२०८१ बैशाख २५

देश

बलि प्रथा : सिडिओबाट जारी एक सूचनाले अस्थालाई रोक्न सक्ला र ?

बलि प्रथा : सिडिओबाट जारी एक सूचनाले अस्थालाई रोक्न सक्ला र ?

देश, समाचार, सामाजिक
साभार: रातोपाटी काठमाडौं । कोरोना महामारीका कारण मानिसको जीवनशैलीमा परिवर्तन ल्याएको छ । सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक लगायत हरेक क्षेत्रमा कोरोनाको असर देखिएको छ । हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व दसैँ कात्तिक १ गतेदेखि शुरु हुँदैछ । रोजगारी, अध्ययन, व्यापार–व्यवसायका सिलसिलामा टाढा पुगेकाहरुसमेत दसैँ मान्न गाउँघर फर्कने चलन छ । तर यस वर्ष दसैँको त्यो परम्परा र रीतिरिवाजलाई पनि कोरोनाले प्रभावित पार्ने देखिन्छ । देवी दुर्गाको नाममा दसैँघर र मुल चोकमा दिइने बलि यस पटक सरकारले औपचारिक रुपमै रोकेको छ । जंगबहादुर राणाको पालादेखि शुरु भएको दसैँघर र मुलचोकमा दिइने बलि प्रथा कोरोनाको कहरकै कारण यसपटक रोकिएको हो । बलि व्यवस्था हेर्ने कौसी तोसाखानामा बसेको बैठकले यो वर्षको दसैँमा मूल घरमा दिइने बलि रोक्ने निर्णय भदौको दोस्रो हप्तामै गरेको थियो । सरोकारवाला मन्त्रालयह...
दुर्घटनामा मृत्यु

दुर्घटनामा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी गए राति अरनिको राजमार्गखण्डअन्तर्गत  सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटर साइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको हो ।  Advertisement भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  मोटरसाइकल पछाडि सवार सात वर्षीया प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए । ...
बीपी प्रतिष्ठानमा ३ जना संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानमा ३ जना संक्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २५ असोज, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमित मृत्यु भएको छ । दुहबीका ६५ वर्षीय पुरुषको र धनकुटाकी ६१ वर्षीय महिलाको आज बिहान तथा सुनसरीको धरान–८ की ६२ वर्षीया महिलाको गएराति मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । धरानका ६२ वर्षीय पुरुषमा असोज २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसको भोलिपल्ट अस्पताल भर्ना गरेर उनको उपचार थालिएको थियो । उपचारको क्रममा गएराति ८ बजे उनको मृत्यु भएको सहायक प्रवक्ता डा. श्रेष्ठले जानकारी दिए । Advertisement यसैगरी सुनसरीको दुहबीका ६५ वर्षीय पुरुषको भने आज बिहान ३ः५० मा मृत्यु भएको हो । उच्च रक्तचाप र निमोनियाको समस्या भएपछि उनी असोज १४ गते प्रतिष्ठानमा भर्ना भएका थिए । असोज १५ गते उनमा कोरोना संक्रमण प...
डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

डा. केसीले तोडे अनशन, सफाइ कर्मचारीले पिलाए जुस

देश, समाचार, सामाजिक
Credit: OnlineKhabar २५ असोज, काठमाडौं । डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् । Advertisement चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएको थियो । ...
पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण

देश, समाचार
Credit: OnlineKhabar २४ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका छन् । Advertisement उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिए परीक्षण गराउन आग्रह गरेका छन् । ...
कोरोना संक्रमणबाट चितवनमा तीन जनाको मृत्यु

कोरोना संक्रमणबाट चितवनमा तीन जनाको मृत्यु

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २४ असोज, चितवन । चितवनमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज, भरतपुरमा दुई जना र भरतपुर अस्पतालमा एकजनाको मृत्यु भएको हो । चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा मकवानपुर बागमती गाउँपालिका वडा नं. ६ फापरवारीकी ८५ बर्षिया महिला र सर्लाही हरीवन नगरपालिका वडा नं. १० का ३८ बर्षीय पुरुष छन् । Advertisement असोज १५ गते ज्वरो, निमोनिया भएर अस्पताल भर्ना भएकी महिलामा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शनिबार ५ बजे मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । यस्तै  सवारी दुर्घटनामा परी असोज ८ गते अस्पताल भर्ना भएका सर्लाहीका युवकमा २१ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार साँझ नै भरतपुर अस्पतालमा चितवनको भरतपुर महानगरपालिका-१ का ४७ बर्षिय पुरुषको उपचारको ...
सुदूरपश्चिम प्रदेश प्रहरीले ल्यायो दसैं लक्षित विशेष सुरक्षा योजना, कुकुरसहित गस्ती

सुदूरपश्चिम प्रदेश प्रहरीले ल्यायो दसैं लक्षित विशेष सुरक्षा योजना, कुकुरसहित गस्ती

