२०८३ असार १४

स्वास्थ्य

धरानमा कोरोनाबाट थप एकको मृत्यु, बीपीमा मृत्यु हुनेको संख्या ४० पुग्यो

धरानमा कोरोनाबाट थप एकको मृत्यु, बीपीमा मृत्यु हुनेको संख्या ४० पुग्यो

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रmमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान–१५ का ५५ वर्षीय पुरुष रहेका छन् ।  मिर्गौलासम्बन्धी समस्या रहेका उनमा असोज १६ गते कोरोना पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना भएका थिए ।  Advertisement उनको उपचारका क्रममा सोमबार बिहान ६ः४५ मा मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए ।  यससँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको श्रेष्ठले जानकारी दिए ।  हालसम्म सो अस्पतालमा ८२३ जना भर्ना भएकामा ७४६ जना डिस्चार्ज भइसकेका छन् ।   ...
उपत्यकामा मात्रै १५९९ जनामा संक्रमण पुष्टि

उपत्यकामा मात्रै १५९९ जनामा संक्रमण पुष्टि

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी बितेको २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी कुल १५९९ जनामा संक्तमण पुष्टि भएको बताए ।  Advertisement उनले आज देशभर २२५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पनि बताए ।  यसैगरी देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ।  ...
७०० कैदीलाई कोरोना, आठको मृत्यु

७०० कैदीलाई कोरोना, आठको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी मलुकका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । बाँके र मोरङ्मा एकरएक जनाको निधन भएको सापकोटाले बताए । प्राप्त विवरणअनुसार अहिलेसम्म विभिन्न कारागार कार्यालयका एक हजार ९०० बढीको पिसिआर परीक्षण भएको थियो । त्यसमध्ये ७०० पोजिटिभ भएको र झण्डै २०० उपचारपछि निको भएको जनाइएको छ । विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ ।  Advertisement सङ्क्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाई ...
बालुवाटारका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, संक्रमित हुनेमा सेना बढी

बालुवाटारका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण, संक्रमित हुनेमा सेना बढी

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । बालुवाटारमा कार्यरत एक सुरक्षा अधिकृतका अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका ६७ कर्मचारीमा कोरोना पुष्टि भएको हो । नेपाली सेनाका २८ जना, नेपाल प्रहरीका १९ जना, सशस्त्र पहरी बलका १८ जना र राष्ट्रिय अनुसन्धान विभागका २ गरी ६७ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको ती अधिकृतले रातोपाटीलाई जानकारी दिए । त्यस्तै शनिबार नै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार, प्रमुख स्वीकय सचिव र फोटो ग्राफरलाई समेत कोरोना पुष्टि भएको छ । संक्रमितमा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सुर्य थापा, प्रमुख ...
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा पनि कोरोना पुष्टि

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारमा पनि कोरोना पुष्टि

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।  शनिबार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन् ।  उनले भनेका छन्, ‘हिजोको एपीसीआर परीक्षणबाट ममा पनि कोरोना– पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभावले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’ Advertisement यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  ...
धरानमा २८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

धरानमा २८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकी २८ वर्षीया महिला रहेकी छिन् ।  Advertisement गत असोज ८ गते कोरोना संक्रमण पुष्टि भएकी महिलामा कुनै दीर्घरोग नरहेको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । असोज ८ देखि नै अस्पतालमा उपचाररत उनको शनिबार बिहान मृत्यु भएको हो ।  ...
एम्बुलेन्समा अस्पताल लैजाँदै गर्दा बाटोमै कोरोना सङ्क्रमितको  मृत्यु

एम्बुलेन्समा अस्पताल लैजाँदै गर्दा बाटोमै कोरोना सङ्क्रमितको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी लहान । कोरोना सङ्क्रमित एक पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमा नै आज मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका २ का ५५ वर्षीय पुरुष रहेका छन् ।  Advertisement विराटनगरस्थित नोबेल मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत उनलाई थप उपचारका लागि विराट मेडिकल कलेज लगिदै गर्दा एम्बुलेन्समै मृत्यु भएको मेडिकल कलेजका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए । उपचारकै क्रममा गत बिहीबार साँझ ती पुरुषमा कोरोना पुिष्ट भएको थियो । योसँगै कोरोनबाट सिरहामा मृत्यु हुनेको सङ्ख्या १४ जना पुगेको छ ।  ...
काठमाडौँमा संक्रमण तीव्र गतिमा फैलिदै : कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौँमा संक्रमण तीव्र गतिमा फैलिदै : कुन जिल्लामा कति संक्रमित थपिए ?

देश, समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा ३ हजार बढी निको भए बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौंमा सर्वाधिक १२८०, ललितपुरमा १६२, र भक्तपुरमा १९६ गरी कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज १४ हजार ७३९ जनाको पीसीआर भएकोमा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिए ।  बितेको २४ घण्टामा थप ३३०७ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको गौतमले बताए । नेपालमा संक्रमण मुक्त हुने दर ७३.६ प्रतिशत रहेको छ । Advertisement  आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन  र ११ हजार ७६० जना होम आइसोल...
मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर युवकको मृत्यु

मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर युवकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी रोल्पा– मोबाइल चार्जमै राखेर भिडियो हेर्दा करेन्ट लागेर बिहीबार यहाँ एक युवकको मृत्यु भएको छ । रोल्पाको सुलिनस्मृति गाउँपालिका–१ घोडागाउँका ४३ वर्षीय भरत नेपालीको ज्यान गएको हो ।  खाना खाएर छिमेकीको घरमा गएका नेपालीले मोबाइल चार्जमा राखेर भिडियो हेरिरहेका बेला एक्कासी करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीको उपचारका लागि प्यूठान लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक शङ्कर खड्काले जानकारी दिए ।  Advertisement भारतमा मजदुरी गर्ने नेपाली कोरोनाका कारण रोजगारी गुमेपछि केही महिनाअघि मात्र घर फर्किएका थिए ।  ...
सरकारलाई पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको परमादेश

सरकारलाई पीसीआर परीक्षण निःशुल्क गर्न सर्वोच्चको परमादेश

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: रातोपाटी सर्वोच्च अदालतले कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निःशूल्क गर्न सरकारलाई अन्तिम आदेश दिएको छ । बिहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले सो आदेश दिएको हो ।  गत भदौं २८ गते सरकारलाई विपक्षी बनाएर अधिवक्ताद्धय लोकेन्द्र ओली र केशरजंग केसीले पीसीआर परीक्षण निःशूल्क गर्न गराउन मागदावी गर्दै रिट दायर गरेका थिए ।   Advertisement सर्वोच्चको आदेशपछि प्रतिक्रिया दिँदै अधिवक्ता केसीले भनेका छन्,‘मौलिक हकमा रुपमा ग्यारेन्टी रहेको सरुवा रोगको निःशुल्क उपचार प्राप्त गर्ने नागरिकको हक सर्वाेच्च अदालतबाट स्थापित भएको छ । अबदेखि पीसीआर परीक्षण निःशुल्क हुनेछ ।’   आजको इजलासमा वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू पंकजकुमार कर्ण, ...