२०८३ कार्तिक १२

चितवनमा एक सय किलो गाँजासहित दुई पक्राउ

साभार: सेतोपाटी

चितवन प्रहरीले एक सय किलोग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

राप्ती नगरपालिकाको वडा नम्बर ८ स्थित दवाडी चोक नजिकै पम्फा खोलाको किनारमा रहेको सडकको छेउमा पाँच वटा बोरामा राखिएको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। 

भदौ २१ गते राति साढे १ बजेको समयमा गस्तीमा गएको इलाका प्रहरी कार्यालय भण्डाराको टोलीले वेवारिसे अवस्थाका बोरा देखेपछि खोलेर हेर्दा गाँजा रहेको फेला पारेको थापाले बताए।

बिहीबार उक्त गाँजाको कारोबारमा संलग्न रहेका दुई जनालाई नियन्त्रणमा लिएपछि शुक्रबार सार्वजनिक गरिएको हो। ना ३९ प २२५८ नम्बरको मोटरसाइकल प्रयोगगरी गाँजाको कारोबार गर्दै आएका दोर्जे तामाङ र पछाडि बसेका पदमबहादुर मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।


Advertisement


गाँजाको कारोबारमा संलग्न केही व्यक्तिहरुको खोजी भइरहेको थापाले बताए। उनकाअनुसार गाँजाको कारोबारमा राप्ती–१२ का तीस वर्षीय बाबुराम थिङ नामका व्यक्तिको मूख्य संलग्नता देखिएकाे छ।

चितवनको राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा गाँजाको खेती हुने गरेको छ। केही वर्षयता उक्त क्षेत्रमा गाँजा खेती हुनेक्रम बढ्दै गएको छ। डिएसपी थापाले सोही क्षेत्रमा उत्पादन भएको गाँजा बिक्रीका लागि कतै लैजान लागेको अनुमान गरिएको बताए।

उनले उक्त क्षेत्रमा गाँजाको खेती हुन नदिन र भएका ठाउँमा नष्ट गर्ने लक्ष्य रहेको बताए। चेपाङ समुदायको बाहुल्यता रहेको राप्तीको वडा नम्बर १२ र १३ मा मकै, कोदोलगायतका बालीको विकल्पमा गाँजा खेती गर्ने गरिएको छ।

केही हप्ता अघि प्रहरीको एक टोली त्यहाँ पुगेर गाँजाको बीउ र भर्खरै रोपिएका विरुवाहरु नष्ट गरेको थियो। गाँजा खेती हुने गरेको क्षेत्रमा पुग्न पूर्व–पश्चिम राजमार्गबाट करिब २ घण्टा गाडी चढेर घण्टौं पैदल हिँड्नुपर्छ।

प्रशासनको उपस्थिति कम रहेको फाइदा उठाउँदै यहाँ गाँजा खेती गर्ने गिरोह सकृय बन्दै गएको छ ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap