२०८१ बैशाख २६

देश

भक्तपुर घटना: आमा–छोरा मारेको २४ घण्टापछि आत्महत्या

भक्तपुर घटना: आमा–छोरा मारेको २४ घण्टापछि आत्महत्या

देश, समाचार
साभार: रातोपाटी काठमाडौं । मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै घरमा मृत फेला परेका सुदिप अधिकारी दम्पत्ति र छोरा सुशान्तको शव परीक्षणको बिस्तृत रिपोर्ट आएको छ । भदौ २६ मा साँझपख मृत फेला परेका आमा–छोरा र सुदिपको मृत्यु २४ घण्टाको समय अन्तरमा भएको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ । भक्तपुरस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको शव परीक्षण रिपोर्टअनुसार छोराको टाउकोमा ४ वटा चोट र सुशान्तको टाउकोमा तीन पटक दाउराले हिर्काएको चोट देखिएको छ । सुशान्तको घाँटीमा हतियारले काटेको गहिरो चोट देखिएको छ । पोष्टमार्टम रिपोर्टसँगै अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले सुदिपले २४ घण्टाअघि श्रीमती र छोराको हत्यापछि आफुले विष खाएर आत्महत्या गरेको निष्कर्ष निकालेका छन् । ‘शव फेला परेको ४८ घण्टाअघि आमा–छोरा र २४ घण्टाअघि सुदिपको मृत्यु भएको देखिएको छ’ महानगरीय अपराध महाशाखाका प्...
काठमाडौं प्रशासनको सेवा आइतबारदेखि, सेवाग्राहीलाई तोकियो छुट्टाछुट्टै बार

काठमाडौं प्रशासनको सेवा आइतबारदेखि, सेवाग्राहीलाई तोकियो छुट्टाछुट्टै बार

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । ६ सातापछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा आइतबारदेखि खुल्ने भएको छ । कोभिड–१९ को संक्रमणको जोखिमका कारण बन्द गरिएको प्रशासनका सबै सेवाहरु निषेधाज्ञा खुला भएसँगै सुचारु हुने भएको हो । गत साउन २५ गतेदेखि यो सेवा बन्द रहँदै आएको थियो ।  सेवा सञ्चालन हुने भएपछि भिडभाड कम गर्न प्रशासनले सेवाको प्रकृति र क्षेत्र अनुसार सेवाको विभाजन गरेको छ । नयाँ नागरिकता र प्रतिलिपी, राहदानी, नाबालिग परिचयपत्र, हातहतियार दर्ता र नवीकरणका लागि विभिन्न क्षेत्रअनुसार सेवा दिने बारको निर्धारण गरिएको छ । जसअनुसार महानगर क्षेत्रका नागरिकले आइतबार, मंगलबार र बिहीबार, कीर्तिपुर, नागार्जुन र चन्द्रागिरिका नागरिकले सोमबार, बुढानीलकण्ठ, टोखा र कागेश्वरी मनोहरा नगरपालिकाका नागरिकले बुधबार र गोकर्गेश्वर, दक्षिणकाली, शंकरापूर र तारकेश्वर नगरपालिकाका नागरिकले शुक्रबार प्र...
दशैँको अग्रिम टिकट बुकिङ्ग अझै अनिश्चित

