२०८० चैत्र १५

विदेश / एन.आर.एन

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

कायरोमा नेपाली मौलिक कला प्रदर्शनी

SYM शुद्ध सकारात्मकता, विदेश / एन.आर.एन
इजिप्टको राजधानी कायरोको जमालेकस्थित इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृतिक झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोस्थित नेपाली राजदूतावासद्वारा गत बुधबार र बिहीबार आयोजित कार्यक्रममा नेपालबारे जानकारीमूलक श्रव्यदृश्य र मौलिक कला संस्कृति झल्कने गीत–सङ्गीत प्रस्तुत गरिएको थियो । नेपालको पर्यटन प्रवद्र्धनका लागि त्यहाँ स्थापना गरिएको प्रदर्शनी कक्षमा करिब तीन सय ७५ विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेको दूतावासले जनाएको छ । प्रदर्शनी कक्षमा नेपालको झण्डा, पशुपतिनाथ र बुद्धका मूर्ति, गैँडा, हात्ती, करुवा, मुखुण्डो, खुकुुरी तथा बुद्धधर्मको पहिचानसँग सम्बन्धित अन्य सामग्री राखिएका थिए । नेपालको पर्यटन प्रवद्र्धनसँग सम्बन्धित पुस्तिका र पोष्टर वितरण गरिएको थियो भने सो कार्यमा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी र नेपाली समुदायले स...
अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाई र संयुक्त राष्ट्रसंघका प्रतिनिधि बीच भेट

अफगानिस्तानका पूर्व राष्ट्रपति कारजाई र संयुक्त राष्ट्रसंघका प्रतिनिधि बीच भेट

विदेश / एन.आर.एन
अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईले अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका उपविशेष प्रतिनिधि मार्कस पोट्जेलसँग भेट गर्नुभएको छ। सो अवसरमा उहाँले देशमा दिगो शान्ति स्थापनाका लागि राष्ट्रिय वार्ताको आवश्यकतामा जोड दिनुभएको छ । बुधवार कारजाईको निवासमा भएको भेटमा उहाँहरूले अफगानिस्तानको वर्तमान अवस्थाका साथै छात्राहरूका लागि विद्यालय र विश्वविद्यालयहरू पुनः खोल्ने बारे पनि छलफल गर्नु भएको थियो । तालिबानद्वारा सञ्चालित कार्यवाहक सरकारका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले राष्ट्रिय वार्ताको समय सकिएको र त्यस्तो वार्ता आवश्यक नभएको टोलो न्युजसँगको कुराकानीमा उल्लेख गर्दै राष्ट्रिय वार्ताको प्रस्तावप्रति आपत्ति जनाउनु भएको छ । ...
स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता

स्वास्थ्यमन्त्री र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता

देश, विदेश / एन.आर.एन
बिरामी सुरक्षासम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुग्नुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससबीच डब्ल्युएचओको कार्यालयमा भेटवार्ता भएको छ । भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य सङ्गठनले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको लागि धन्यवाद दिनुभयो । विशेष गरी पोलियोलगायत खोप, विभिन्न प्रकोपको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि मन्त्री गिरीले महानिर्देशक डा टेड्रोसप्रति आभार प्रकट गर्नुभयो । भेटमा गोर्खा भूकम्प, हैजाको प्रकोप, कोभिडविरुद्धको खोप नेपालका लागि उपलब्ध गराउन विश्व स्वास्थ्य सङ्गठनले खेलेको भूमिकाको लागिसमेत मन्त्री गिरीले उहाँप्...
Donald Trump returning in Facebook and Instagram

Donald Trump returning in Facebook and Instagram

विदेश / एन.आर.एन
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन मेटा कम्पनीले फुकुवा गर्ने भएको छ । फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले डोनाल्ड ट्रम्पको निलम्बन आगामी हप्ताहरुबाटै अन्त्य हुने र उनलाई फेसबुक तथा इन्स्टाग्राममा पुनरागमन गर्न अनुमति दिइने बताएको हो । मेटाका विश्व मामिला सम्बन्धी प्रमुख निक क्लेगले विज्ञप्ति निकालेर उनीहरुका राजनीतिज्ञहरु के भन्छन् भन्ने कुरा आम मानिसहरुले सुन्न पाउनुपर्ने बताएका छन् । ट्रम्प समर्थकहरुले सन् २०२१ मा अमेरिकी संसदमा छिरेर आतंक मच्चाएसँगै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्स्टाग्रामले अनिश्चितकालीन प्रतिबन्ध लगाएर उनको अकाउन्टलाई निलम्बन गरिदिएका थिए । ट्रम्पले अमेरिकी संसद क्यापिटल हिलमा हिंसामा संलग्न मानिसहरुको प्रसंसा गरेसँगै मेटासँगै अन्य सोसल मिडियाह...
हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्ने

हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा प्राध्यापन गर्ने

विदेश / एन.आर.एन, समाचार
२२ पुस, काठमाडौं । अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्स (सिपा) मा विश्व मामिला प्राध्यापकका रूपमा काम सुरु गर्ने भएकी छन् । द गार्जियनका अनुसार विश्वविद्यालयका अध्यक्ष ली बोलिङ्गरले क्लिन्टनको लागि नयाँ पदको घोषणा गरेका छन् । क्लिन्टन सन् २००९ देखि २०१३ सम्म बाराक ओबामाको कार्यकालमा विदेशमन्त्री थिइन् । उनले फेब्रुअरी १ देखि आफ्नो नयाँ जिम्मेवारी बहन गर्नेछिन् । क्लिन्टनले विश्वविद्यालयमा जिम्मेवारी पाउँदा आफू सम्मानित महसुस भएको प्रतिक्रिया दिएकी छिन् । उनले विश्वविद्यालयको अमेरिकी र विश्वका राजनीतिक नेतृत्वका नयाँ पुस्तालाई शिक्षित गर्दै विश्वका सबैभन्दा ठूला चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत गर्ने प्रतिबद्धता र प्रयासहरूमा योगदान गर्न आफू तयार रहेको बताइन् । सन् २०२२ मा कोलम्बिया विश्वविद्या...
‘तल्लो बाटो’ बाट अमेरिका पुग्न एक महिनादेखि झण्डै २ वर्षसम्म लाग्ने! : देवराज भण्डारी 

‘तल्लो बाटो’ बाट अमेरिका पुग्न एक महिनादेखि झण्डै २ वर्षसम्म लाग्ने! : देवराज भण्डारी 

देश, विदेश / एन.आर.एन
सुतेर ब्युँझने बित्तिकै मेरो पहिलो काम मोबाइलको वाईफाई अन गर्ने हो अनि सररर मोबाइलको स्क्रिनलाई माथितिर धकेल्नी, त्यसपछि म्यासेन्जर एप क्लिक गरेर कसले के लेखेर पठाएका छन् भनेर हेर्ने।  कतिलाई रिप्लाई गर्छु, कतिलाई लाइकको रियाक्ट र कुनैको सीनमात्रै गरेर छाड्ने। अस्ति भर्खर जनैपूर्णिमा तथा रक्षाबन्धनको दिन नेपालबाट एकजना गाउँले दाजुले म्यासेन्जरमा ‘ब्रो कल मि!’भनेर लेखेका रहेछन्।  मैले कल ब्याक गरेँ,  दुवैतिरका हालखबर पश्चात् उनले भने, ‘म नि त्यतै आउने विचार गरेको छु,  यताको चाँजोपाँजो मिलाएर हिन्छु त्यहाँ आएपछि तिमी छौ क्यारे,  ढुक्क छु है।’  ‘ओहो किन त्यस्तो निर्णय गर्नु भो त हजुरले, नेपालमा राम्रो गर्नु भएको छ। परिवार सँगै हुनुहुन्छ। समाजमा राम्रै छ हजुरको उपस्थिति!’ भनेर नभ्याउँदै उनले थपे  ‘पहिला कुखुरा पालनबाट ...
इनास अष्ट्रियामा ‘माइती चेली दर साँझ’

इनास अष्ट्रियामा ‘माइती चेली दर साँझ’

विदेश / एन.आर.एन
९ भदौ, भियना। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनास अष्ट्रियाको आयोजनामा ‘माइती चेली दर साँझ २०७९’ आयोजना गरिएको छ। हरितालिका तीजको अवसरमा शनिबार भियानामा तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो । नारीहरुको महान चाड आयोजना गरिएको कार्यक्रममा लक्की ड्र मार्फत विभिन्‍न आकर्षक पुरस्कार वितरण गरिएको थियो। १० युरोको भाग्यशाली लक्की ड्र मार्फत अष्ट्रिया निवासी बाबा राजेश्वरी थापालाई प्रथम पुरष्कार ‘सुनको तिलहरी’ परेको थियो। दोश्रो पुरस्का कृष्ण भाटको जोडीलाई क्यान्डल लाइट डिनर र तेश्रो पुरष्कार २ जनाले आकर्षक डिजाइनको साडी प्राप्त गरे। त्यसैगरी कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरु मध्येबाट तीज क्विनको उपाधि एलिजा श्रेष्ठले जितिन्। उक्त उपाधिका लागि ६ जना मनोनयनमा परेका थिए। प्रवेश निशुल्क रहेको कार्यक्रममा बिभिन्न नेपाली खानाका परिकारहरु समेत राखिएको थियो। तीज गीतमा स...
एनआरएनए कतार र राजदूत ढकालबीच श्रमिकका समस्याबारे छलफल

