२०८१ बैशाख १३

पहिलो पत्रकार सम्मेलनमा तालिबानले भन्यो – अब सबैको सुरक्षा हाम्रो जिम्मा, अन्तर्राष्ट्रिय समुदायलाई लगानी गर्न आग्रह

अफगानिस्तानमाथि कब्जा जमाएपछि तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले पहिलोपटक सार्वजनिक भएका छन् । मुजाहिद तालिबानको संस्कृति परिषद्का प्रमुख पनि हुन् । उनलाई पहिलोपटक पहिलोपटक विश्वले उनलाई देखेको हो किनभने अहिलेसम्म उनको तस्बिर मिडियामा सार्वजनिक भएको थिएन । 

उनले आज पत्रकार सम्मेलनको आयोजना गर्दै भने, ‘हामी कसैसँग बदलाको भावना राख्ने छैनौँ । हामीलाई बाह्य वा आन्तरिक दुश्मन चाहिँदैन । तालिबानी नेता जलालाबादमा नयाँ रणनीति तयार गरिरहेका छन् भने उता दोहामा पनि वार्ता चलिरहेको छ । हामीलाई अफगानिस्तानलाई स्वतन्त्र गरेकोमा गर्व छ ।

अफगानिस्तानको जमिन कसैको विरुद्ध प्रयोग गर्न दिँदैनौँ

मुजाहिदले भने, ‘आफ्नो नेताको आदेशमा हामीले सबैलाई माफी दिएका छौँ । हामी सबैको सुरक्षाको ग्यारेन्टी लिन्छौँ । सबै दूतावास सुरक्षित छ । वर्तमान परिस्थितिमा म सबै अन्तर्राष्ट्रिय समुदाय र संयुक्त राष्ट्रलाई यो भरोसा दिलाउन चाहन्छु कि अफगानिस्तानमा सबै सुरक्षित छन् । अफगानिस्तानको जमिनको प्रयोग कुनै पनि देशको विरुद्ध हुन दिने छैनौँ । हामी विश्वलाई भरोसा दिन चाहन्छौँ कि हाम्रो जमिन तपाईंको विरुद्धमा प्रयोग हुन दिन्नौँ ।’


Advertisement


हाम्रो सिद्धान्तबाट कसैले चिन्ता गर्नुपर्दैन

मुजाहिदले भने, ‘हामीलाई अफगानिस्तानलाई स्वतन्त्र बनाएकोमा गर्व छ । हामी अन्तर्राष्ट्रिय सीमालाई सम्मान गर्छौँ । हामी अन्तर्राष्ट्रिय समुदायलाई दुःख दिन चाहँदैनौँ । हामीसँग धर्मको अधिकार छ । अन्य देशमा अलग नीति छ, अलग धर्म छ, अलग विदेशी नियम छ । हामी सबै नियमलाई सम्मान गर्छौँ । हामी पनि त्यसरी नै हाम्रो मूल्य अनुसार नीति बनाउन चाहन्छौँ । कसैलाई हाम्रो नियम र सिद्धान्तबाट चिन्तित हुनु पर्दैन ।’

महिलालाई शरियत अनुसार अधिकार

मुजाहिदले भने, ‘इस्लामी इमिरेट महिलालाई शरियतको हिसाबले अधिकार दिनेछौँ । हाम्रो धर्मअनुसार महिलालाई अधिकार दिइनेछ । उनीहरू शिक्षा, स्वास्थ्य र अलग अलग क्षेत्रमा काम गर्नेछन् । अन्तर्राष्ट्रिय समुदायलाई महिलाको अधिकारलाई लिएर चिन्ता छ । हामी भरोसा दिलाउन चाहन्छौ कि कसैको अधिकार उल्लङ्घन हुनेछैन । हाम्रो महिला मुसलमान हुन्, उनीहरू शरियतअनुसार बस्नुपर्छ ।’

अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा लगानी गर्न आग्रह

मुजाहिदले भने, ‘हामी आशा गर्छौँ जब युद्ध समाप्त हुन्छ, तब हामी अर्थ व्यवस्था र पूर्वाधारलाई विकास गर्छौँ । हामी हाम्रो अर्थ व्यवस्थालाई सशक्त बनाउने छौँ । हामी सबै अन्तर्राष्ट्रिय समुदायलाई लगानीका लागि अपिल गर्ने छौँ । अफगानिस्तानका जनता राम्रो जीवन बिताउन चाहन्छन् । हामी व्यवसायलाई सञ्चालन गर्न दिनेछौँ र सुरक्षाको प्रत्याभूति पनि दिनेछौँ ।

मिडियालाई स्वतन्त्ररुपमा चल्न दिने

उनले भने, ‘एक पटक फेरि मिडियालाई भरोसा दिलाउन चाहन्छौँ किन हामी मिडियालाई स्वतन्त्ररुपमा चल्न दिनेछौँ । निजी मिडियालाई पनि हाम्रो फ्रेमवर्क अनुसार काम गर्न दिनेछौँ । इस्लाम हाम्रो देशको अहम् मूल्य हो । मिडियाले यसलाई पनि स्थान दिओस् । मिडिया स्वतन्त्र रहनेछन् । मिडियाले हाम्रो आलोचना गरे हामी अझै राम्रो भएर काम गर्न सक्ने छौँ । उनले नयाँ सरकारले देशको कानुनबारे तय गर्ने पनि बताए । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap