२०८१ बैशाख १३

उपत्यकामा मात्रै १५९९ जनामा संक्रमण पुष्टि

साभार: रातोपाटी

बितेको २४ घण्टामा काठमाडौं उपत्यकमा १५९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी कुल १५९९ जनामा संक्तमण पुष्टि भएको बताए । 


Advertisement


उनले आज देशभर २२५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको पनि बताए । 

यसैगरी देशभर कोरोना निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ। 

Copy link
Powered by Social Snap