२०८१ बैशाख १५

देश

अबैध लताकपडा तथा किराना सामान भन्सारमा बुझाइयो

अबैध लताकपडा तथा किराना सामान भन्सारमा बुझाइयो

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
साभार: रातोपाटी काठमाडौं । भन्सार छली ल्याइएको २ लाख ६७ हजार बराबरको लताकपडा तथा किराना सामग्री बरामद गरि भन्सार कार्यालयमा बुझाइएको छ । असोज २२ गते इलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित सडकमा उक्त सामग्री बरामद गरेको थियो । Advertisement भारतबाट भन्सार छली चोरी पैठारी नेपाल भित्राएको २ लाख ६७ ६ सय ९५ रुपैंया बराबरको कपडा तथा किराना सामग्री समेत पक्राउ सोमबार भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगञ्जमा बुझाइएको छ । ...
बैंकिङ कसुर मुद्दामा ३४ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा ३४ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
साभार: रातोपाटी काठमाडौं । बैंकिङ कसुर मुद्दामा ३४ लाख जरिवाना र १५ दिन कैद सजाय तोकिएका राजेशबावु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–६ घर भएका राजेशबावुलाई चितवनको रत्ननगरबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआइजी सहकुल बहादुर थापाले रातोपाटीलाई बताए ।  उच्च अदालत पाटनले ०७७ जेठ ३० मा श्रेष्ठलाई जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो ।  ०७५ मा राजेशबावुले खातामा पैसा नभएको जानी–जानी दिपा थपलियालाई बैंकको चेक दिए । चेक बाउन्स भएपछि प्रहरीले उनीबिरुद्ध बैंकिङ कसुरको मुद्धा चलाएको थियो ।   Advertisement बैंकिङ कसुर तथा सजया ऐन–०६४ को दफा ३ (ग) अनुसारको कसुरमा दफा १५ (१) बमोजिम सजाय तोकिएका उनलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालतमा पेश गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ । ...
कर्णालीका नयाँ प्रमुख सचेतकले बोलाइन् बैठक

कर्णालीका नयाँ प्रमुख सचेतकले बोलाइन् बैठक

देश, राजनीति, समाचार
साभार: रातोपाटी काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कर्णाली प्रदेशकी नवनियुक्त प्रमुख सचेतक सीता नेपालीले आगामी कार्तिक ७ गतेलाई संसदीय दलको बैठक बोलाएकी छन् ।  सचेतक नेपालीले आफ्नो अधिकार प्रयोग गर्दै आगामी कार्तिक ७ गतेलाई बैठक बोलाएको रातोपाटीलाई जानकारी दिइन् । कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका महेन्द्रबहादुर विरुद्ध नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णाली प्रदेशमा विवाद आइरहेका बेला नवनियुक्त प्रमुख सचेतकले बैठक बोलाएकी हुन् ।  यसअघि बर्खास्तीमा परेका प्रमुख सचेतक गुलावजंग शाहले अविस्वास प्रस्ताव आएलगत्तै असोज २७ मंगलबारलाई दलको बैठक बोलाएका थिए । अविश्वास प्रस्ताव आएलगत्तै मुख्यमन्त्री शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएर नेपालीलाई नियुक्त गरेका थिए ।  Advertisement कर्णाली नेकपामा देखिएको विवादले...
कोरोनाबाट थप ९ को मृत्यु, मृतकको कुल संख्या ६४५ पुग्यो

कोरोनाबाट थप ९ को मृत्यु, मृतकको कुल संख्या ६४५ पुग्यो

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी देशका विभिन्न जिल्लामा गरी कोरोनाभाइरसबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमा २ महिला र ७ पुरुष रहेका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ३ पुरुषको मृत्यु भएको छ भने काठमाडौंका १ महिला र २ पुरुष गरी ३ जनाको मृत्यु भएको छ।  यस्तै ललितपुरका १ पुरुष, चितवनकी १ महिला र रुपन्देहीका १ पुरुषको मृत्यु भएको छ ।  Advertisement यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६४५ पुगेको मन्त्रालयले जनाएको छ ।  ...
सप्तरीका प्रदेश सभासदस्य सहित २७ जनामा कोरोना संक्रमण

सप्तरीका प्रदेश सभासदस्य सहित २७ जनामा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । प्रदेशसभा सदस्य  यादवले  सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरेका छन् ।   राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले समेत पुष्टि गरेका छन् । कोरोना सङ्क्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।  प्रदेशसभा सदस्य यादवसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  Advertisement रुपनी गाउँपालिका एक जनप्रतिनिधि र ३ जनासहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका ४ जना कर्मच...
ललितपुर नगर प्रहरीले खटायो ‘हातेमालो टोली’ : समस्या सुन्न हरेक टोलमा पुग्ने

ललितपुर नगर प्रहरीले खटायो ‘हातेमालो टोली’ : समस्या सुन्न हरेक टोलमा पुग्ने

देश, समाचार, सामाजिक
साभार: रातोपाटी ललितपुर । ललितपुर महानगरपालिका अन्तर्गतको नगर प्रहरीले नगरवासीको सेवामा ‘हातेमालो टोली’ परिचालन गरेको छ । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले आइतबार उक्त कार्यक्रम औपचारिक रुपमा सुरु गरेका हुन् । महानगर क्षेत्रभित्र दैनिक रुपमा हातेमालो टोली परिचालन हुने र नगरवासीका समस्या समाधानका लागि पहल गर्ने हाछेथुले बताए । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नगरवासीको सेवा–सुविधालाई ध्यान दिन निर्देशन दिएअनुसार नगर प्रहरीले नयाँ अवधारणाअनुसार ‘हातेमालो टोली’ गठन गरेको उनको भनाइ छ । Advertisement यो टोलीले महानगरका हरेक वडा, हरेक टोलमा पुगेर दैनिक रुपमा समस्याको टिपोट तयार पार्ने हाछेथु बताउँछन् । ‘कतै ढल फुटेको हुन सक्छ, कतै रुख ढलेको हुन सक्छ, कतै फोहोर नउठेको हुन सक्छ,’ नगर प्रहरी प्रमुख हाछेथुले भने, ‘कतै सडकमा खाडल भ...
गरिब व्यक्तिको नाममा फर्म दर्ता गरी कर छल्ने धन्दा

