२०८१ बैशाख १३

धरानमा २८ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

साभार: रातोपाटी

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकी २८ वर्षीया महिला रहेकी छिन् । 


Advertisement


गत असोज ८ गते कोरोना संक्रमण पुष्टि भएकी महिलामा कुनै दीर्घरोग नरहेको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । असोज ८ देखि नै अस्पतालमा उपचाररत उनको शनिबार बिहान मृत्यु भएको हो । 

Copy link
Powered by Social Snap