२०८३ असार १३

स्वास्थ्य

काठमाडौं महानगरले ६० देखि ६१ वर्ष उमेर समूहलाई सोमबार र मंगलबार खोप लगाउने

काठमाडौं महानगरले ६० देखि ६१ वर्ष उमेर समूहलाई सोमबार र मंगलबार खोप लगाउने

समाचार, स्वास्थ्य
काठमाडौं महानगरपालिकाले ६० देखि ६१ वर्ष उमेर समूहकालाई कोरोनाविरूद्ध खोप लगाउने भएको छ। Advertisement भेरोसेल खोपको पहिलो मात्रा जेठ ३१ गते र असार १ गते लगाइने भएको छ। यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएको थियो। खोप अभावपछि उक्त कार्यक्रम स्थगित गरिएकोमा अब सुरू गर्न लागिएको हो। वीर अस्पताल, शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनी, निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा गएर खोप लगाउन सकिन्छ। बिहान १० बजेदेखि अपरान्ह ४ बजेभित्र खोप लगाउन सकिन्छ। ...
सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ६ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर २, कैलाली १, अछाम १, डडेल्धुरा १, बाजुरा १  रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ ।  Advertisement त्यस्तै  पछिल्लो २४ घण्टामा १ हजार ३८  मा  एन्टिजेन परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पुष्टी भएको छ त्यसमध्ये  १ जनाको मृत्यु भएको छ । २ सय ८२ मा पिसिआर परीक्षण गर्दा १ सय ३ कोरोना पुष्टी भएको छ भने ५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की ले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५१ पुगेको छ  ।  साभार: रातोपाटी ...
कर्णाली प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

कर्णाली प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

देश, समाचार, सामाजिक, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमित शहरी क्षेत्रमा घटे पनि गाउँ गाउँमा फैलिइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बुधबार पत्रकार सम्मेलनमार्फत गाउँगाउँमा कोरोना संक्रमण फैलिन सुरु गरेको बताए  । पछिल्लो समय कर्णाली प्रदेशको संक्रमण दर उच्च रहेको समेत पौडेलले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशमा ३५३ जनामा कोरोना परीक्षण गर्दा १५७ जनामा पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशका गाउँ गाउँमा कोरोनाका लक्षण भएका बिरामी रहेको सूचना प्राप्त भएको उनले सुनाए । यस्तै सुदूर पश्चिम प्रदेशमा ६१० जनाको परीक्षण गर्दा २२९ जनाको संक्रमण पुष्टि भएको उनले बताए । यहाँ ३७.५ प्रतिशतमा संक्रमण देखिएको जनाइएको छ । Advertisement गत २४ घण्टामा गण्डकी प्रदेशमा १ हजार २१ जनाको कोरोना परीक्षण गर्दा ३०२ जनामा संक्रमण भएक...
लामो समय मास्क लगाउँदा आउने समस्या के हुन्? कसरी समाधान गर्न सकिन्छ?

लामो समय मास्क लगाउँदा आउने समस्या के हुन्? कसरी समाधान गर्न सकिन्छ?

समाचार, स्वास्थ्य
मास्कले कोरोना संक्रमण फैलिनबाट जोगाउँछ भन्ने वैज्ञानिक रूपमा पुष्टि भइसकेको छ। मास्क लगाउनेले आफू र आसपासका अरूलाई पनि संक्रमण फैलन नदिन सहयोग पुर्‍याउँछ। कोरोना महामारीभन्दा अगाडि दैनिक र लामो समयसम्म कहिल्यै मास्क नलगाएकाहरूले मास्क लगाउँदा केही अप्ठ्यारो हुने बताउँछन्। उनीहरूका अप्ठ्यारा सामान्यतया यस्ता हुन्छन्ः Advertisement मास्क लगाएको केही छिनमै टाउको भारी भएजस्तो हुन्छमास्क लगाएपछि सास फेर्न अलि कठिन भएजस्तो हुन्छमास्क लगाएपछि नाकबाट भन्दा मुखबाट सास फेर्न सजिलो लाग्छ र मास्कभित्र मुख प्राय: आँ नै भएर बस्छमास्कले ढाकेको भाग चिलाएजस्तो लाग्छआँखा पोलेजस्तो लाग्छमास्कको तुनाले कान दुखाउँछ लामो समय मास्क लगाउँदा दन्त स्वास्थ्यमा पर्ने असरको तुलनामा यी अनुभव निकै सामान्य हुन्। यो लेखमा मास्कको निरन्तर प्रयोगले हाम्रो दन्त स्वास्थ्...
तेस्रो लहर आए ‘जोखिममा बालबालिका’, सरकारको तयारी कस्तो छ ?