एनआरएनए कतार र राजदूत ढकालबीच श्रमिकका समस्याबारे छलफल

विदेश / एन.आर.एन
७ भदौ, काठमाडौं ।गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी), कतारको टोलीले राजदूतसँग शिष्टाचार भेट गरेको छ । नवगठित एनआरएनए एनसीसीका अध्यक्ष सुरेश भट्टको नेतृत्वको टोलीले कार्यालयमै पुगेर राजदूत डाक्टर नरेशविक्रम ढकालसँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा राजदूत ढकालसँग कतारमा रहेका नेपाली श्रमिकहरूका समस्या पहिचान र नेपाली समाजमा उत्पन्न विकृति निराकरणबारे छलफल भएको अध्यक्ष भट्टले बताए । आगामी दिनमा नेपाली राजदूतावास परिवार र गैरआवासीय नेपाली संघबीच श्रमिकका समस्या, नेपाली समाजको श्रीवृद्धि र देश विकासका लागि चाहिने नवीनतम नीति निर्माण कार्यमा एकआपसमा समन्वय गरि अघि बढ्ने संकल्पसमेत भएको उनको भनाइ छ । राजदूत ढकालले नवगठित एनआरएनए, एनसीसी कतारको कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए । एनआरएनएको टोलीले पनि राजदूत ढकालको कार्य...
अन्तरिक्षमा किन हजारौँ स्याटेलाइट पठाउँदैछन् एलन मस्क ?

अन्तरिक्षमा किन हजारौँ स्याटेलाइट पठाउँदैछन् एलन मस्क ?

विदेश / एन.आर.एन
१९ साउन, काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कको कम्पनी स्पेस एक्सले हजारौँ स्याटेलाइटहरु प्रक्षेपण गरिरहेको छ । स्पेस एक्सका कैयन् स्याटेलाइटहरु आकासमा देखिएको मानिसहरुले बताउने गरेका छन् । हजारौँ स्याटेलाइट अन्तरिक्षमा पठाउने स्पेस एक्सको यो काम वास्तवमा उसको स्टारलिंक परियोजनाको हिस्सा हो । यसको उद्देश्य अन्तरिक्षबाट पृथ्वीका दूर दराजका इलाकाहरुमा समेत इन्टरनेट सेवा पूराउनु रहेको छ । स्टारलिंक के हो ? कसरी काम गर्दछ ? स्टार लिंकले स्याटेलाइटको एक ठूलो नेटवर्कको सहयोगमा इन्टरनेट सेवा प्रदान गर्दछ । यसको उद्देश्य हो दूरदराजका इलाकाहरुलाई तिव्र गतिको इन्टरनेटले जोड्नु । पोर्ट्समाउथ विश्वविद्यालयस्थित अन्तरिक्ष परियोजना व्यवस्थापक डाक्टर लुसिन्डा किंगका अनुसार विश्वका विभिन्न देशहरु, खासगरी अफ्रिकी मुलुकका मानिसहरुलाई यसबाट निकै फाइदा पुग्नेछ । स...
विकिपेडियासँग किन असन्तुष्ट छन् एलन मस्क ?

विकिपेडियासँग किन असन्तुष्ट छन् एलन मस्क ?

विदेश / एन.आर.एन
१६ साउन, काठमाडौं । अनलाइन इनसाइक्लोपेडिया प्लाटफर्म विकिपेडियाले आर्थिक मन्दी (resession) सम्बन्धी पेजलाई सम्पादन गर्न नसकिने बनाएपछि विश्वका नम्बर एक धनाढ्य एलन मस्कले त्यसको आलोचना गरेका छन् । टेस्ला सिइओ मस्कले विकिपेडियाका सह सस्थापक जिम्मी वेल्समाथि तिक्ष्ण आलोचना गर्दै विकिपेडियाले आफ्नो वस्तुपरकता गुमाउँदै गएको टिप्पणी गरेका छन् । ट्वीटरमा सोधिएको प्रश्नका जवाफ दिँदै मस्कले विकिपेडियामा रहेको आर्थिक मन्दीको पेज सम्पादन गर्नबाट प्रयोगकर्तालाई बन्देज लगाइएको विषयमा असन्तुष्टि व्यक्त गरेका हुन् । विकिपेडियाका सस्थापक जिम्मी वेल्सलाई ट्याग गर्दै उनले लेखेका छन् : विकिपेडियाले आफ्नो वस्तुपरकता गुमाउँदै गएको छ । न्युयोर्क पोस्टका अनुसार विकिपेडियाको च्भअभककष्यल (आर्थिक मन्दी) को विषयको पेजमा प्रयोगकर्ताहरुबीच सम्पादन गर्ने युद्ध नै चलेपछि विकिपेडियाल...