
साभार: सेतोपाटी


कुर्था-जनकपुरधाम तथा भारतको जयनगरसम्म सञ्चालनका लागि नेपालले किनेको रेल सेट आज शुक्रबार नेपाल आईपुग्दैछ।
लामो समय देखि बन्द रहेको नेपालको एकमात्र रेल सेवाको पुनः संचालनका लागि दुई सेट रेल तथा चार सेट इन्जिन ल्याइदैंछ।
यसरी ल्याइने रेलको बोगीहरू विशेषरूपमा डिजाइन गरिएको छ।
धेरैपछि रेल नेपाल पुनः सुरू हुन थालेकाले धेरैमा रेल कस्तो हुनेछ भन्नेमा धेरैको कौतुहल्ता छ।
Advertisement




यस्तो रेलको बोगीभित्रका केही तस्वीरहरू सार्वजनिक भएका छन्। ती तस्वीरहरूले बोगीको भित्री डिजाइन आकर्षक रहेको देखाएको छ। यी तस्विरहरू रेल विभागका महानिर्देशक बलराम मिश्रले आफ्नो फेसबुकमा सार्वजनिक गरेका छन्।
रेलको बाहिरी आवरणमा नेपालको राष्ट्रिय झण्डामा रहेका रंगहरूको संयोजनमा तयार भएको छ।







यो रेल एक अर्बको लागतमा खरिद गरिएको हो।
नेपाली रेलको सेट भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले निर्माण गरेको भने आपूर्तिकर्ता कम्पनी कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेड हो।


