२०८१ बैशाख ७

रिचार्जर एप ‘बेस्ट ई-कमर्स प्लाटफोर्म’ पुरस्कार बाट सम्मानित : ११००० नेपाली युवाको भोटको परिणाम

नेपालको पहिलो पंक्तिमा पर्ने ई-कमर्स रिचार्जर एप ‘बेस्ट ई-कमर्स प्लाटफोर्म’ पुरस्कार बाट पुरस्कृत भएको छ।

युवा जनमानसको बीचमा रही काम गर्दै आएको अग्रणी संस्था ‘अलाइ फर टीनस इन्टरनेशनल’ ले अनलाइन माध्यम बाट ४ ई- कमर्स कम्पनीहरुका बीच प्रतिस्पर्धा आयोजना गरेको थियो। चार कम्पनीमा दराज, सस्तो डिल, दरबारमाट र रिचार्जर रहेका थिए।

उक्त प्रतिस्पर्धाका ११०५३ कुल भोट मा ५१% भन्दा बढी भोट रीचार्जर एपले पाई विजेता रहेको प्रतिस्पर्धा निरीक्षक एलाई फर टीन इन्टरनेशनलका प्रबंधक मंजिल लामा बताउँछन्।

अलाई फर टीन इन्टरनेशनलका संस्थापक तथा प्यारेन्ट कम्पनी ‘ ए.एफ.टी.आई कर्पोरेशन ‘ का सिइओ श्रद्धेश आचार्य भन्छन, ‘ बिजेता अन्तिम दिन सम्म निश्चित थिएन। म बेला बेला मंजिल सरलाई सोध्थे : कसले जित्न सक्छ ? उनको अन्तिम दिन सम्म उत्तर आउँथ्यो ,” निश्चित छैन सर जी! निक्कै रमाइलो छ।”

आचार्यले आफू मातहतको संस्थाले आयोजना गरेको प्रतिस्पर्धामा यस्तो उत्साह देख्दा खुसी व्यक्त गरे।


Advertisement


ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले आफ्नो एपलाई यत्ति माया दिएकोमा सबै प्रति आभार ब्यक्त गरेका छन। रिचार्जर एपका अग्र पङ्तीका संचालक एवं महा प्रबंधक नकुल बुढाथोकी भन्छन , ‘ यो उपाधि खुशीका साथ साथै आउने समयमा अझै राम्रो सेवा प्रदान गर्ने चुनौती र हौसला पनि हो।

उक्त तस्बिरमा श्रद्धेश आचार्य र नकुल बुढाथोकी :

सकारात्मक युथ मिडिया नेटवर्कको तर्फ बाट रिचार्जर एपलाई धेरै शुभकामना तथा बधाई।

Copy link
Powered by Social Snap