२०८० चैत्र १५

काबुल एयरपोर्ट आक्रमणका सम्बन्धमा बोल्यो चीन

चीनले अफगानिस्तानको काबुल एयरपोर्ट बाहिर भएको बम आक्रमणको निन्दा गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियनले नियमति पत्रकार सम्मेलनका क्रममा सम्बोधन गर्दै सो घटनाको निन्दा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चाओले यो घटनाले अफगानिस्तानको सुरक्षास्थिति कस्तो छ भनेर देखाएको बताए । पत्रकार सम्मेलनमा एक पत्रकारले उक्त घटनाबारे चीनको प्रतिक्रिया मागेका थिए ।


Advertisement


त्यसको जवाफ दिँदै प्रवक्ता चाओले भने, ‘ काबुल विमानस्थल नजिकै भएको विष्फोटमा ठूलो जनधनको क्षति भएको छ । यो घटनाले चीन स्तब्ध भएको छ । यो घटनाको चीन निन्दा गर्छ । यसले अफगानिस्तानको सुरक्षास्थिति कस्तो छ भनेर देखाएको छ ।’

बिहीबार अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय बिमानस्थल बाहिर भएको बम आक्रमणमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो ।   

साभार: रातोपाटी

Copy link
Powered by Social Snap