दशैँको अग्रिम टिकट बुकिङ्ग अझै अनिश्चित

देश, समाचार
साभार: रातोपाटी करिब ६ महिनापछि लामो दुरीका सार्वजनिक यातायात आजदेखि खुल्ला भएको छ । दशैँ–तिहारको मुखैमा खुल्ला भएको सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ्ग भने अहिले नै निश्चित भइनसकेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिएका छन् । आजैबाट मात्र खुल्ला भएको सार्वजनिक यातायातको निरन्तरता अझै के हुने हो निश्चित नभइसकेको अवस्थामा व्यवसायीहरुले यसबारेमा निर्णय नगरिसकेको सिटौलाको भनाइ छ । अग्रिम टिकट बुकिङ्ग खुल्ला गर्ने बारे व्यवसायीहरुको अर्को बैठकले निर्णय गर्ने तर यो छिट्टै नै गरिने सिटौलाले बताए ।  करिब ६ महिना लामो समयपछि आजबाट सार्वजनिक यातायात सञ्चालन गर्न पाएकोमा खुशी व्यक्त गर्दै यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकार,व्यवसायी, संचारकर्मी लगायत सम्पूर्ण यात्रुहरुलाई शुभकामना व्यक्त गरेका छन् । Advert...
बालुवाटारमा विपद् व्यवस्थापन परिषद‍्को बैठक बस्दै

बालुवाटारमा विपद् व्यवस्थापन परिषद‍्को बैठक बस्दै

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । विपद् व्यवस्थापन परिषद‍्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान ११ बजेका लागि परिषद‍्को बैठक बोलाएका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि बोलाइएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री अध्यक्ष रहेको परिषद‍्मा विपक्षी दलका नेता, संघीय सरकारका मन्त्रीहरु, सातै प्रदेशका मुख्यमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानसेनापति, मुख्य सचिव र विज्ञहरु सदस्य रहने कानुनी व्यवस्था छ ।  देशका विभिन्न जिल्लामा आएको बाढी पहिरोका सम्बन्धमा तत्काल उद्धार, राहत र व्यवस्थापनको विषयमा छलफल हुने थापाले बताए । यस्तै कोरोनाको बढ्दो संक्रमणका विषयमा आगामी रणनीतिबारे छलफल हुने थापाको भनाइ छ । उ...
डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत

डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत

देश, समाचार
साभार: रातोपाटी काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य एक एक रुपैयाँले घटाएको छ । पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।  निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको  हो ।  Advertisement निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको छ । नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ ।  ...
सफाइमा प्रयोग गर्ने एसिड बेच्न पनि अनुमति चाहिने, किन्नेले कारण खुलाउनुपर्ने सुझाव

सफाइमा प्रयोग गर्ने एसिड बेच्न पनि अनुमति चाहिने, किन्नेले कारण खुलाउनुपर्ने सुझाव

देश, समाचार
एसिड आक्रमणकारीले पीडितलाई उपचार र क्षतिपुर्ती दिनुपर्ने साभार: रातोपाटी काठमाडौं । एसिड आक्रमणविरुद्ध सरकारले अध्यादेशमार्फत कानुन ल्याउने भएको छ । सो कानुनको तयारी गर्न गठित समितिले महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई ‘सुझाव प्रतिवेदन’ बुझाएको छ । नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाको नेतृत्वमा गठित समितिले विभिन्न १३ बुँदामा ‘तेजाब नियमन’ गर्नेबारे सुझाव दिएको छ ।  एसिड पीडितको अवस्था हेर्दा मौजुदा कानुनले व्यवस्था गरेको सजाय न्यून रहेको भन्दै अध्ययन समितिले सजाय बढाउन सुझाव दिएको छ । एसिड आक्रमण गरेर अनुहार कुरुप बनाएमा ५ देखि ८ वर्ष कैद र ३ लाखसम्म मात्रै जरिवाना हुने अहिलेको कानुनी व्यवस्थालाई अधिकतम बढाउन सुझाव दिइएको समितिका संयोजक विश्वराज कोइरालाले रातोपाटीलाई बताए ।  सरकारी निकायको अनुमति बिना कुनैपनि पसलबाट तेजाब खुल्ला रुपमा बेच्न निषेध गर्न सुझाव ...
उपत्यकामा चल्ने सवारीसाधनमा अझै जोरबिजोर

