२०८१ बैशाख १६

विदेश / एन.आर.एन

बेलायतका राजकुमार चार्ल्सले ओसामा बिन लादेनको परिवारबाट रकम लिएको खुलासा!

बेलायतका राजकुमार चार्ल्सले ओसामा बिन लादेनको परिवारबाट रकम लिएको खुलासा!

विदेश / एन.आर.एन, समाचार
बेलायतका राजकुमार चार्ल्सले ओसामा बिन लादेनको परिवारबाट दस लाख पाउन्ड लिएको खुलासा भएको छ। सन्डे टाइम्सको रिपोर्टअनुसार चार्ल्सले लादेनका दुई सौतेनी भाइहरूबाट सन् २०१३ मा यो रकम लिएको सार्वजनिक भएको बिबिसीले लेखेको छ। यो रकम चार्ल्सको परोपकारी संस्था 'प्रिन्स अफ वेल्स च्यारिटेबल फन्ड' ले लिएको हो। यो कोषको स्थापना सन् १९७९ मा भएको थियो। यसले बेलायतसहित विश्वभरका विभिन्न परियोजनालाई अनुदान दिन्छ।  यो कोषले सन् सन् २०१३ मा धनी साउदी परिवारका बकर बिन लादेन र उनका भाइ शाफिकबाट उक्त रकम प्राप्त गरेको बिबिसीले लेखेको छ। उनीहरू पूर्व अलकायदा नेता ओसामा बिन लादेनका सौतेनी भाइहरू हुन्। आतंकवादी गतिविधिमा संलग्न लादेन सन् २०११ मा पाकिस्तानमा अमेरिकी विशेष फौजद्वारा मारिएका थिए। बिबिसीका अनुसार सल्लाहकारले उक्त अनुदान नलिन आग्रह गरेका थिए। ...
कोलम्बियाका राष्ट्रपति चुनिए पूर्वगुरिल्ला

कोलम्बियाका राष्ट्रपति चुनिए पूर्वगुरिल्ला

विदेश / एन.आर.एन, समाचार
दक्षिण अमेरिकी मुलुक कोलम्बियामा पूर्वगुरिल्ला राष्ट्रपति चुनिएका छन्। समाचार संस्था रोयटर्सका अनुसार आइतबार भएको चुनावमा एम-१९ गुरिल्ला मुभमेन्टका पूर्वसदस्य गुस्ताभो पेट्रो विजयी भएका हुन्। ६२ वर्षीय पेट्रो कोलम्बियाको इतिहासमा राष्ट्रपति चुनिने पहिलो वाम हुन्। यसअघि उनी माथिल्लो सदनका सदस्य थिए भने केही वर्ष पहिला उनले बोगोटाको मेयरका रूपमा पनि काम गरेका थिए। आइतबारको चुनावमा पेट्रोले प्रतिष्पर्धी रोडोल्फो हर्नान्डेजलाई सात लाख बढी मतान्तरले हराएका हुन्। पेट्रोले ५०.५ प्रतिशत मत पाए भने हर्नान्डेजले ४७.३ प्रतिशत भोट ल्याए। कोलम्बियामा झन्डै आधा मानिस कुनै न कुनै रूपको गरिबी सामना गरिरहेका छन्। पेट्रोले सामाजिक र आर्थिक नीति परिवर्तन गर्ने वाचा गरेका छन्। चुनावी परिणामपछि राजधानी बोगोटामा समर्थकहरूलाई सम्बोधन गर्दै उनले अब कोलोम्बिया बदलिने बताए। ‘आ...
डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको अर्को बैठक भुटानमा

डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको अर्को बैठक भुटानमा

देश, विदेश / एन.आर.एन, समाचार
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रले आगामी बैठक भुटानमा हुने भएको छ । नेपालमा आज सम्पन्न भएको ७४ औँ बैठकले अर्को सत्रको बैठक सन् २०२२ सेप्टेम्बर ५ देखि ९ तारिकसम्म भुटानमा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले भाइरस हेपाटाइटिस, एचआइभी तथा यौनरोग नियन्त्रणका लागि दशक मनाउने निर्णयसमेत गरेको छ । यस्तै दक्षिण पूर्वी एशियाली राष्ट्रमा स्वस्थ्य बैठक प्रवद्र्धन गर्ने तथा नसर्ने रोग, मुख र आँखा स्वास्थ्यको रोकथाम तथा नियन्त्रणमा भए गरेका प्रयासलाई थप सुदृढ बनाउने समेत निर्णय गरेको उनले जानकारी दिए । Advertisement विद्यालय स्वास्थ्य प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने र विश्व स्वास्थ्य सङ्गठनको २०२२–२०२३ को कार्यक्रम र बजेट बैठकले पारित गरेको छ ।...
दार्चुला घटनाको प्रतिवेदनबारे भारतले भन्यो : कुनै खबर छैन

दार्चुला घटनाको प्रतिवेदनबारे भारतले भन्यो : कुनै खबर छैन

देश, विदेश / एन.आर.एन, समाचार
१७ भदौ, काठमाडौं । दार्चुला घटनाको बारेमा स्थलगत अध्ययन सकेर नेपालले तयार पारेको प्रतिवेदनलाई भारतले नेपालको आन्तरिक प्रतिवेदन भन्दै त्यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरबिन्दम बाग्छीले यस घटनाका सम्बन्धमा मिडिया रिपोर्ट देखेको र आधिकारिक रुपमा आफूसँग कुनै पनि जानकारी नभएको प्रतिक्रिया दिए । उनले भारतीय सीमा सुरक्षा बलको संलग्नता छ भन्ने विषय आरोप मात्र भएको उल्लेख गरे । Advertisement ‘यो त आरोप न हो । मैले मिडिया रिपोर्ट देखेको हुँ । यस विषयमा हामीलाई कुनै खबर आएको छैन, यस विषयमा विस्तृत जानकारी मेरो सामू आएको छैन् । आन्तरिक छानबिनबारे मसँग जानकारी छैन’ उनले भने । दार्चुलाको ब्याँस गाउँपालिका-२ का जयसिंह धामी गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा तुइनबाट पानीमा खसेर बेपत्...
काबुल एयरपोर्ट आक्रमणका सम्बन्धमा बोल्यो चीन

काबुल एयरपोर्ट आक्रमणका सम्बन्धमा बोल्यो चीन

विदेश / एन.आर.एन, समाचार
चीनले अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर भएको बम आक्रमणको निन्दा गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियनले नियमति पत्रकार सम्मेलनका क्रममा सम्बोधन गर्दै सो घटनाको निन्दा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चाओले यो घटनाले अफगानिस्तानको सुरक्षास्थिति कस्तो छ भनेर देखाएको बताए । पत्रकार सम्मेलनमा एक पत्रकारले उक्त घटनाबारे चीनको प्रतिक्रिया मागेका थिए । Advertisement त्यसको जवाफ दिँदै प्रवक्ता चाओले भने, ‘ काबुल विमानस्थल नजिकै भएको विष्फोटमा ठूलो जनधनको क्षति भएको छ । यो घटनाले चीन स्तब्ध भएको छ । यो घटनाको चीन निन्दा गर्छ । यसले अफगानिस्तानको सुरक्षास्थिति कस्तो छ भनेर देखाएको छ ।’ बिहीबार अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय बिमानस्थल बाहिर भएको बम आक्रमणमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो ।    साभार...
अफगानिस्तानमा ४२ नेपाली उडानको प्रतीक्षामा

अफगानिस्तानमा ४२ नेपाली उडानको प्रतीक्षामा

देश, विदेश / एन.आर.एन, समाचार
अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेका सरकारले बताएको छ । Advertisement कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समूहबद्धरूपमा उद्धारको पर्खाइमा रहनुभएका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेका तर त्यहाँ नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको परराष्ट्र मन्त्रालयले बताएको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौँ ल्याउनका निरन्तर समन्वय भइरहेको मन्त्रालयले आज साँझ विज्ञप्ति निकालेर जनाएको हो । मन्त्रालयले अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा आफ्नो नामसहितको...
नेपाल र भारतका सुरक्षाकर्मीले एकअर्कालाई लगाइदिए राखी

नेपाल र भारतका सुरक्षाकर्मीले एकअर्कालाई लगाइदिए राखी

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक
७ भदौ, जनकपुरधाम । आइतबार जनैपूर्णिमाको दिन नेपाल र भारतका सुरक्षाकर्मीले आपसमा राखी बाँधेर मनाए । नेपालका महिला सुरक्षाकर्मीले भारतीय पुरुष सुरक्षाकर्मीलाई र भारतीय अधिकारकर्मी महिलाले नेपालका पुरुष सुरक्षाकर्मीलाई राखी बाँधे । Advertisement भारतको जयनगरस्थित महिला विकास मञ्चले गरेको कार्यक्रममा महिला सुरक्षाकर्मीले पुरुष सुरक्षाकर्मीलाई मिठाई खुवाउँदै हातमा राखी बाँधिदिएका थिए । त्यस्तै मिथिला परम्परा अनुसार पाग लगाएर र दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो । राखी कार्यक्रम पश्चात दुबै देशका सुरक्षाकर्मीले वृक्षारोपण गरेका थिए । सशस्त्र प्रहरीका सिरहा डीएसपी निलकमल आचार्यले नेपालतर्फबाट १८ जना र भारतको तर्फबाट १७ जना सहभागी भएर सिरहा नगरपालिका १७ माडरस्थित दशगजा क्षेत्रमा कार्यक्रम गरिएको बताए । ‘हाम्रो सशस्त्र प्रहरीबाट महिला पनि सहभागी...
पहिलो पत्रकार सम्मेलनमा तालिबानले भन्यो – अब सबैको सुरक्षा हाम्रो जिम्मा, अन्तर्राष्ट्रिय समुदायलाई लगानी गर्न आग्रह