गरिब व्यक्तिको नाममा फर्म दर्ता गरी कर छल्ने धन्दा

अर्थतन्त्र, देश, बैँक/ बीमा, समाचार
साभार: रातोपाटी काठमाडौं । राजश्व छलि प्रकरणमा २ जना विरुद्ध २३ करोडको मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी राजश्व चुहावट गर्ने मनिष ट्रेडिङ कन्सर्नकी किशोरी यादव र सहारा एण्ड खातुन ट्रेडर्सका करिवन खातुनविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो ।  ललितपुर महालक्ष्मी नगरपालिकास्थित मनिष ट्रेडिङ कन्सर्नकी किशोरी यादव र अरु ३ जनाले कमजोर आर्थिक अवस्था भएका व्यक्तिको नाममा फर्म दर्ता गरी एउटा वस्तु तथा सेवाको आयात तथा खरिद देखाएर अर्कै वस्तुको बिल जारी गरेर भ्याट र आयकरको दुरुपयोग गरेको विभागले आरोप लगाएको छ । Advertisement उनीहरुमाथि १३ करोड २५ लाख ८८ हजार रुपैंया बिगो सोही बराबरको जरिवानासहित कैद सजाय मागदाबी कायम गरिएको छ । त्यस्तै, बारास्थित सहारा एण्ड खातुन ट्रेडर्सका खातुनले नक्कली भ्याट बिल र आयकर ...
कोरोना सङ्क्रमित महिलाको मृत्यु

कोरोना सङ्क्रमित महिलाको मृत्यु

देश, समाचार, स्वास्थ्य
यहाँ आज थप एक  कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका–७ ललितपुर पुख्र्यौली घर भई हाल राजविराज नगरपालिका– ६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको मृत्यु भएको राजविराज नगरपालिका ६ नं वडाध्यक्ष प्रेम यादवले बताए । पछिल्लो एक महिनादेखि ज्वरो लागेको उनको स्वाब परीक्षण गर्दा गत मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बस्दै आएकी उनलाई आज बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो ।  यससमेत सप्तरीमा कोरोनाबाट तीन महिलासहित २१ जनाको मृत्यु भएको छ ।  रुपनी बन्द Advertisement  रुपनी गाउँपालिकाका तीन कर्मचारी र एक वडा सदस्यसहित सो गाउँपालिकाका ११ जनामा आज कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिका बन्द गरिएको छ । रुपनी– ४ का सदस्य, सोही वडाका कार्यालय सहायक, गा...
शेयर कारोबार दोहोरो अङ्कले ओरालो

शेयर कारोबार दोहोरो अङ्कले ओरालो

अर्थतन्त्र, देश, शेयर बजार, समाचार
साभार: रातोपाटी धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज बजारले ओरालोको यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३७ बिन्दुले ओरोलो लागेर एक हजार ५७६.२७ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.०१ बिन्दुले घटेर ३११.७३ मा झरेको छ । कूल १९३ कम्पनीको ९२ लाख ८१ हजार ४७८ कित्ता शेयर रु दुई अर्ब ३९ करोड ४५ लाख ३२ हजार ५९९ मूल्यमा खरिद बिक्री भए ।  कारोबार भएका कूल १२ उपसमूहमध्ये आज एक उपसमूहको मात्रै शेयर उकालो लाग्दा अरु ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । वित्त १७.५ अङ्कले उकालो लाग्दा बैंकिङ १०.५, व्यापार १९.६९, होटल ३८.२३, विकास बैंक २०.८८, जलविद्युत् २७.७५, निर्जीवन बीमा ८६.३७, उत्पादन ४८.४८, अन्य ९.२९, लघुवित्त ८.९३, जीवन बीमा १०.७१ ओरालो छ ।  Advertisement ...
मन्त्री भट्टराईलाई भेटेका भारतीय राजदूत सेल्फ क्वारेन्टिनमा

मन्त्री भट्टराईलाई भेटेका भारतीय राजदूत सेल्फ क्वारेन्टिनमा

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: रातोपाटी नेपालस्थित भारतीय दूतावासका राजदूत विनय मोहना क्वात्रा सेल्फ क्वारेन्टिनमा बसेका छन् । संस्कृति, पर्यटटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग भेटेका राजदूत क्वात्रा कोभिड–१९ को मापदण्ड अनुसार सेल्फ क्वारेन्टिनमा बसेका छन् । मन्त्री भट्टराई र राजदूत क्वात्राबीच शनिवार भेटघाट भएको थियो । त्यही दिन मन्त्री भट्टराईलाई ज्वरो आएको थियो । Advertisement भारतीय दुतावासका अनुसार हालसम्म राजदूत क्वात्रामा कोरोनाको कुनै लक्षण देखिएको छैन । उनी पूर्ण रुपमा स्वस्थ्य छन् । हाल उनले सबै कार्यक्रम तथा भेटघाट रद्द गरेका छन् । क्वात्रामा कुनै लक्षण नदेखिएपनि १–२ दिनमा कोरोना परीक्षण गराउने बताइएको छ । ए ...