उपत्यकामा चल्ने सवारीसाधनमा अझै जोरबिजोर

देश, समाचार
साभार: रातोपाटी काठमाडौं । काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली नहट्ने भएको छ । उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् । सोही अनुसार कार्यालयहरुले आदेश जारी समेत गरेका छन् । अत्यावश्यक सेवाका सवारी साधनमा भने यो व्यवस्था लागु हुने छैन ।  प्रशासनको आदेश अनुसार उपत्यकामा अनिश्चितकालसम्मको लागि सभा, समारोह, भोजभतेर, पार्टी लगायत कार्यक्रम आयोजना गर्न, मठमन्दिर लगायत धार्मिक क्षेत्र खुला गर्न, शिक्षण संस्था सञ्चालन गर्न र भीडभाड हुने मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ । Advertisement ...
अस्मिताको मूल्य जनही २५ हजार : सामूहिक बलात्कार पीडित किशोरीद्वारा आत्महत्या

अस्मिताको मूल्य जनही २५ हजार : सामूहिक बलात्कार पीडित किशोरीद्वारा आत्महत्या

देश, समाचार, सामाजिक
मिलापत्रका लागि दबाब दिने समाजका ‘अगुवा’हरु पक्राउ साभार: रातोपाटी काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–७, ब्रह्मपुरमा जघन्य अपराधमा मिलापत्रका लागि दबाब दिने समाजका अगुवाहरु कानुनी फन्दामा परेका छन् । बलात्कृत स्थानीय किशोरीलाई न्यायको प्रत्याभूति दिनुको साटो ती अगुवाहरुले मिलापत्रका लागि पीडित पक्षलाई नै दबाब दिएका कारण ती किशोरीले आत्महत्या गरेपछि मामिला प्रकाशमा आएको हो । प्रहरीका अनुसार भदौ २९ गते बिहान ९ बजेतिर खेतमा घाँस काट्न गएका बेला गाउँका चार युवा आएर उनलाई घेरे । स्थानीय जुगेश्वरी साहको खेतको आलीमा दुई युवाले राक्षसी स्वरुपमा उनलाई बलात्कार गरे । उनी चिच्याइरहिन् तर उनको रोदन सुन्ने कोही भएन । अर्का दुई युवाले उनलाई फेरि झम्टिए । बलात्कार प्रयास गरे, कसोकसो त्यहाँबाट फुत्केर उनी घर पुगिन् र आमालाई भनिन् । डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण ...
अस्पतालमा बन्धक बनाइएका २ जनाको उद्धार

अस्पतालमा बन्धक बनाइएका २ जनाको उद्धार

देश, समाचार
साभार: रातोपाटी काठमाडौं। उपचारखर्च नपाएर दुई महिनादेखि अस्पतालमा बन्धक बनाइएका सप्तरीका शिवचन्द्र सदा र मिलयादेवी उद्धार भएको छ। प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको पहलमा उनीहरु मंगलबार दिउँसो अस्पतालबाट घर फर्किएका हुन् । गाउँका तथाकथित ठूला जातिका मानिसबाट मरनासन्न हुनेगरी कुटाई खाएर घाइते उनीहरुले अस्पतालमा उपचार खर्च तिर्न नसकेर दुई महिनादेखि बन्धक रहेका थिए । उनीहरुलाई मुक्त गर्न मुख्यमन्त्री लालबाबु राउतले यसअघि नै अस्पतालको रकम तिर्ने निर्णय गरे पनि कर्मचारीहरुले फाइलमाथि फाइल खडा गर्दै रकम निकाशामा ढिलासुस्ती गर्दै आएको पाइएको छ । महान्यायाधिवक्ता झाले अस्पतालमा उपचार खर्चको व्यवस्था गर्नुका साथै उनीहरुलाई घर पठाउन एम्बुलेन्सको व्यवस्थापन समेत गरिएको जानकारी दिए । सदा दम्पत्ति घरतिर लागेको तस्बिर सार्वजनिक गर्दै महान्यायाधिवक्ता झाले उनीहरुको वि...
न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

देश, समाचार, सामाजिक
साभार: रातोपाटी सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ । सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन् । उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन् । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन् ।  मण्डल समुदायका ८/१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरू...