२०८२ चैत्र ६

नेपाली चलचित्र

यसरी लेखियो गुलाबीे

यसरी लेखियो गुलाबीे

नेपाली चलचित्र
चरित्र प्रस्ट्याउने पोस्टर सार्वजनिक भएदेखि नै चलचित्र ‘गुलाबी ः एक रङ’ को चर्चा भइरहेको छ । पोस्टरमा अभिनेता नाजिर हुसेनलाई मात्र चित्रण गरिएको छ । उहाँ पारालैङ्गिक महिला देखिनुभएको छ । ‘लुक्स’लाई आकर्षक बनाउन मेकअपदेखि चरित्र रूपान्तरणमा अभिनेता हुसेनले मेहनत गर्नुभएको देखिन्छ । गुलाबी नामको पात्रको भूमिका रहेको चलचित्रलाई समुद्र भट्टले निर्देशन गर्नुभएको हो । “हामीले फिल्मको पात्रको बारेमा जानकारी दिन सार्वजनिक गरेको चरित्र पोस्टरले अपेक्षा बढेको पाएकी छु । यसले मलाई खुसी मिलेको छ भने दायित्व पनि थपेको छ”, निर्देशक भट्टले भन्नुभयो, “यसको कथा तयार भएपछि मैले सोचेकै कलाकारलाई अभिनय गराउन पाएँ । उहाँहरूको उपस्थितिले पात्रलाई जीवन्त बनाएको छ ।” निर्माणसम्बन्धी सोच कोभिड–१९ कै समयमा आएको निर्देशक भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म राहत वितरण गर्न जाने क्रममा नीलह...
‘छक्कापञ्जा ४’ नेपाल र विदेशी ठूला बजारमा सँगै, पहिलो भाग चीनमा रिलिज गर्ने तयारी

‘छक्कापञ्जा ४’ नेपाल र विदेशी ठूला बजारमा सँगै, पहिलो भाग चीनमा रिलिज गर्ने तयारी

नेपाली चलचित्र
काठमाडौं । ‘छक्कापञ्जा ४’ नेपालसहित विश्वका ठूला बजारमा एकसाथ रिलिज हुने भएको छ । निर्माताले बुधबार नयाँ पोस्टर सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय प्रदर्शनबारे जानकारी गराएका हुन् । फागुन १९ गते (मार्च ३) यो फिल्म नेपालसहित अमेरिका, जापान, बेलायत, युरोप र मध्यपूर्वका देशमा रिलिज हुने निर्माता दीपकराज गिरीले जानकारी दिए । अन्तर्राष्ट्रिय प्रदर्शनबारे अनलाइनखबरसँग गिरीले भने, ‘सबैजसो ठूला फिल्म बजारमा रिलिज गर्नका लागि सम्बन्धित मुलुकमा चलचित्र जाँचपासको प्रक्रियामा काम भइरहेको छ । नियमित शोमै फिल्म प्रदर्शन हुनेछ ।’ छिमेकी मुलुक भारतमा रिलिजबारे टुंगो भइनसकेको उनले बताए । गिरीले सकेसम्म विश्वभर एकैदिन रिलिजको लागि प्रयत्न हुने बताए । छक्कापञ्जाको चौथो श्रृंखलालाई हेमराज बीसीले निर्देशन गरेका हुन् भने प्रमुख कलाकारमा दीपकसहित दीपाश्री निरौला, केदार घिमिरे, मलिना जोशी, बेनिशा हम...
एकसिंगे गैँडा नेपालको अमूल्य सम्पत्ति : प्रधानमन्त्री प्रचण्ड

एकसिंगे गैँडा नेपालको अमूल्य सम्पत्ति : प्रधानमन्त्री प्रचण्ड

नेपाली चलचित्र
काठमाडौं । ‘छक्कापञ्जा ४’ले प्रचारप्रसारलाई इन्टरनेट लक्षित गर्ने भएको छ । सामाजिक सञ्जाललाई लक्षित गर्दै प्रचार रणनीति तयार गरिएको निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिए । ‘भौतिकरुपमा हुने प्रचारप्रसारलाई न्यूनीकरण गर्नेतर्फ हामी अग्रसर छौं,’ उनले भने, ‘अब प्रचार शैली पनि बदल्नुपर्ने जरुरी देखिएको छ ।’ भौतिक रुपमा कार्यक्रम सकेसम्म नगर्ने आफूहरुको योजना रहेको उनले बताए । ‘समयअनुसार रणनीति तयार पार्नुपर्छ । भौतिक रुपमा धेरै मानिसबीच जाने स्थिति हुँदैन । तर इन्टरनेटमार्फत धेरै जनसंख्यामा पुग्न सकिन्छ । किनभने सामाजिक सञ्जाल यतिबेलाको सशक्त मिडिया हो,’ दीपकले अनलाइनखबरसँग भने । ‘छक्कापञ्जा’का अघिल्ला सिरिजको प्रवद्र्धन कार्यक्रम देश दौडाहा र भौतिक पत्रकार सम्मेलनमार्फत हुँदै आएका थिए । ‘नेपाल टुर गर्ने पहिलो फिल्म पनि हामी नै थियौं । अब भने हामीले प्रचार रणनीति ब...
सामाजिक सञ्जालमा फिल्मको पाइरेसी रोक्न कानुन बनाइने

सामाजिक सञ्जालमा फिल्मको पाइरेसी रोक्न कानुन बनाइने

नेपाली चलचित्र
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सुरक्षा र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताएका छन् । चलचित्र पत्रकार संघले आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष केसीले अहिले सामाजिक सञ्जालमा आउने दृश्यले फिल्मलाई असर गरेको गुनासो बढिरहेकाले त्यसको नीतिगत समाधान गरिने जनाए । कानुन संशोधन मात्रै समस्याको समाधान नभई नयाँ कानुन बनाउनु आवश्यक रहेको भन्दै यसका लागि बोर्डले पहल गरिरहेको उनले बताए । अध्यक्ष केसीले बोर्डको गतिविधिलाई सही तरिकाले समाचार बनाएर प्रसारण तथा प्रकाशन गरी हौसला बढाउनुका साथै आवश्यक परे खबरदारी गर्न समेत कार्यशालामा सहभागी पत्रकारलाई आग्रह गरे । नेपाल प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, विकास रौनियार, केपी ढुंगाना, विष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्...
प्रियंकाको हरर फिल्म ‘चि मुसी चि’ हलमा, बिहानी अकुपेन्सी १० प्रतिशत

प्रियंकाको हरर फिल्म ‘चि मुसी चि’ हलमा, बिहानी अकुपेन्सी १० प्रतिशत

नेपाली चलचित्र
काठमाडौं । हरर थ्रिलर ड्रामा फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलोङगिङ’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । २ घण्टा २१ मिनेट लामो फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रविन्द्र झा लगायत कलाकार छन् । मण्र्य जेम्स र यश सैनी निर्देशित फिल्म हरर तथा थ्रीलर कथावस्तुमा रुचि राख्ने दर्शकलाई रुचिकर हुनसक्छ । नेपालका हलमा हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’को दबदबा कायम रहँदा ‘चि मुसी चि’ प्रदर्शनमा आएको हो । वास्तविक घटनामा आधारित कथावस्तुमा बनाइएको भनिएको फिल्मले अपार्टमेन्टमा बसोबास गर्ने एक दम्पतीको जीवनमा आउने अनौठा घटनालाई प्रस्तुत गर्छ । फिल्म रिलिजअघि निर्देशकले प्रिभ्यु सार्वजनिक गरेका छन्, जसमा यो फिल्मको कथावस्तुलाई संक्षेपमा प्रस्तुत गरिएको छ । फिल्मको कथा एक घटनाबाट सुरु हुन्छ । काम गरेर जीवन चलाइरहेका एक दम्पती छन् जसक...
चलचित्र विकास बोर्डले दुबईमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव गर्ने

चलचित्र विकास बोर्डले दुबईमा अन्तर्राष्ट्रिय फिल्म महोत्सव गर्ने

नेपाली चलचित्र
काठमाडौं । चलचित्र विकास बोर्डले यूएईको दुबईमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्ने भएको छ । निजी क्षेत्रको सूर्य कर्पोरेसनसँग मिलेर बोर्डले पहिलोपटक विदेशमा कार्यक्रम गर्न लागेको हो । महोत्सव फागुन १ देखि ३ गतेसम्म हुनेछ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष भुवन केसीले विदेशी बजारको खोजी गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको बताए । ‘नेपालीको उल्लेख्य उपस्थिति रहेको दुबईबाट हामीले अन्तर्राष्ट्रिय फेस्टिभलको थालनी गर्न लागेका छौं,’ उनले भने । नेपालबाट नजिक पनि भएको र लागत पनि सस्तो पर्ने भएकाले दुबईलाई महोत्सवस्थलको रुपमा रोजिएको उनले बताए । पत्रकार सम्मेलनमा बोर्ड अध्यक्ष केसी र सूर्य कर्पोरेसनका कार्यकारी अधिकृत वासुदेव लामिछानेले एमओयूमा हस्ताक्षर गरे । डेढ करोड खर्च हुने महोत्सवको व्यवस्थापन कर्पोरेसनले गर्ने सहमति जुटेको छ । यसअघि उसले जापानम...
‘पशुपतिप्रसाद’को चर्चित पात्रमाथि ‘भष्मे डन’ निर्माण हुने, दशैंमा रिलिज तयारी

‘पशुपतिप्रसाद’को चर्चित पात्रमाथि ‘भष्मे डन’ निर्माण हुने, दशैंमा रिलिज तयारी

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । चर्चित फिल्म ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको पात्र थियो भष्मे डन । यो चरित्रले बिपिन कार्कीलाई घरेलु फिल्ममा स्थापित गरिदियो । यो पात्रमाथि सयौ मिम र ट्रोल बने । नेटिजनमाझ यसको चर्चा अहिले पनि सेलाएको छैन । यो लोकप्रिय पात्रमाथि फिल्म ‘भष्मे डन’ निर्माण हुने भएको छ । पशुपतिप्रसादको स्पिन-अफ (कुनै फिल्मको चर्चित पात्रमाथि केन्द्रित रहेर निर्माण हुने अर्को फिल्म) को रुपमा यो प्रोजेक्ट बन्ने भएको हो । निर्माणमा ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र खनाल र अभिनेता खगेन्द्र लामिछानेले सहकार्य गर्ने छन् । दीपेन्द्रले निर्देशन र खगेन्द्रले निर्माण गर्ने निधो भएको छ । पटकथा पनि खगेन्द्र स्वयमले लेखिरहेका छन् । भष्मे डनको शीर्ष भूमिकामा बिपिनले नै अभिनय गर्नेछन् । ‘पशुपतिप्रसाद’मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि भष्मे डनमा देखिनेछन् । साथै, मित बाक...
आज ५१ दिन मनाउँदै ‘महापुरुष’ : ११ करोड हारहारीमा कमाइ

आज ५१ दिन मनाउँदै ‘महापुरुष’ : ११ करोड हारहारीमा कमाइ

नेपाली चलचित्र
काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले आज (शनिबार) ५१ औं दिन मनाउँदैछ । यो छेकोमा निर्माताले फिल्म छायांकनमा ‘शून्य कार्वन तटस्थता’को उपलब्धी सार्वजनिक गर्न कार्यक्रम छ । अहिले पनि मुलुकका प्रमुख मल्टिप्लेक्समा प्रदर्शन भैरहेको यो फिल्म वर्ष २०७९ मा ५१ दिन सेलिव्रेसन गर्ने ‘कबड्डी ४’पछिको दोस्रो फिल्म हो । षट्कोण आर्टस निर्मित फिल्मले यो अवधिसम्म ११ करोड रुपैयाँ ग्रस हारहारीमा कमाएको छ । निर्माता म्याक्स दिपेश खत्रीले फिल्मले ५१ दिनसम्म १० करोड ७० लाख रुपैयाँभन्दा बढी कमाइ गरेको जानकारी दिए । ‘चार सातापछि फिल्मको रफ्तारमा कमी आएको पाइयो । जेहोस्, यो उपलब्धीलाई लिएर हामी सन्तुष्ट छौं’ खत्रीले अनलाइनखबरसँग भने । सुरुआती तीन सातासम्म कमाइ आक्रामक देखिएको थियो । काठमाडौं उपत्यकाका मल्टिप्लेक्समा कमाइ आकर्षक रह्यो । सबै उमेर समूहका दर्शक हल पुगेका थिए । मोफसलका...
टिमवर्कको सफल उदाहरणः प्रेमगीत-३

टिमवर्कको सफल उदाहरणः प्रेमगीत-३

SYM शुद्ध सकारात्मकता, नेपाली चलचित्र
कोरोना महामारी अन्त्यसँगै नेपाली चलचित्र क्षेत्रले गति लिन थालेको छ । यसैबीच नेपाली चलचित्र क्षेत्रको इतिहासमै पहिलो पटक विश्व बजारमा चलचित्र प्रेमगीत–३ ले निकै तरंग ल्याएको छ ।  प्रेमगीत–३ नेपाली भाषाबाहेक हिन्दी, उर्दु लगायत अंग्रेजी सबटाइटलमा ५० भन्दा बढी देशमा एकसाथ सिनेमा घरको सिस्टममा प्रदर्शन भयो । यो पंक्तिकार प्रेमगीत–३ को कार्यकारी निर्माताको नाताले भन्नैपर्ने हुन्छ कि यसको निर्माणमा निकै मेहनत परेको छ । संस्थापक निर्देशक छेतेन गुरुङ, सन्तोष सेनको क्याप्टेनसिप अनि स्पट ब्वाइदेखि डाइरेक्टरसम्म टिमको अथक मेहनत छ यसमा । काठमाडौंदेखि मनाङको माइनस २९ सम्मको तापक्रम अनि दुई वर्ष भारतको मुम्बईका गल्ली गल्लीका संघर्षको कथा निकै लामो छ ।  टिमवर्कको सफल उदाहरण नै अहिलेको प्रेमगीत–३ सफलताको श्रेय हो भन्ने मैले बुझेको छु । चलचित्र छायाँकनको लागी जब हामी १३०...
महजोडीको फिल्म ‘महापुरुष’ भाइटीकाको भोलिपल्ट रिलिज हुने

महजोडीको फिल्म ‘महापुरुष’ भाइटीकाको भोलिपल्ट रिलिज हुने

नेपाली चलचित्र, मनोरञ्जन / कला
काठमाडौं । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ । दुई औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेटको रुपमा तय गरेको हो । तिहार भाइटीकाको भोलिपल्ट प्रदर्शन हुनेछ । एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला-बेहुली लुक्समा देखिएका छन् भने अर्कोमा हरिवंशले पिँजडाबाहिरको सुगालाई हेरेर मुस्कुराइरहेको देख्न सकिन्छ । उक्त मितिमा फिल्म नेपालसहित संसारभर रिलिज हुन लागिरहेको समेत षट्कोण आर्ट्सले जनाएको छ । फिल्ममा महजोडीसहित गौरी मल्ल, रविन्द्रसिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराइली समेत कलाकारको रुपमा छन् । प्रदीप भट्टराईद्वारा लिखित एवं निर्देशित फिल्मलाई दिपेश खत्रीले निर्माण गरेका हुन् । यो मल्टिस्टारर फिल्मले समाजमा महापुरुष बन्न मानिसले ...