२०८१ बैशाख २२

नेपाली ब्रान्ड

पढाइ र जागिरसँगै ‘घरमै प्रोडक्सन’ सम्हाल्छिन् १८ वर्षीया अनुग्रह

पढाइ र जागिरसँगै ‘घरमै प्रोडक्सन’ सम्हाल्छिन् १८ वर्षीया अनुग्रह

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
उनले जम्मा दस हजार रूपैयाँ लगानीमा सुरू गरेकी हुन् यो व्यवसाय 'कति कुरा...', 'सम्झना', 'मःम माया', 'नोस्टाल्जिया'।  'घरमै प्रोडक्सन'ले करिब एक वर्षदेखि आफ्ना साना रंगीन नोटबुकलाई चिटिक्क परेका चित्रसहित यस्ता शब्दहरूले सजाएको छ। यी शब्दले युवाहरूको भाव झल्काउँछ र हरेक नोटबुकको डिजाइनपछाडि अर्थ लुकेको पाइन्छ। 'क्युट' नोटबुक, बुकमार्क र गितार जर्नल घरमै प्रोडक्सनका विशेष उत्पादन हो। यसबाहेक ब्रान्डकी सञ्चालक अनुग्रह घलेको मुख्य ध्यान भने आफ्ना उत्पादनमार्फत कलाकारका मौलिक सीप चिनाउनु हो।  बजारमा अरू कलाकारका चित्र चोरेर त्यसलाई स्टिकर वा लुगाहरूमा प्रयोग गर्ने काम अनुग्रहलाई चित्त बुझ्दैन। विदेशमा गैरकानुनी मानिने यस्तो काम हामीकहाँ कुनै डरधक गरेको देख्दा उनलाई दिक्क लाग्छ। त्यसैले उनी नयाँ काम गरेर यो प्रवृत्तिमा परिवर्तन खोजिरहेकी थिइन्।  यस...
३० लाखमा सुरू ‘हाइलाइफ’ लाई प्रशान्तले बनाए ६५ करोडको कम्पनी

३० लाखमा सुरू ‘हाइलाइफ’ लाई प्रशान्तले बनाए ६५ करोडको कम्पनी

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
सहरी बासिन्दाले ब्रेकफास्टमा धेरैजसो के खान्छन्? बिस्कुट, पाउरोटी, पफ यस्तैयस्तै। पछिल्लो समय स्वास्थ्यमा सजग मानिसहरूले भने खानपिन शैली बदल्दै गएका छन्। पोषिला खानेकुराको प्रयोग बढाउन थालेका छन्। यसमा कर्नफ्लेक्स पनि रोजाइमा पर्न थालेको छ। सामान्य भाषामा मकैको चिउरा भनेर बुझिने कर्नफ्लेक्स विदेशीहरूले धेरै पहिलेदेखि खान्थे। नेपालमा भने स्वस्थ खानेकुरा ठानेर कर्नफ्लेक्स खाने चलन भित्रिएको धेरै भएको छैन।  नेपालमै मकैबाट कर्नफ्लेक्स उत्पादन गर्ने उद्योग स्थापना भएका छन्। यसमध्ये लोकप्रिय कम्पनी हो 'हाइलाइफ'।  कम्पनीका सञ्चालक प्रशान्त घिमिरे भन्छन्, 'हाइलाइफ भनेको हाइयर द्यान टुडे अर टुमरो हो। ब्रान्डको सन्देश यही हो- उच्चस्तरको।' हाइलाइफले सन् २०१८ मा कर्नफ्लेक्सको व्यावसायिक उत्पादन थालेको हो। तीस लाख रूपैयाँ लगानीमा सुरू भएको हाइलाइफ तीन वर्षम...
२३ वर्षीया सृष्टिले सिंगापुरमा सिकेको सीपलाई नेपाल आएर बनाइन् व्यवसाय

२३ वर्षीया सृष्टिले सिंगापुरमा सिकेको सीपलाई नेपाल आएर बनाइन् व्यवसाय

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
सृष्टि शेरचन इम्ब्रोइडरी अर्थात् सादा कपडामा सियो र धागोको सहयोगमा हातैले बुट्टा भर्ने कला।  यो कला संसारका जुनैकुनामा चर्चित छ। यसको सुरूआत कहाँ र कसरी सुरू भयो भन्नेबारे स्पष्ट जानकारी भने छैन। इतिहासमा इम्ब्रोइडरी तेह्रौं शताब्दीतिर चीनमा भेटिएको रेकर्ड छ।  त्यो बेलादेखि अभ्यास गरिएको इम्ब्रोइडेरी अझै पनि हस्तकला क्षेत्रमा विशेष मानिन्छ। विश्व बजारमा यो काम र कलालाई कदर गरिन्छ र यसका लागि मानिसहरू पैसा खर्चिन पनि तयार हुन्छन्। Advertisement यो कलालाई आगामी पुस्तासम्म अगाडि बढाउन विदेशमा कतिपय विद्यालयले इम्ब्रोइडरीलाई पाठ्यक्रममै राखेका छन्। यही इम्ब्रोइडरीलाई नेपालमा नयाँ पुस्ताकी सृष्टि शेरचनले 'हातको कला' बाट चिनाइरहेकी छिन्।  २३ वर्षीया सृष्टिलाई पनि यसको मोह भने विदेश हुँदै पलाएको हो। परिवारसँग सिंगापुर पुगेकी उनी त्यहीँ बसेर पढ्...
जागिर छाडेर १५ लाखमा सुरू गरिन् कपडा व्यवसाय, विदेश पनि पठाउँदै

जागिर छाडेर १५ लाखमा सुरू गरिन् कपडा व्यवसाय, विदेश पनि पठाउँदै

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
झन्डै एक दशकको जागिरे दैनिकी छाडेर ललितपुरकी अर्ती लाखे जोशी यति बेला आफ्नै व्यवसाय गर्दैछिन्। अर्ती 'काप क्रिएसन्स' की सञ्चालक हुन्। काप क्रिएसन्स यस्तो ठाउँ हो जहाँ घरायसी प्रयोजनका कपडा, जस्तै तन्ना, सिरानीको खोल, खास्टो, तौलियालगायत कपडाहरू पाइन्छ। यी सबै नेपालमै बनेका हुन्। अर्ती कुनै पूर्व-योजना लिएर व्यवसायमा होमिएकी होइनन्। उनी आफ्नो जागिरे जीवनबाट आजित भएर व्यवसायमा लागेकी हुन्। 'जागिरमा आफूले भने जस्तो हुन्थेन। त्यसैले आफ्नै केही गर्ने सोचेँ,' काप क्रिएसन्स सञ्चालनको आइडियाबारे उनी भन्छिन्, 'घरको हरेक कुनामा कपडा हुन्थ्यो। बरू यसैमा केही रचनात्मक काम गरेर व्यवसाय गर्ने सोचेँ।' घरमा कपडा थुप्रिनुको कारण उनको पुर्ख्यौली पेसा हो। उनका बुवा थैबस्थित हिमा टेक्सटाइल कारखानाका सञ्चालक हुन्। यो कारखाना अर्तीका हजुरबुवाले स्थापना गरेका हुन्। त्यसैले...
चितवन जंगल सफारी लजको आकर्षक योजना, चार हजार रुपैयाँमा तीन रातका लागि होटलको कोठा पाइने

चितवन जंगल सफारी लजको आकर्षक योजना, चार हजार रुपैयाँमा तीन रातका लागि होटलको कोठा पाइने

देश, नेपाली ब्रान्ड, समाचार
चितवनकाे साैराहास्थित हाेटल जंगल सफारी लजले ‘पे नाउ, गो लेटर’ अफर ल्याएको छ। जसअन्तर्गत ४ हजार रुपैयाँमा तीन रातका लागि हाेटलकाे काेठा उपलब्ध हुनेछ। जंगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले आन्तरिक पर्यटन प्रवर्द्धन लक्ष्य गरी अफर सार्वजिनक गरिएकाे बताए। Advertisement ‘कोभिड-१९ महामारीका कारण संकटमा परेको पर्यटन क्षेत्रलाई उकास्न केही सहयाेग पुगाेस् भन्ने उद्देश्यले याे अफर ल्याएका हाैं,’ घिमिरेले भने, ‘कोभिडले पर्यटन क्षेत्र तहसनहस भएको छ। यो क्षेत्रलाई उकास्नका लागि जसले जति सक्छ त्यसरी नै योगदान दिनुपर्छ भन्ने मान्यताका साथ यो योजना ल्याएका हौ।’ घिमिरेका अनुसार याे अफरअन्तर्गत होटलका कोठामा ६२ प्रतिशत छुट दिइएको छ। कोठामा दुई बयष्क र एक बच्चा बस्न पाउनेछन्। यो अफरमा सहभागी हुन पर्यटकले असार महिनाभरि प्याकेज खरिद गर्नुपर्ने हुन्छ। आफूल...
जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

