२०८१ बैशाख ३०

विदेश / एन.आर.एन

अमेरिकाले ८३ अर्ब डलर खर्चेको अफगान सेना तालिबानसामू कसरी भयो निरीह?

अमेरिकाले ८३ अर्ब डलर खर्चेको अफगान सेना तालिबानसामू कसरी भयो निरीह?

विदेश / एन.आर.एन, समाचार
अहिले संसारभरिको ध्यान अफगानिस्तानमा छ। दक्षिण र मध्य एसिया जोड्ने भूपरिवेष्ठित मुलुक अफगानिस्तानमा मुस्लिम अतिवादी समूह तालिबानले सत्ता कब्जा गरेका छन्। २० वर्षअघि  अमेरिकाले काबुलबाट धपाएका तालिबानहरू अमेरिकी र  नाटो  सैनिकले अफगानिस्तान छोडेपछि फेरि काबुल फर्किन्छन् भन्नेमा कसैलाई द्वुविधा थिएन। अमेरिकी सेना फर्किएको ६ महिनाभित्र राष्ट्रपति असरफ घानीको सरकार ढल्ने धेरै विश्लेषकले बताएका थिए। तालिबानलाई काबुलको राष्ट्रपति कार्यालय छिर्न ६ महिना लागेन न त सबै अमेरिकी सैनिक नै फिर्ता हुनु पर्‍यो। हजारौं अमेरिकी सैनिक काबुलमा तैनाथ हुँदाहुँदै तालिबान लडाकु र कमाण्डर आइतबार साँझ राष्ट्रपति कार्यालयमा छिरे। फोटो खिचे र राष्ट्रपतिको कुर्सीमा बसेर कुरान पढे। तालिबानहरूले राष्ट्रपति कार्यालयमा डेरा जमाउनुअघि नै राष्ट्रपति घानी देश छोडेर हिँडिसकेका थिए।  तालिबानह...
जब तालिबानहरू अफगान राष्ट्रपति कार्यालय छिरे (तस्बिरहरू)

जब तालिबानहरू अफगान राष्ट्रपति कार्यालय छिरे (तस्बिरहरू)

विदेश / एन.आर.एन, समाचार
विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जामा लिएको छ। झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन्।  Advertisement आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताएका थिए। तर राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू साँझ राष्ट्रपति कार्यालयमा छिरेका हुन्।  तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिरहरू खिचेका थिए। https://twitter.com/ragipsoylu/status/1426980668270055424?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1426980668270055424%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.setopati.com%2Fpolitics%2F246247 राष्ट्रपति कार्यालयमा तालिबान लडाकु पसेसँगै अफगानिस्तानमा अमेरिकास...
अफगानिस्तानमा एक सय नेपाली स्वास्थ्यकर्मी छन् : अधिकारी

अफगानिस्तानमा एक सय नेपाली स्वास्थ्यकर्मी छन् : अधिकारी

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
तालीबानी विद्रोही र सरकारबीच भीषण युद्ध चलिरहेको अफगानिस्तानमा कार्यरत नेपालीहरुको सुरक्षाबारे नेपालमा चिन्ता बढ्न थालेको छ । पूर्व गृहमन्त्रीसमेत रहेका एमाले सांसद खगराज अधिकारीले विहीबार संसदमा बोल्ने क्रममा अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धार नगरिए संसदै चल्न नदिने चेतावनी दिएपछि यो विषयले थप चर्चा पाउन थालेको छ । Advertisement युद्धरत अफगानिस्तानमा करिब एक हजार भन्दा बढी नेपालीहरु कार्यरत छन् । विशेष गरी त्यहाँ अमेरिकी सेनाको मातहतमा रहेको ग्रिन जोनमा सुरक्षा गार्ड र स्वास्थ्यकर्मीका रुपमा नेपालीहरु कार्यरत छन् । अफगानिस्तानमा कति नेपालीहरु कार्यरत छन् भन्नेबारे आफूले सरकारसँग तथ्यांक मागेको पूर्व गृहमन्त्री अधिकारीले रातोपाटीलाई बताए । उनले भने ‘मैले तथ्यांक मागिरहेको छु, अहिलेसम्म प्राप्त जानकारी अनुसार त्यहाँको ग्रिन जोनमा एक सय भन्दा...
कोभिड निको भएको एक वर्ष नकटेका यात्रुले कतारमा क्वारेन्टिन बस्नु नपर्ने

कोभिड निको भएको एक वर्ष नकटेका यात्रुले कतारमा क्वारेन्टिन बस्नु नपर्ने

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
२७ असार, काठमाडौं । कतारले खोपको मात्रा पुरा गरेका यात्रुलाई क्वारेन्टिन बस्नु नपर्ने नियम ल्याएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार अब कतारमा दुबै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुले क्वारेन्टिन बस्नु पर्ने छैन । कतारमा कोभिड संक्रमण निको भएको १२ महिनाभित्र कतार प्रवेश गर्ने यात्रुलाई समेत अनिवार्य क्वारेन्टिनको प्रावधान हटाइएको छ । यो नियम सोमबारबाट लागू हुने दूतावासले जनाएको छ । Advertisement खोपको मात्रा पुरा नगरेका वा नलगाएका यात्रुले भने अनिवार्य रुपमा ‘डीस्कोभर कतार’ वेवसाइटबाट बुकिङ गरि १० दिन होटेल क्वारेन्टिन वा १४ दिन मेखाईनिस क्वारेन्टिन बस्नु पर्नेछ । तोकिएको शर्त पुरा गर्ने यात्रुले पारिवारिक भ्रमण, व्यवसाय र पर्यटक भिसा समेत पाउने छन् । यात्रा गर्नुअघि कम्तिमा १२ घण्टा अगाडी अनिवार्य एहतराज वेवसाइटमा अनलाइन...
अष्ट्रेलियाको सिड्नीमा एक साता थपियो लकडाउन

अष्ट्रेलियाको सिड्नीमा एक साता थपियो लकडाउन

विदेश / एन.आर.एन, समाचार
२३ असार, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा लगाइएको लकडाउन एक सताका लागि थप गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को जोखिम अझै कायम रहेको भन्दै सिड्नीको लकडाउन एक साताका लागि थप गरिएको हो । न्यु साउथ वेल्सको सरकारले न्यु साउथ वेल्सको सरकारले लकडाउनको कारण परिवार र व्यवसायले भोग्नुपरेको दबाब र दुःखबारे जानकार रहे पनि कोरोनाको डेल्टा भेरियन्टको संक्रमण बढिरहेको भन्दै कठिन निर्णय लिनुपरेको बताएको छ । गत जुन २६ मा सिड्नीमा पहिलोपटक लकडाउन गरिएको थियो । Advertisement लकडाउनपछि पनि केही मानिसहरुमा कोरोनाको संक्रमण देखिएको थियो । यसपटक सिड्नीमा कोरोनाको संक्रमण फैलिँदा अहिलेसम्म करिब ३३० संक्रमित फेला परेका छन् । अहिले थप गरिएको लकडाउन ग्रेटर सिड्नीका ५० लाखभन्दा धेरै मानिसहरुलाई लागू हुनेछ । यसअघिको लकडाउन शुक्रबार सकिँदै थियो । यससँगै अब सिड्नीको लकड...
खोप लगाएका विद्यार्थी र पर्यटक आउन पाउनेसहित अस्ट्रेलियाद्वारा कोभिडविरूद्ध लड्न चार चरणका योजना सार्वजनिक

खोप लगाएका विद्यार्थी र पर्यटक आउन पाउनेसहित अस्ट्रेलियाद्वारा कोभिडविरूद्ध लड्न चार चरणका योजना सार्वजनिक

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
अस्ट्रेलियाको केन्द्रीय सरकारले मुलुकलाई सामान्य अवस्थामा फर्काउने नयाँ योजना तय गरेको छ।  प्रधानमन्त्री स्कट मोरिसनले मुलुकलाई कोभिड–१९ पूर्वको सामान्य स्थितिमा पुर्‍याउन विभिन्न चार चरणका महत्वपूर्ण योजना अगाडि सारेका छन्।  अस्ट्रेलियाको केन्द्रिय मन्त्रिपरिषदको बैठकले खोप अगाडि, खोप पछाडि, स्थायीत्व र सामान्य अवस्थामा फर्कने गरी चार चरणमा मुलुकलाई अगाडि बढाउने निर्णय गरेको हो। यस्तै कोरोनाभाइरसको निकै संक्रमणकारी मानिएको डेल्टा भेरिएन्टबाट उत्पन्न हुनसक्ने थप जोखिमलाई ध्यानमा राख्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रुको आगमनलाई कम्तिमा पनि अर्को सालसम्म रोक्न सीमा नाकालाई अहिलेकै अवस्थामा राखिने जनाएको छ।  Advertisement शुक्रबार बसेको  राष्ट्रिय मन्त्रिपरिषद्को बैठकले हरेक साता अस्ट्रेलिया भित्रने यात्रुको संख्या ६ हजारबाट घटाएर...
अफ्रिकी महिलाले १० बच्चा जन्माएको समाचार असत्य

अफ्रिकी महिलाले १० बच्चा जन्माएको समाचार असत्य

विदेश / एन.आर.एन, समाचार
१० असार, काठमाडौं । दक्षिण अफ्रिकाकी एक महिलाले एकैपटक १० बच्चालाई जन्म दिएको समाचार असत्य भएको पाइएको छ । जुनको सुरुमा सार्वजनिक भएको समाचारको विषयमा गरिएको सोधपुछको क्रममा यस्तो पाइएको हो । दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तले कुनै पनि अस्पतालमा कुनै पनि महिलाले एकैपटक १० बच्चालाई जन्म दिएको रेकर्ड नपाइएको बताएको छ । Advertisement यसअघि सार्वजनिक भएको समाचारमा गोसिआमे सिथोले नाम गरेकी महिलाले एकैपटक १० बच्चा जन्माएको उल्लेख गरिएको थियो । तर, उनको मेडिकल परीक्षण गर्दा सिथोले हालै गर्भवती नै नभएको पाइएको सरकारको तर्फबाट सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ३७ वर्षीया ती महिलालाई अहिले मानसिक स्वास्थ्य स्याहारको लागि राखिएको छ र उनलाई आवश्यक परेको अवस्थामा थप सहयोग दिइने विज्ञप्तिमा उल्लेख छ । यद्यपि यो समाचार कसरी फैलियो भन्ने विषयमा भने ...
कोरोना भाइरस चमेराबाट सर्‍यो कि प्रयोगशालाबाट फैलियो?

कोरोना भाइरस चमेराबाट सर्‍यो कि प्रयोगशालाबाट फैलियो?

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
कोरोना भाइरस जनावरबाट सरेको होइन, चीनको प्रयोगशालामा विकास गरिएको हुनसक्छ भनेर धेरैअघिदेखि शंका गरिँदै आएको थियो। यो प्रयोगशालाबाट नियोजित रूपले वा दुर्घटनावश समुदायमा फैलिएको ठान्नेहरू अझै पनि थुप्रै भेटिन्छन्। के यसको पछाडि कुनै वैज्ञानिक आधार छ? गत वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सम्मेलनले महामारीको उत्पत्तिबारे पहिलो चरणको अनुसन्धान गर्न सहमति जनाएको थियो। उक्त अनुसन्धान सन् २०२१ को सुरूदेखि चीनमा जारी छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि महामारीको उत्पत्ति पत्ता लगाउने अभियानमा सहकार्य गर्न यही जेठ १२ गते आफ्ना अनुसन्धान निकायहरूलाई निर्देशन दिएका छन्। यसबारे ९० दिनभित्र रिपोर्ट बुझाउनू भन्ने अमेरिकी राष्ट्रपतिको निर्देशन छ। अस्ट्रेलिया, युरोपेली समुदाय र जापानले पनि यसबारे गहन अनुसन्धानको माग गर्दै आएका छन्। अधिकांश वैज्ञानिकहरू कोभिड महामारी फैलाउने '...
अमेरिकाले पहिलो चरणमा तीन कम्पनीका कोरोना खोप बाँड्दै

अमेरिकाले पहिलो चरणमा तीन कम्पनीका कोरोना खोप बाँड्दै

देश, विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
२१ जेठ, काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत् तीन कम्पनीका कोरोना खोप नेपालसहित विभिन्न मुलुकलाई बाँड्ने भएको छ । जोन्सन एण्ड जोन्सन, पिफाइजर र मोडेर्ना कम्पनीका खोप बाँड्न लागिएको हो । बिहीबार अमेरिकी राष्ट्रपतिले जो बाइडनले विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । Advertisement पहिलो चरणमा नेपाल लगायत बिभिन्न मुलुकलाई दुई करोड ४ लाख डोज खोप दिने घोषणा अमेरिकाले गरेको छ । नेपालले कुन कम्पनीको कति डोज खोप पाउने भन्ने निश्चित भइसकेको छैन । एष्ट्राजेनिकाले स्वीकृति पाउन बाँकी अमेरिकासँग भण्डारणमा रहेको एष्ट्राजेनिका कम्पनीका ६ करोड खोपलाई त्यहाँको खाद्य तथा औषधि विभागले भने अझै स्वीकृति दिइसकेको छैन । शुरुमा अमेरिकाले यही खोप ६ करोड बाँड्ने घोषणा गरेकोमा पछि दुई करो...
चिनियाँ खोपले ब्राजिलमा जगाएको आशा

चिनियाँ खोपले ब्राजिलमा जगाएको आशा

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
२० जेठ, काठमाडौं । ब्राजिलको एक सहरमा गरिएको एक परीक्षणले चिनियाँ खोप कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य गर्न महत्वपूर्ण बन्न सक्ने देखाएको छ । यो परीक्षण कोरोनाले सबभन्दा धेरै प्रभावित मुलुकमध्येकको एक ब्राजिलको दक्षिणपूर्वी सहर सेरानामा गरिएको हो । Advertisement यो सहरको जनसंख्या ४५ हजार छ । अहिले नयाँ संक्रमितको संख्यामा पनि उल्लेख्य कमी आएको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा ९५ प्रतिशतको कमी आएको छ । यसको प्रमुख कारण त्यहाँ चलाइएको खोप अभियान हो । वैज्ञानिकहरुका अनुसार यो सहरको करिब सबै वयस्क मानिसले चिनियाँ कम्पनी सिनोभ्याकले बनाएको खोप लगाएका छन् । यो खोप विकास गर्ने क्रममा पनि ब्राजिलमै परीक्षण गरिएको थियो । शोधकर्ताको दाबीअनुसार यो सहरमा खोप नपाएका मानिसहरु पनि अहिले सुरक्षित देखिएका छन्, किनकी यो सहरमा कोरो...