२०८३ असार १४

स्वास्थ्य

प्रधानसेनापति थापाको पिसिआर रिपोर्ट नेगेटिभ

प्रधानसेनापति थापाको पिसिआर रिपोर्ट नेगेटिभ

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी प्रधानसेनापति थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ । Advertisement प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका थिए । ...
पेप्सिकोलामा ग्यास बिस्फोट हुँदा ५ जना घाइते

पेप्सिकोलामा ग्यास बिस्फोट हुँदा ५ जना घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामास्थित पेप्सिकोलामा  ग्यास सिलिन्डर लिक भइ बिस्फोट हुँदा ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश कार्की र मिना खड्का रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । Advertisement घाइते उनीहरूको नजिकैको मदर ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये पर्वत कार्कीको अवस्था सामान्य छ । खाजा बनाउनको लागि ग्यासको रेगुलेटर खोलेर लाइटर बाल्ने  क्रममा ग्यास लिक भएको प्रहरीको भनाइ छ । ग्यास बिस्फोटबाट घरधनी कृष्ण कार्कीको घरमा क्षति पुगेको छ । ...
बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते, एक बेपता

बाघको आक्रमणबाट रौतहटमा दुईजना घाइते, एक बेपता

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी रौतहट । बाघको आक्रमणबाट रौतहटको चन्द्रपुरमा दुई जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका–६  रंगपुर साझेदारी वन क्षेत्रमा बाघले दुुईजना माथि आक्रमण गरेको हो । चन्द्रपुर–६ का २७ वर्षीय संगम भण्डारी दिउँसो घाँस लिन जङ्गल गएको र अबेर सम्म फर्केर नआउपछि भण्डारीलाई खोज्न मङ्गलबार साँझ ७ बजेको समयमा जङ्गल गएका गाँउलेहरुलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । Advertisement बाघको आक्रमणमा परेर चन्द्रपुर–६ का ३० वर्षका अशोक थापा र ३४ बर्षका प्रविण श्रेष्ठ घाईते भएको र उनीहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् । घास लिन गएका भण्डारीको खोजीका लागि बुधबार बिहानै देखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्...
उपत्यकाका मेयर भन्छन्–अब लकडाउन हैन, कोरानासँग लड्दै काम गरौँ

उपत्यकाका मेयर भन्छन्–अब लकडाउन हैन, कोरानासँग लड्दै काम गरौँ

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । सबैभन्दा धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । काठमाडौंमा जारी निषेधाज्ञा हटाउनुका साथै लामो दुरीको सवारी सञ्चालन हुन थालेपछि काठमाडौं उपत्यका कोरोना संक्रमणको केन्द्र बनेको छ ।  पछिल्लो समय देशभरीको कोरोना संक्रमणको आँकडाको तुलना गर्दा उपत्यकामा दैनिक ५० देखि ६० प्रतिशत हाराहारी कोरोना संक्रमित फेला पर्न थालेका छन् । उपत्यकामा नगर प्रमुखहरुमा समेत कोरोना संक्रमण हुन थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उपचारपछि फर्किएका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ आइसोलेसनमा रहेका छन् ।  राजधानी प्रवेश गर्ने प्रमुख नाकाको रुपमा रहेको नागढुङ्गा नाका काठमाडौंको चन्द्रागिरी नगरपालिका अन्तर्गत पर्छ । सो नगरपालिकामा ६ जनाको संक्रमणबाट निधन भएको छ । २५ जना अस्पताल र ८५...
कोरोनाबाट थप १० को मृत्य, ३४ जना भेन्टिलेटरमा

कोरोनाबाट थप १० को मृत्य, ३४ जना भेन्टिलेटरमा

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी बितको २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप १० जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । मृतकमा ३ महिला र ७ पुरुष रहेको उनले बताए ।   मृतकमा काठमाडौंमा ५७ वर्षीया महिला, ६० र ७० वर्षीय पुरुष रहेका छन् । यस्तै बाँकेमा ७६ वर्षीया महिला, ५३ र ३९ वर्षीय पुरुष रहेका छन । यस्तै मोरङमा ६८ वर्षीय पुरुष, सर्लाहीमा ७२ वर्षीया महिला, महोत्तरीमा ५८ वर्षीय पुरुष र चितवनमा ५५ वर्षीय पुरुष रहेका छन् ।  Advertisement यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४९१ पुगेको छ । यस्तै देशभर आईसीयूमा २१३ जना रहेका छन् भने भेन्टिलेटरमा ३४ जना रहेका छन् । ५०० बढी संक्रमित रहेको जिल्ला ७ वटा रहेका छन् ।  ...
कोरोना रोकथाम र उपचारमा चन्द्रागिरिको दुई करोड २७ लाख खर्च

