२०८३ असार १४

स्वास्थ्य

कोरोना बीमा: कुल प्रिमियमको ९३ % दाबी पर्यो, ८७.८४ प्रतिशत भुक्तानी बक्यौता

कोरोना बीमा: कुल प्रिमियमको ९३ % दाबी पर्यो, ८७.८४ प्रतिशत भुक्तानी बक्यौता

देश, समाचार, स्वास्थ्य
Credit: CLICKMANDU काठमाडौं । कोरोना बीमा लेख बिक्रीवापत संकलित प्रिमियम बराबरकै रकमको बीमा दाबी भुक्तानी परेको छ । गत बैशाखदेखि बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुमार्फत् कोरोना बीमा शुरु गरेको थियो । जसमा कम्पनीहरुले ५० हजार र १ लाख रुपैयाँको गरी २ प्रकारको कोरोना बीमा लेख बिक्री गरिरहेका छन् । हालसम्म कम्पनीहरुले सरकारी कर्मचारी र सर्वसाधारणको गरी १ लाख ५० हजार बढीको कोरोना बीमा गरी ८७ करोड बढी प्रिमियम संकलन गरेका छन् । संकलित प्रिमियमको ९३.०८ प्रतिशत रकम बराबरको दावी भुक्तानी कम्पनीमा परेको बीमा समितिले जनाएको छ । समितिद्वारा उपलब्ध तथ्यांकअनुसार कम्पनीहरुमा कुल ८० करोड ९५ लाख ५० हजार रुपैयाँ बराबरको ८ हजार ४ सय ६९ वटा कोरोना दावी परेका छन् । जसमा हालसम्म कम्पनीहरुले ८७.८४ प्रतिशत दावी भुक्तानी भएको छैन । कोराना दावी मध्ये ७१ करोड २८ लाख बराबरका ७ हजार ४ सय ४...
कोरोना संक्रमितको मृत्युको संख्या बढ्यो, बुटवलको कोरोना विशेष अस्पतालमा हालसम्म २७ जनाको मृत्यु

कोरोना संक्रमितको मृत्युको संख्या बढ्यो, बुटवलको कोरोना विशेष अस्पतालमा हालसम्म २७ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी कोरोना संक्रमित संख्यासगै मृत्युदर पनि बुटवलस्थित कोरोना विशेष अस्पतालमा बढेको छ । पछिल्ला दिनहरुमा यहाँ दैनिकजसो कोरोना संक्रमितहरुको मृत्यु भएको छ । हिजो साँझ रुपन्देहीको शुद्धोधन गाउँपालिका ६ का ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो भने आज  बुटवल १० का ७९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले रातोपाटीलाई बताए । योसँगै बुटवल कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या २७ पुगेको अस्पतालले जनाएको छ । Advertisement रुपन्देहीको शुद्धोधनका पुरुषलाई गत असोज १९ गते स्वास्थ्यमा समस्या आएपछि पीसीआर जांच गराउँदा पोजिटिभ आएपछि अस्पतालमा भर्ना गरिएको थियो । दुई दिनसम्म भेन्टिलेटरमा राखी उपचार गरिएका ती व्यक्तिमा क्षयरोगको समस्या पनि रहेको  थियो डा. थापाले गत असोज १० गते कोरोना पुष्टि भएका बुटवल–१० का पुरुषलाई १३ ...
काँग्रेस नेता पौडेल आइसोलेसनमा

काँग्रेस नेता पौडेल आइसोलेसनमा

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं – नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल आइसोलेसनमा बसेका छन्। पौडेलले शनिबार विहान ट्वीटरमार्फत् आफू केही दिनका लागि आइसोसेलनमा बसेको जानकारी दिए । तर, आफू र परिवारका सदस्यमा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनले जनाएका छन्।  Advertisement पार्टी कार्यालय सानेपामा १७ गते बसेको पदाधिकारी लगायतका नेताहरुको बैठकमा उपस्थित नेताद्वय अर्जुननरसिंह केसी र गगनकुमार थापालाई कोरोना संक्रमणको पुष्टि भएपछि होम आइसोलेशनमा रहेका नेताहरुको  पुनः स्वाव संकलन गरिएको थियो । पार्टी कार्यालयका मुख्यसचिव, सचिव, कर्मचारी र नेताहरुका सुरक्षाकर्मी, सवारी चालकसहित १५१ जनाको स्वाव संकलन गरिएको थियो। ...
चन्द्रागिरिमा सङ्क्रमितको सङ्ख्या ५५१ पुग्योे, पाँचको मृत्यु

