२०८१ बैशाख ५

बलात्कारपछि मिलापत्र, पीडितद्वारा आत्महत्या : थप दुईजना पक्राउ

साभार: रातोपाटी

काठमाडौं । सप्तरीको डाक्नेश्वरी–७ ब्रह्मपुरमा १७ बर्षिया किशोरीलाई बलात्कार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डाक्नेश्वरी–७ घर भएका बब्लु मण्डल र रञ्जित मण्डल छन् । बलात्कार आरोपीलाई गएराती नेपाल–भारत सिमानाबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता (डिएसपी) तिलक भारतीले रातोपाटीलाई बताए ।


Advertisement


बलात्कारपछि गाउँमा पञ्च बसेर प्रहरीमा घटनाको जाहेरी दिनबाट रोक्दै ‘मिलापत्र’ परेपछि सोही साँझ पिडित किशोरीले आत्महत्या गरेकि थिइन् ।

किशोरीलाई धम्क्याएर बलात्कार मिलापत्र गर्ने पञ्च मध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले यसअघि नै पक्राउ गरेर मुद्धा चलाएको छ ।

उनीहरुलाई बलात्कार मतियार, प्रमाण नष्ट र आत्महत्या दुरुत्साहनमा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक भारतीले रातोपाटीलाई बताए ।

Copy link
Powered by Social Snap