जसले खाटमै पल्टिएर व्यवसाय चलाए, करोडौंको सम्पत्ति कमाए

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र, नेपाली ब्रान्ड
पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको खुरखुरेबाट करिब तीन किलोमिटर उत्तरतर्फ लागेपछि ग्रुप थ्री भन्ने गाउँ पुगिन्छ। नेपाली सेनाको ग्रुप थ्री ब्यारेक बसेका कारण यो ठाउँको नामै त्यही रह्यो। वरपर सेनाबाट निवृत्त भएकाको बाक्लै बसोबास छ, त्यो क्षेत्रमा। राप्ती नगरपालिका र कालिका नगरपालिकाका पहाडी गाउँ जाने सडकको छेउमा एउटा होलसेल किराना पसल छ ‘नविन किराना’। २ तल्लाको १२ कोठे घरको एक छेउमा रहेको यो पसल प्रायः व्यस्त देखिन्छ। लकडाउनको समयमा पसल खोल्न समय निर्धारण गरिएका कारण निर्धारित समयमा यहाँका कामदारलाई भ्याइनभ्याई हुन्छ। Advertisement पसलसँगै जोडिएको कोठामा एक अधवैशे पुरुष घोप्टो परेर पल्टिएका छन्। अस्पतालमा राखिने शैया जस्तै पांग्रा लगाइएको खाटमा लम्पसार परेको उनको शरीरलाई पेटले टेको दिएको छ। उनको छातीदेखि माथिको भाग भने निकै सक्रिय छ। तर उन...
दशरथ ग्रोसरीले कम मूल्यमा सामान निःशुल्क डेलिभरी गर्ने

दशरथ ग्रोसरीले कम मूल्यमा सामान निःशुल्क डेलिभरी गर्ने

अर्थतन्त्र, नेपाली ब्रान्ड
यतिबेला दोस्रो लहरको कोरोना भाइरस फैलिएसँगै उपत्यकामा निषेधाज्ञा छ। अत्यावश्यक बाहेक गाडी ठप्प छन्। दैनिक उपभोग्य सामान किन्न बिहान १० बजेसम्म पसल खोल्न दिइएको छ। पसल खुल्ने समय तोकिएकाले भिडभाड भई संक्रमण झनै बढ्ने देखिन्छ। यो समस्या मध्यनजर गरेर केही इ-कमर्स कम्पनीले खाद्यान्नको होम डेलिभरी गरिरहेका छन्। कोभिड समयमा उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले इ-कमर्स प्लेटफर्म 'दशरथ ग्रोसरी' ले भने सस्तो मूल्यमा निःशुल्क होम डेलिभरी गर्ने जनाएको छ। यो 'अफर' जेठ १ गतेदेखि २० गतेसम्म लागू गरिने ग्रोसरीका म्यानेजिङ डाइरेक्टर दशरथ खनालले जानकारी दिए। 'हामी यो अवधिभर आफैंले तिरेको मूल्यमा उपभोक्तालाई निःशुल्क होम डेलिभरी गर्छौं,' उनले भने, 'पहिले ४ देखि ५ प्रतिशत नाफा राख्ने गरेका थियौं।' Advertisement उनका अनुसार यस कम्पनीले सिधै ...
कोरोना कहरमा रिचार्जर एपको विशेष सेवा : ९९९ मा अक्सीमीटर ; ई- सेवाको सहकार्य

