२०८० चैत्र १६

बैंकिङ कसुर मुद्दामा ३४ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

साभार: रातोपाटी

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ३४ लाख जरिवाना र १५ दिन कैद सजाय तोकिएका राजेशबावु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका–६ घर भएका राजेशबावुलाई चितवनको रत्ननगरबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोका डिआइजी सहकुल बहादुर थापाले रातोपाटीलाई बताए । 

उच्च अदालत पाटनले ०७७ जेठ ३० मा श्रेष्ठलाई जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो ।  ०७५ मा राजेशबावुले खातामा पैसा नभएको जानी–जानी दिपा थपलियालाई बैंकको चेक दिए । चेक बाउन्स भएपछि प्रहरीले उनीबिरुद्ध बैंकिङ कसुरको मुद्धा चलाएको थियो ।  


Advertisement


बैंकिङ कसुर तथा सजया ऐन–०६४ को दफा ३ (ग) अनुसारको कसुरमा दफा १५ (१) बमोजिम सजाय तोकिएका उनलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालतमा पेश गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।

Copy link
Powered by Social Snap