पहिलो पत्रकार सम्मेलनमा तालिबानले भन्यो – अब सबैको सुरक्षा हाम्रो जिम्मा, अन्तर्राष्ट्रिय समुदायलाई लगानी गर्न आग्रह

विदेश / एन.आर.एन, समाचार
अफगानिस्तानमाथि कब्जा जमाएपछि तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले पहिलोपटक सार्वजनिक भएका छन् । मुजाहिद तालिबानको संस्कृति परिषद्का प्रमुख पनि हुन् । उनलाई पहिलोपटक पहिलोपटक विश्वले उनलाई देखेको हो किनभने अहिलेसम्म उनको तस्बिर मिडियामा सार्वजनिक भएको थिएन ।  उनले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भने, ‘हामी कसैसँग बदलाको भावना राख्ने छैनौँ । हामीलाई बाह्य वा आन्तरिक दुश्मन चाहिँदैन । तालिबानी नेता जलालाबादमा नयाँ रणनीति तयार गरिरहेका छन् भने उता दोहामा पनि वार्ता चलिरहेको छ । हामीलाई अफगानिस्तानलाई स्वतन्त्र गरेकोमा गर्व छ । अफगानिस्तानको जमिन कसैको विरुद्ध प्रयोग गर्न दिँदैनौँ मुजाहिदले भने, ‘आफ्नो नेताको आदेशमा हामीले सबैलाई माफी दिएका छौँ । हामी सबैको सुरक्षाको ग्यारेन्टी लिन्छौँ । सबै दूतावास सुरक्षित छ । वर्तमान परिस्थितिमा म सबै अन्तर्राष्ट्रिय समुदाय र संयुक...
नेपाल भारत संयुक्त निगरानी संयन्त्रको  बैठक : भारतीय सहयोगका परियोजनाबारे छलफल

नेपाल भारत संयुक्त निगरानी संयन्त्रको बैठक : भारतीय सहयोगका परियोजनाबारे छलफल

देश, विदेश / एन.आर.एन, समाचार
नेपाल भारत संयुक्त निगरानी संयन्त्रको बैठकले नेपालमा भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाबारे समीक्षा गरेको छ । बैठकले ती आयोजनाको प्रगतिबारे छलफल गर्दै कार्यान्वयनका क्रममा देखिएका समस्यालाई समयमै सम्बोधन गर्ने निष्कर्षसमेत निकालेको छ ।  Advertisement बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गरेका थिए । उनका साथमा परराष्ट्र मन्त्रालयका अधिकारी र अन्य मन्त्रालयका सम्बद्ध पदाधिकारीको उपस्थिति थियो ।  यसैगरी भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गरेका थिए । उका साथमा भारतीय दूतावासामा अन्य पदाधिकारीको उपस्थिति थियो ।  बैठकमा आयोजनाको प्रगति तथा देखिएका समस्या समाधानका लागि चाल्नुपर्ने उपाय तथा आवश्यकताका आधारमा थप सहकार्य गरेर परियोजनालाई समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय...
अफगानिस्तानको काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलायो

अफगानिस्तानको काबुल एयरपोर्टमा अमेरिकी सेनाले गोली चलायो

विदेश / एन.आर.एन, समाचार
अफगानिस्तानको काबुल एयरपोर्टमा सोमबार अमेरिकी सेनाले गोली चलाएको छ । तालिवानले काबुल कब्जा गरेसँगै एयरपोर्टमा भीड बढेपछि अमेरिकी सेनाले गोली चलाएको हो । Advertisement अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले स्रोतलाई उदृत गर्दै बताएअनुसार अमेरिकी सेनाको गोली लागेर २ व्यक्तिको मृत्यु भएको छ  । काबुल एयरपोर्ट अमेरिकी सेनाले नियन्त्रणमा लिएको जनाइएको छ । अफगानिस्तान तालिबानको कब्जामा परेपछि काबुल एयरपोर्टमा अहिले चर्को भीड देखिएको छ । अमेरिकी सेनाले गोली चलाए लगत्तै एयरपोर्टमा भागदौड मच्चिएको थियो । गोली चलेसँगै उक्त विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । साभार: रातोपाटी ...