कोरोना रोकथाम र उपचारमा चन्द्रागिरिको दुई करोड २७ लाख खर्च

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ ।  काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण नेपाल सरकारले बन्दाबन्दी गरेपछि क्वारेन्टाइन निर्माण, स्वास्थ्य सामाग्री खरीद, राहत वितरणलगायतका शीर्षकमा हालसम्म उक्त रकम खर्च गरेको हो ।  नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख १६ हजार ९५९ खर्च भएको जानकारी दिए ।  नगरपालिकाले विभिन्न वडाका गरिब, विपन्न परिवारलाई राहत वितरणका लागि रु एक करोड ६४ लाख ३१ हजार, स्वाव परीक्षण, औषधि खरिद, स्प्रे, प्रचार–प्रसार, एम्बुलेन्स सञ्चालनका लागि रु ४० लाख ८१ हजार, क्वारेन्टाइन निर्माण तथा व्यवस्थापनका लागि रु २२ लाख तीन हजार खर्च गरेको...
कोरोनाबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ४ सय ८१ पुग्यो

कोरोनाबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ४ सय ८१ पुग्यो

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । आज सुनसरीमा ३८ वर्षीया र भक्तपुरमा ५१ वर्षीया महिलाको मृत्यु भएको  छ । यस्तै बाँकेमा ४७ वर्षीय र गुल्मीमा ३४ वर्षीय महिलाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ । Advertisement आज नेपालमा १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको सख्या ७४ हजार ७ सय ४५ पुगेको छ । ...
व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण देखिएको छ। आइतबार स्वाब परीक्षणका लागि दिइएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको ढकालले जानकारी दिएका छन्। तर आफूलाई स्वास्थ्यमा खासै समस्या नरहेको उनको भनाइ छ। Advertisement ‘आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ आयो,’ उनले भने, ‘तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन। घरमै सुरक्षित रूपमा आइसोलेसनमा बसेको छु।’ उनले केही दिनयता आफूसँग सम्पर्कमा आएकाहरूलाई सुरक्षित रहन र आवश्यक सजगता अपनाउन पनि आग्रह गरेका छन्। जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सतर्कता अपनाइरहे पनि आफूमा कोरोना देखिएको ढकालको भनाइ छ। ...
बारामा बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्, श्रीमती र छोराको मृत्यु

बारामा बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमान्, श्रीमती र छोराको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: सेतोपाटी बारामा बसको ठक्करबाट स्कुटरमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो साढे ४ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित पुर्वपश्चिममा ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश न २-०३-००४ प ४४४२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। Advertisement निजगढबाट पथलैयातर्फ जाँदै गरेको बसले निजगढतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त ठक्करबाट निजगढ नगरपालिका-१० का २५/२६ वर्षीय तिर्थ मान स्याङ्तान, उनकी श्रीमती २२/२३ वर्षीया ज्योती स्याङ्तान र  एक वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ। ती बालकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। दुर्घटनापछि बसका चालक फरार भएका छन्। उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक डिएसपी गौतम मिश्रले जानकारी दिए। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ...
काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित मोरङमा थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौंपछि सबैभन्दा धेरै संक्रमित मोरङमा थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । आइतबार काठमाडौंमा ६३३ जना कोरानाभाइरस संक्रमित थपिएका छन् । जसमा २३० महिला र ४०३ पुरुष रहेका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंपछि सबैभन्दा धेरै मोरङमा १५२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी ललितपुरमा १०४, भक्तपुरमा ७२ संक्रमित थपिएका छन् ।  मन्त्रालयका अनुसार आइतबार देशभर थप १५७३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । संक्रमितमध्ये हालसम्म ५३ हजार ८९८ जना निको हुँदा सक्रिय संक्रमित १९ हजार १९ जना रहेका छन् ।  यसैगरी आइतबार थप १० जनाको मृत्यु भएको छ भने यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।  हाल देशभर २२५ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमणमुक्त रहेका छन् ।  Advertisement ...