देश, समाचार
साभार: रातोपाटी काठमाडौँ । सुदूपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायल डोटीले नजिकिएको चाडबाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडपर्वमा हुनसक्ने सम्भावित हत्या, अपहरण, ठगी, चोरी, डकैती, पटाका लगायतका विस्फोटक पदार्थ, महिला हिंसालगायत घटनालाई घट्न नदिन छुट्टाछुट्टै विशेष प्रहरी टोली तयार गरेको छ । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले विशेष सुरक्षा योजना कार्यक्रम आइतबारबाट प्रदेशका ९ वटै जिल्लामा लागू हुने बताए । शान्ति सुरक्षाको भरपर्दो व्यवस्थापनका साथै कुनै अप्रिय घटना एवं दुर्घटनारहित चाडपर्व मनाउन डीआईजी सुवेदीले आग्रह समेत गरे । वर्तमान समयमा विश्व महामारीको रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणले समग्र विश्व नै आक्रान्त बनिरहेको अवस्थामा संक्रमणलाई समुदायस्तरमा थप फैलनबाट रोक...
कोभिड–१९ कार्टुन सङ्ग्रह  सार्वजानिक

कोभिड–१९ कार्टुन सङ्ग्रह सार्वजानिक

देश, राजनीति, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी कलाकार राजेश मानन्धरको कोभिड–१९ कार्टुन सङ्ग्रह आजदेखि बजारमा आएको छ । कोरोना भाइरस भनेको के हो ? यसको सङ्क्रमणका लक्षण, जोखिम वर्ग, कसरी सङ्क्रमणबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे कृतिमा सन्देश दिइएको छ । लकडाउनमा बालकदेखि वृद्धसम्मलाई संवेदनशील हुन आग्रह गरिएको सङ्ग्रह काठमाडौँ महानगरपालिका–७ ले प्रकाशन गरेको हो । आज आयोजित कार्यक्रममा कामपा–७ का वडाध्यक्ष शुद्धकुमार डङ्गोलले उक्त कृतिको विमोचन गर्दै कोभिडले सबै पक्षलाई प्रभाव पारेको समयमा कार्टुनिष्टले पनि समयसापेक्ष विषयवस्तुलाई सिर्जनामार्फत सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए । बूढानीलकण्ठ स्कूलका प्राचार्य होमनाथ आचार्यले महामारीले विश्व आक्रान्त भएको बेला त्यसलाई नै कलम र कुचीको विषय बनाई समाजको विविध पक्षलाई समेटेर मानन्धरले बनाएको कार्टुन चित्र महत्वपूर्ण रहेको बताए । Advertisem...
अनसन अन्त्य गर्न डा. केसीलाई सरकारी वार्ता टोलीको आग्रह

अनसन अन्त्य गर्न डा. केसीलाई सरकारी वार्ता टोलीको आग्रह

देश, समाचार, स्वास्थ्य
Credit: OnlineKhabar २४ असोज, काठमाडौं । सरकार वार्ता टोलीले अनसन अन्त्य गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको छ । सहमति प्रयास असफल भएपछि शिक्षा सचिव गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले शनिबार वत्तव्य जारी गर्दै डा. केसीका मागबारे आफ्नो धारणा समेत  सार्वजनिक गरेको हो । सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा चिकित्सा शिक्षाका विभिन्न तह तथा विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सालवसाली बजेट विनियोजन गरेर योजनाजद्ध रुपमा काम भइरहेको भन्दै वार्ता टोलीले भनेको छ, ‘गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूवर्नधार निर्माण अन्तिम चरणमा छ ।’ सरकारी वार्ता टोलीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोग समक्ष स्वयंम मुल्यांकन प्रतिवेदन पेश भइसकेको छ । प्रत्येक प्रदेशमा सरकारी मेडिकल कले...
कोरोना बीमा: कुल प्रिमियमको ९३ % दाबी पर्यो, ८७.८४ प्रतिशत भुक्तानी बक्यौता

कोरोना बीमा: कुल प्रिमियमको ९३ % दाबी पर्यो, ८७.८४ प्रतिशत भुक्तानी बक्यौता

देश, समाचार, स्वास्थ्य
Credit: CLICKMANDU काठमाडौं । कोरोना बीमा लेख बिक्रीवापत संकलित प्रिमियम बराबरकै रकमको बीमा दाबी भुक्तानी परेको छ । गत बैशाखदेखि बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुमार्फत् कोरोना बीमा शुरु गरेको थियो । जसमा कम्पनीहरुले ५० हजार र १ लाख रुपैयाँको गरी २ प्रकारको कोरोना बीमा लेख बिक्री गरिरहेका छन् । हालसम्म कम्पनीहरुले सरकारी कर्मचारी र सर्वसाधारणको गरी १ लाख ५० हजार बढीको कोरोना बीमा गरी ८७ करोड बढी प्रिमियम संकलन गरेका छन् । संकलित प्रिमियमको ९३.०८ प्रतिशत रकम बराबरको दावी भुक्तानी कम्पनीमा परेको बीमा समितिले जनाएको छ । समितिद्वारा उपलब्ध तथ्यांकअनुसार कम्पनीहरुमा कुल ८० करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको ८ हजार ४ सय ६९ वटा कोरोना दावी परेका छन् । जसमा हालसम्म कम्पनीहरुले ८७.८४ प्रतिशत दावी भुक्तानी भएको छैन । कोराना दावी मध्ये ७१ करोड २८ लाख बराबरका ७ हजार ४ सय ४...