमात्र रेल सेवाको पुनः संचालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन ल्याइदैंछ। यसरी ल्याइने रेलको बोगीहरू विशेषरूपमा डिजाइन गरिएको छ। धेरैपछि रेल नेपाल पुनः सुरू हुन थालेकाले धेरैमा रेल कस्तो हुनेछ भन्नेमा धेरैको कौतुहल्ता छ। Advertisement यस्तो रेलको बोगीभित्रका केही तस्वीरहरू सार्वजनिक भएका छन्। ती तस्वीरहरूले बोगीको भित्री डिजाइन आकर्षक रहेको देखाएको छ। यी तस्विरहरू रेल विभागका महानिर्देशक बलराम मिश्रले आफ्नो फेसबुकमा सार्वजनिक गरेका छन्। रेलको बाहिरी आवरणमा नेपालको राष्ट्रिय झण्डामा रहेका रंगहरूको संयोजनमा तयार भएको छ। यो रेल एक अर्बको लागतम...
प्रहरीबाट कुटिएका युवकको प्रश्न : ओलीको पक्षमा प्रदर्शन गर्न पाइने, कुलमानको पक्षमा नपाइने ?

प्रहरीबाट कुटिएका युवकको प्रश्न : ओलीको पक्षमा प्रदर्शन गर्न पाइने, कुलमानको पक्षमा नपाइने ?

आर्थिक, देश, समाचार, सामाजिक
साभार: रातोपाटी २ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान प्रमुख  कुलमान घिसिङको पक्षमा वकालत गर्ने एक जना युवक प्रहरीबाट निर्घात कुटिएका छन् । सामाजिक कार्य गर्ने १०० ग्रुपका संस्थापक सिराहाको लहान घर भएका बब्लु गुप्तालाई प्रहरी निरीक्षक केशर न्याैपानेसहितको टोलीले निर्घात कुटपिट गरेको हो । घिसिङलाई प्राधिकरणमा पुनः नियुक्त गर्न माग गर्दै माइतीघरमा प्रदर्शन गर्न जाने क्रममा गुप्तासहितको टोलीलाई बबरमहलमै प्रहरीले छेकेको थियो । प्रहरीले छेकेपछि कला परिषद् अगाडिको बाटो हुँदै जान खोजिएको थियो । तर, प्रहरीले ब्यानर देखाउन र कार्यक्रम गर्न नपाइने भन्दै लखेटेको उनको भनाइ छ । प्रहरीले उनलाई केहीबेरपछि प्रहरी भ्यानमा राखेर महानगरीय प्रहरी वृत्त, सिंहदरबार लगेको थियो । त्यहाँ पुगेलगत्तै गुप्ता निर्घात कुटिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो र उनलाई प्रह...
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

देश, समाचार
साभार: रातोपाटी नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । Advertisement जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको पहिरो हटाइसकिएको छ भने केराबारीमा गएको पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोसँगै झरेको लेदोले  करिब १०० मिटर सडक ढाकेको उनले जानकारी दिए । पहिरो पन्छाउन तीन घण्टासम्म लाग्नसक्ने भट्टको अनुमान छ । पहिरोका कारण सो सडकखण्ड हुँदै चल्ने सवारी साधन बाटोमा रोकिएका छन् । सो सडकमा सोमबार रातिदेखि पटकपटक पहिरो खस्दै आएको छ । ...
बलात्कारपछि मिलापत्र, पीडितद्वारा आत्महत्या : थप दुईजना पक्राउ

बलात्कारपछि मिलापत्र, पीडितद्वारा आत्महत्या : थप दुईजना पक्राउ

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौं । सप्तरीको डाक्नेश्वरी–७ ब्रह्मपुरमा १७ बर्षिया किशोरीलाई बलात्कार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डाक्नेश्वरी–७ घर भएका बब्लु मण्डल र रञ्जित मण्डल छन् । बलात्कार आरोपीलाई गएराती नेपाल–भारत सिमानाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता (डिएसपी) तिलक भारतीले रातोपाटीलाई बताए । Advertisement बलात्कारपछि गाउँमा पञ्च बसेर प्रहरीमा घटनाको जाहेरी दिनबाट रोक्दै ‘मिलापत्र’ परेपछि सोही साँझ पिडित किशोरीले आत्महत्या गरेकि थिइन् । किशोरीलाई धम्क्याएर बलात्कार मिलापत्र गर्ने पञ्च मध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले यसअघि नै पक्राउ गरेर मुद्धा चलाएको छ । उनीहरुलाई बलात्कार मतियार, प्रमाण नष्ट र आत्महत्या दुरुत्साहनमा म्याद लिएर अनुसन्धान भइरहेक...
शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता गर : कांग्रेस

शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता गर : कांग्रेस

देश, समाचार
Credit: OnlineKhabar १ असोज, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले शंकास्पद व्यक्तिको मृत्यु भएमा कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार शंकास्पद मृत्युमा शव व्यवस्थापन गर्दा सबै मापदण्ड पालना गर्नुपर्ने, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने तर शवबाट स्वाब निकालेर पीसीआर टेष्ट नगर्ने निर्णय गरेको थियो । यो निर्णय जनश्वास्थ्यको दृष्टिकोणमा गलत भएको जनस्वास्थ्य विज्ञहरुले समेत बताएका छन् । कांग्रेसले पनि यो निर्णय गलत भएको भन्दे तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, कसैलाई संक्रमण छ र छैन व्यापक परीक्षण गर्नु र उबाट अन्यमा सर्न नदिन सम्पूर्ण सतर्कता राख्नु राज्यको प्रथम दायित्व हो । तर कयौंले जीवित छँदै...
मापसे गरी चलाएको कार मण्डिखाटारमा दुर्घटना, गाडीले हानेर भाँचियो बिजुलीको पोल

मापसे गरी चलाएको कार मण्डिखाटारमा दुर्घटना, गाडीले हानेर भाँचियो बिजुलीको पोल

देश, समाचार, सामाजिक
साभार: सेतोपाटी बुधबार राति सवा ११ बजे। काठमाडौंको मण्डिखाटारमा एउटा रातो रङ कार गुड्दै थियो। चालकले स्टेरिङ, एक्सिलेटर, ब्रेक र क्लजको सन्तुलन गुमाउँदा उक्त कार केहीबेरमा सडक छेउतिर मोडियो र बिजुलीको पोलमा ठोक्कियो। कारको गति यति तीव्र थियो कि सिमेन्टको बिजुलीको पोल नै भाँचियो। संयोगले कार चालकलाई भने ठूलो चोट लागेन। रातिको समय भएकाले स्थानीयको आउजाउ थिएन। केहीबेरमा आइपुगेको प्रहरीले प्रदेश नम्बर ३-०१-०२२ च ६७५३ नम्बरका कार चालक ४२ वर्षीय नवीन पोखरेललाई घटनास्थलबाट उद्धार गर्‍यो। उनलाई ठूलो चोट नलागे पनि मेडिकल परीक्षण गर्‍यो। परीक्षण गर्दा थाहा भयो पोखरेलले रक्सी खाएर  कार चलाएका रहेछन्। 'चालकले मापसे गरी चलाउँदा कार पोलमा ठोक्किन गएको हो। पोल र गाडीमा क्षति भएको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले सेतोपाटी...