२०८१ बैशाख ८

धरानमा कोरोनाबाट थप एकको मृत्यु, बीपीमा मृत्यु हुनेको संख्या ४० पुग्यो

साभार: रातोपाटी

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रmमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको धरान–१५ का ५५ वर्षीय पुरुष रहेका छन् । 

मिर्गौलासम्बन्धी समस्या रहेका उनमा असोज १६ गते कोरोना पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना भएका थिए । 


Advertisement


उनको उपचारका क्रममा सोमबार बिहान ६ः४५ मा मृत्यु भएको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । 


यससँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको श्रेष्ठले जानकारी दिए । 

हालसम्म सो अस्पतालमा ८२३ जना भर्ना भएकामा ७४६ जना डिस्चार्ज भइसकेका छन् ।  

Copy link
Powered by Social Snap