चन्द्रागिरिमा सङ्क्रमितको सङ्ख्या ५५१ पुग्योे, पाँचको मृत्यु

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको छ । काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो । चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १०४ सङ्क्रमित भेटिएका छन् । यस्तै वडा नं १ मा १३, वडा नं २ मा आठ, वडा नं ३ मा ३६, वडा नं ४ मा २८, वडा नं ५ मा २९, वडा नं ६ मा १६, वडा नं ७ मा १५, वडा नं ८ मा १०४, वडा नं ९ मा १६, वडा नं १० मा ३०, वडा नं ११ मा ५९, वडा नं १२ मा ४६, वडा नं १३ मा ३५, वडा नं १४ मा ५१ र वडा नं १५ मा ५६ सङ्क्रमित छन् । Advertisement कोरोना सङ्क्रमितमध्ये ३४३ निको भएर घर फर्किसकेको, १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त मह...
‘अक्वा फ्रिडम’ पानीको जारमा किरा भेटियोः अस्वस्थ पानी बेच्ने उद्योगमाथि कारबाही गर्न विभागलाई पत्राचार

‘अक्वा फ्रिडम’ पानीको जारमा किरा भेटियोः अस्वस्थ पानी बेच्ने उद्योगमाथि कारबाही गर्न विभागलाई पत्राचार

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । अक्वा फ्रिडम नाम गरेको पिउने पानीको जारमा किरा फेला परेको छ । काठमाडौँ जिल्ला, कागेश्वरी मनोहरा नगरपालिका मुलपानी–८ स्थित सिद्धिलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित अक्वा फ्रिडमको शिलबन्द जारको पानीमा किरा फेला परेको हो । गुणस्तरहीन पानीको उत्पादन एवम् विक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने कम्पनीमाथि तत्काल कारबाही गर्न राष्ट्रिय उपभोक्ता मञ्चले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग माग गरेको छ । निजी क्षेत्रबाट वितरण हुने खानेपानीको मूल्य, गुण र गुणस्तर तथा वितरण व्यवस्थाबारेमा पटक–पटक सर्वसाधारण उपभोक्ताहरुबाट गुनासाहरु आइरहेको अवस्थामा विभागबाट प्रभाकारी बजार अनुगमन तथा कारबाही हुन नसकेको भन्दै मञ्चले गुणस्तरहीन पानी बेच्ने कम्पनीलाई तत्काल कारबाही गर्न सम्बन्धित...
केएमसीसँगको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण शिविर

केएमसीसँगको सहकार्यमा कुमारी बैंकद्वारा निःशुल्क पीसीआर परीक्षण शिविर

देश, समाचार, स्वास्थ्य
काठमाडौं । काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर कुमारी बैंक लिमिटेडले निःशुल्क पीसीआर परीक्षण शिविर गरेको छ । दिन प्रतिदिन कोरोना संक्रमण बढिरहेका बेला कुमारी बैंकले आफ्नै खर्चमा सर्वसाधरणलाई निःशुल्क पीसीआर परीक्षण गराएको हो । गत सोमबारदेखि बुधबारसम्म तीन दिन सञ्चालित शिविरमा ८ सय २६ जनाको निःशुल्क पीसीआर परीक्षण गरिएको आयोजकले जनाएको छ । सोमबार काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालय, मंगलबार बैंकको न्युरोड शाखा र बुधबार पुतलीसडक शाखामा शिविर सञ्चालन गरिएको हो ।  Advertisement शिविरमा पहिलो दिन १९६, दोस्रो दिन २२६ र तेस्रो दिन ४०४ जना सर्वसाधरणले पीसीआर परीक्षण गराएका छन् । स्वाब दिएकाहरुलाई पीसीआर परीक्षण पश्चात फोनबाटै रिपोर्ट जानकारी गराईएको थियो । कोरोनाको महामारीले सबै क्षेत्रलाई अस्तव्यस्त बनाएका बेला निःशुल्क पीसीआर प...
डा.केसीसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन

डा.केसीसँग वार्ता गर्न ३ सदस्यीय समिति गठन

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । सरकारले अनशनरत चिकित्सक प्राडा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ  । शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । प्राडा.केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहेका छन् । मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि आज समिति गठन गरिएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन् । Advertisement सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मङ्गलबारको सच...
उपत्यकामा मात्रै १६८४ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा मात्रै १६८४ जनामा कोरोना संक्रमण पुष्टि

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा मात्रै १ हजार ६ सय ८४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौ जिल्लामा १२९६ ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।  योसँगै आज देशभर कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ३९ पुगेको छ भने अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ११२६ आज डिस्चार्ज भएका छन् । योसँगै ६८हजार ६ सय ६८ जना डिस्चार्ज भैसकेको छन् ।  Advertisement यसैगरी पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै आजसम्म निधन हुनेको संख्या ५७८ पुगेको छ । ...
अस्पतालबाट डिस्चार्ज भए ट्रम्प, चाँडै चुनावी अभियानमा फर्कने वाचा

अस्पतालबाट डिस्चार्ज भए ट्रम्प, चाँडै चुनावी अभियानमा फर्कने वाचा

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
साभार: रातोपाटी कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएको तीन दिनपछि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने बित्तिकै उनले चाँडै चुनावी अभियानमा फर्कने वाचासमेत गरेका छन् । अस्पतालबाट डस्चार्ज भए पनि ह्वाइट हाउसमा उनको कोडिभको उपचार जारी रहनेछ । अस्पतालबाट मरिन वान हेलिकप्टरमा उनी ह्वाइट हाउस पुगेका थिए । ‘म निकै राम्रो महसुस गरिरहेको छु,’ ट्रम्पले यसअघि ट्वीट गरेका थिए, ‘कोभिडसँग नडराऊ । यसलाई तिम्रो जीवनमा हावी हुन नदेऊ ।’ अमेरिकामा ७४ लाखभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ भने २ लाख १० हजारभन्दा बढीको ज्यान गइसकेको छ । Advertisement डाक्टर तथा ह्वाइट हाउसबाट परस्पर विरोधी वक्तव्य आएपछि ट्रम्पको स्वास्थ्य अवस्थामा बारे अझै अन्यौलता रहेको छ । त्यस्तै, ह्वाइट हाउसमा संक्रमणको फ...
‘गिरिजाप्रसादले बिगारेको सिस्टमलाई पछ्याउँदा बालुवाटारमा कोरोना !’

‘गिरिजाप्रसादले बिगारेको सिस्टमलाई पछ्याउँदा बालुवाटारमा कोरोना !’

देश, राजनीति, समाचार, स्वास्थ्य
अब कसरी बचाउने उपत्यकालाई ? साभार: रातोपाटी उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलदा एकैदिन प्रधानमन्त्री निवासका ६७ जना सुरक्षाकर्मीलाई संक्रमण देखाप¥यो । सुरक्षाकर्मीमा मात्र नभएर प्रधानमन्त्रीका निजी फोटोग्राफरदेखि तीन सल्लाहाकार र सचिवलाई पनि कोरोना संक्रमण भएपछि बालुवाटर नै आइसोलेशनमा बसेको छ । बालुवाटारमा यसरी ह्वात्तै कोरोनाभाइरसको संक्रमण बढ्नुमा प्रधानमन्त्री आफै जिम्मेवार रहेको एक जनस्वास्थ्यविद् बताउँछन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सिको गरेर प्रधानमन्त्री ओलीले बालुवाटारलाई नेपालको केन्द्र बनाएका कारण बालुवाटार कोरोनाको ‘हटस्पट’ बनेको उनको तर्क छ । उनले भने, ‘प्रत्येक मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवासमा बस्ने गरेको छ । पार्टीको बैठक समेत प्रधानमन्त्री निवासमा राख्ने गरिएको छ । जसकारण पनि बालुवाटार कोरोनाको जोखिममा परेको हो ।’ ...