२०८३ कार्तिक २३

मापसे गरी चलाएको कार मण्डिखाटारमा दुर्घटना, गाडीले हानेर भाँचियो बिजुलीको पोल

साभार: सेतोपाटी

बुधबार राति सवा ११ बजे। काठमाडौंको मण्डिखाटारमा एउटा रातो रङ कार गुड्दै थियो। चालकले स्टेरिङ, एक्सिलेटर, ब्रेक र क्लजको सन्तुलन गुमाउँदा उक्त कार केहीबेरमा सडक छेउतिर मोडियो र बिजुलीको पोलमा ठोक्कियो।

कारको गति यति तीव्र थियो कि सिमेन्टको बिजुलीको पोल नै भाँचियो। संयोगले कार चालकलाई भने ठूलो चोट लागेन।

रातिको समय भएकाले स्थानीयको आउजाउ थिएन। केहीबेरमा आइपुगेको प्रहरीले प्रदेश नम्बर ३-०१-०२२ च ६७५३ नम्बरका कार चालक ४२ वर्षीय नवीन पोखरेललाई घटनास्थलबाट उद्धार गर्‍यो।

उनलाई ठूलो चोट नलागे पनि मेडिकल परीक्षण गर्‍यो। परीक्षण गर्दा थाहा भयो पोखरेलले रक्सी खाएर  कार चलाएका रहेछन्।

‘चालकले मापसे गरी चलाउँदा कार पोलमा ठोक्किन गएको हो। पोल र गाडीमा क्षति भएको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले सेतोपाटीसँग भने।


Advertisement


रातिको समय भएकाले कार बिहीबार बिहानसम्म दुर्घटनास्थलमै थियो। बिहान बाटोमा कारले बिजुलीको पोल ढालेको देखेर सर्वसाधारणले तस्बिर खिचेर सामाजिक सञ्जालमा राखेका थिए।

केहीबेरअघि प्रहरीले कार र बिजुलीको पोल हटाएको यादवले जानकारी दिए।  

दुर्घटनामा मानवीय क्षति नभएकाले प्रहरीले चालक पोखरेललाई नियन्त्रणमा लिएको छैन। कार भने अहिले प्रहरीले नियन्त्रणमा राखेको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap