एकसिंगे गैँडा नेपालको अमूल्य सम्पत्ति : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । ‘छक्कापञ्जा ४’ले प्रचारप्रसारलाई इन्टरनेट लक्षित गर्ने भएको छ । सामाजिक सञ्जाललाई लक्षित गर्दै प्रचार रणनीति तयार गरिएको निर्माता तथा अभिनेता दीपकराज गिरीले जानकारी दिए ।
‘भौतिकरुपमा हुने प्रचारप्रसारलाई न्यूनीकरण गर्नेतर्फ हामी अग्रसर छौं,’ उनले भने, ‘अब प्रचार शैली पनि बदल्नुपर्ने जरुरी देखिएको छ ।’ भौतिक रुपमा कार्यक्रम सकेसम्म नगर्ने आफूहरुको योजना रहेको उनले बताए ।
‘समयअनुसार रणनीति तयार पार्नुपर्छ । भौतिक रुपमा धेरै मानिसबीच जाने स्थिति हुँदैन । तर इन्टरनेटमार्फत धेरै जनसंख्यामा पुग्न सकिन्छ । किनभने सामाजिक सञ्जाल यतिबेलाको सशक्त मिडिया हो,’ दीपकले अनलाइनखबरसँग भने ।
‘छक्कापञ्जा’का अघिल्ला सिरिजको प्रवद्र्धन कार्यक्रम देश दौडाहा र भौतिक पत्रकार सम्मेलनमार्फत हुँदै आएका थिए । ‘नेपाल टुर गर्ने पहिलो फिल्म पनि हामी नै थियौं । अब भने हामीले प्रचार रणनीति ब...