कोरोना कहरमा रिचार्जर एपको विशेष सेवा : ९९९ मा अक्सीमीटर ; ई- सेवाको सहकार्य

अर्थतन्त्र, नेपाली ब्रान्ड
काठमाडौं । ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउने भएको छ । पेमेन्ट गेटवे ई-सेवासँगको सहकार्यामा रिचार्जरले बजारकोभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस शिल्ड, स्यानिटाइजर, पीपीई सेट लगायतका सामान निःशुल्क डेलिभरी गरिदिने भएको हो । पल्स अक्सिमिटर ९९९ रुपैयाँमा उपलब्ध गराउने रिचार्जरले जनाएको छ । रिचार्जरले मोबाइल एपमा सञ्चालन हुने ह्याप्पी आवर अफरमा निश्चित समयका लागि यो अफर सञ्चालन गर्न लागेको हो । वैशाख ३१ गते शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने ह्याप्पी आवरमा उल्लेखित मूल्यमा अक्सिमिटर अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । एक जना प्रयोगकर्ताले अधिकतम ५ वटासम्म अक्सिमिटर खरिद गर्न सक्ने छन् । Advertisement ह्याप्पी आवरमा अर्डर भएका अक्सिमिटरको निःशुल्क ...
रिचार्जर एप ‘बेस्ट ई-कमर्स प्लाटफोर्म’ पुरस्कार बाट सम्मानित : ११००० नेपाली युवाको भोटको परिणाम

रिचार्जर एप ‘बेस्ट ई-कमर्स प्लाटफोर्म’ पुरस्कार बाट सम्मानित : ११००० नेपाली युवाको भोटको परिणाम

अर्थतन्त्र, कभर स्टोरी, कर्पोरेट, नेपाली ब्रान्ड
नेपालको पहिलो पंक्तिमा पर्ने ई-कमर्स रिचार्जर एप 'बेस्ट ई-कमर्स प्लाटफोर्म' पुरस्कार बाट पुरस्कृत भएको छ। युवा जनमानसको बीचमा रही काम गर्दै आएको अग्रणी संस्था 'अलाइ फर टीनस इन्टरनेशनल' ले अनलाइन माध्यम बाट ४ ई- कमर्स कम्पनीहरुका बीच प्रतिस्पर्धा आयोजना गरेको थियो। चार कम्पनीमा दराज, सस्तो डिल, दरबारमाट र रिचार्जर रहेका थिए। उक्त प्रतिस्पर्धाका ११०५३ कुल भोट मा ५१% भन्दा बढी भोट रीचार्जर एपले पाई विजेता रहेको प्रतिस्पर्धा निरीक्षक एलाई फर टीन इन्टरनेशनलका प्रबंधक मंजिल लामा बताउँछन्। अलाई फर टीन इन्टरनेशनलका संस्थापक तथा प्यारेन्ट कम्पनी ' ए.एफ.टी.आई कर्पोरेशन ' का सिइओ श्रद्धेश आचार्य भन्छन, ' बिजेता अन्तिम दिन सम्म निश्चित थिएन। म बेला बेला मंजिल सरलाई सोध्थे : कसले जित्न सक्छ ? उनको अन्तिम दिन सम्म उत्तर आउँथ्यो ," निश्चित छैन सर जी! निक्कै रमाइलो छ।" आचार्...
सिईओ श्रद्धेश आचार्य भन्छन : यी हुन् हाम्रा कम्पनीका ‘की प्लेयरस’

सिईओ श्रद्धेश आचार्य भन्छन : यी हुन् हाम्रा कम्पनीका ‘की प्लेयरस’

अन्तर्वार्ता, अर्थतन्त्र, आर्थिक, उद्यमशीलता, कभर स्टोरी, नेपाली ब्रान्ड
युवा उद्यमी तथा ए.यफ्. टी. आई अर्पोरेशनका सिइओ श्रद्धेश आचार्यले हालै एउटा अन्तर्वार्तामा आफ्ना कम्पनीमा आबद्ध कर्मचारीहरुलाई उनले परिवार सरह ब्वावहर गरी दुबै (संस्था र कर्मचारी) को प्रगति लक्षित काम गर्दै आएको बताएका छन । स्वाहि अन्तरवार्ताको क्रममा प्यारेन्ट कम्पनी र अन्य मातहतका संस्थामा आवद्ध केही महत्वपूर्ण र मेहनती कर्मचारीको नाम लिदै उनले सबै को वर्णन गरेका थिए। Advertisement १. मंजिल लामा मंजिल लामा आचार्यका सुरुवाती दिन देखिका सहयात्री हुन। हाल प्यारेन्ट कम्पनी र सबै ग्रुप अफ कम्पनी कै उनी म्यानीजिङ डिरेक्टर हुन्। उनी वर्किङ पार्टनर कै रूप मा संस्थामा आबद्ध छन र आफ्नो संस्था प्रतिको निष्ठा र मेहनतका लागि चिनिन्छन्। २. रौनक श्रीवास्तव रौनक प्यारेन्ट कम्पनी कै आई टी विभाग प्रखुम हुन्। उनले सम्पूर्ण ग्रुप कै आई टी सम्बन्ध...