२०८१ बैशाख ७

काठमाडौँमा संक्रमण तीव्र गतिमा फैलिदै : कुन जिल्लामा कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा ३ हजार बढी निको भए

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौंमा सर्वाधिक १२८०, ललितपुरमा १६२, र भक्तपुरमा १९६ गरी कुल १६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज १४ हजार ७३९ जनाको पीसीआर भएकोमा देशभर थप २ हजार ७२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २३४ पुगेको जानकारी दिए । 

बितेको २४ घण्टामा थप ३३०७ जना निको भएका छन् । यससँगै निको हुनेको कुल संख्या ६० हजार ६९६ पुगेको गौतमले बताए । नेपालमा संक्रमण मुक्त हुने दर ७३.६ प्रतिशत रहेको छ ।


Advertisement


 आज देशभर ९ हजार ४७४ संस्थागत आइसोलेशन  र ११ हजार ७६० जना होम आइसोलेशनमा रहेका छन् । आइसीयूमा २१० जना र भेन्टिलेटरमा २९ जना उपचाररत रहेका छन् ।

  देशभर कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या ५२० पुगेको मन्त्रालयले जनाएको छ । 

हाल मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देहीमा ५ सयभन्दा बढी संक्रमित उपचाररत रहेका छन् । मनाङ, मुस्ताङ र डोल्पा जिल्ला संक्रमणमुक्त रहेका छन् ।

Copy link
Powered by Social Snap