तेस्रो लहर आए ‘जोखिममा बालबालिका’, सरकारको तयारी कस्तो छ ?

देश, स्वास्थ्य
काठमाडौं । नेपालमा कोभिड–१९ संक्रमणको तेस्रो लहर आउन सक्ने र त्यसबाट बालबालिका धेरै प्रभावित हुन सक्ने प्रक्षेपण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । पहिलो लहरको संक्रमणमा ८ प्रतिशतभन्दा कम संख्यामा बालबालिका संक्रमित भए पनि दोस्रो लहरमा यो संख्या बढेको मन्त्रालयको तथ्यांक छ । दोस्रो लहर संक्रमणको दुई महिनामा २४ हजार ८२१ बालबालिका संक्रमित भएका छन् भने जेठ २३ गतेसम्म २० वर्षमुनिका ७२ जनाको मृत्यु भएको छ । तेस्रो लहरको संक्रमणमा बालबालिकामा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यतिखेर सरकार बालमैत्री स्वास्थ्य संरचना र जनशक्ति व्यवस्थापनमा जुटेको छ । Advertisement तेस्रो लहरमा बालबालिका किन जोखिममा ?रोगप्रतिरोधी क्षमताका हिसाबले बालबालिका युवा तथा वयस्कभन्दा कमजोर उमेर समूहमा पर्छन् । त्यसमा पनि पाँच वर्षमुनिका बालबालिकामा रोगप्रतिरोधी क्षमता निक...
एमालेलाई दियो चीनले स्वास्थ्य सामग्री

एमालेलाई दियो चीनले स्वास्थ्य सामग्री

देश, समाचार, स्वास्थ्य
नेकपा एमालेलाई चिनियाँ कम्युनिस्ट पार्टीले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।  सो सामग्री मंगलबार एमाले महासचिव ईश्वर पोखरेलले आज केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् ।  Advertisement चीनले सहयोग गरेको स्वास्थ्य सामग्रीमा हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन–नाइन्टी फाइभ मास्क १ लाख थान रहेको छ ।  सो सामग्री कोभिड–१९ का विरुद्धको लडाइ“मा थोरै भए पनि मद्दत पुग्ने विश्वास पार्टीले लिएको प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।   ...
चिया कि कफी ? कुन ठीक !

चिया कि कफी ? कुन ठीक !

समाचार, स्वास्थ्य
बीबीसी । बेलायतमा मात्र प्रतिदिन १६ करोड कप चिया पिउने गरिएको छ भने कफी चाहिँ हरेक दिन ९ करोड ५० लाख कपसम्म सेवन गर्ने गरिएको बीबीसीमा प्रकाशित एक समाचारमा उल्लेख छ । यसरी विश्वभरि नै यी दुवै सबैभन्दा मन पराइने र सबैतिर पाइने पेय पदार्थ हुन् ।  तर कतिपय अवस्थामा हामीले एउटाभन्दा अर्को बढी स्वस्थकर हुने, या दिमागलाई सतर्क बनाउने, बढी आराम दिलाउने अथवा कम साइड इफेक्ट हुन्छ भन्ने विश्वासका आधारमा चिया र कफीमध्ये छनोट गरिरहेका हुन्छौँ । यसरी व्यक्तिगत धारणाबाहेक चिया र कफीमा कुन धेरै ठीक भन्ने सम्बन्धी केही प्रमाण या उपयुक्त कारणहरु छन् त ? Advertisement जस्तै तुलना नै गर्ने हो भने चिया र कफीमा हुने ‘क्याफिन’ को मात्रा फरक छ । कत्तिको कडा छ र कसरी बनाइएको छ भन्नेमा पनि यो भर पर्छ । तर पनि प्रायः चियाभन्दा कफीमै धेरै क्याफिन हुने गर्दछ । र क्याफिनल...
घट्दैछ काेराेना संक्रमण, आज देशभरको अवस्था यस्तो रह्याे

घट्दैछ काेराेना संक्रमण, आज देशभरको अवस्था यस्तो रह्याे

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर १३ हजार ७३३ नमूनाको परीक्षण गरिएको थियो । जसमध्येबाट ३ हजार ४७९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।  Advertisement स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिले टेस्ट पोजेटिभिटी दर २९.८ रहेको छ भने निको हुने दर ८३.५ पुगेको छ । आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको छ । जसमध्ये ८२ हजार ७०३ जना होम आइसोलेसनमा, ६ हजार ५१४ जना संस्थागत आइसोलेसनमा, १ हजार ४४२ जना आईसीयूमा र ३८१ जना  भेन्टिलेटरमा रहेका छन् ।   पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त भएका छन्  । आज सबैभन्दा धेरै काठमाडौंमा ७३१ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २५४ र भक्तपुरमा १४६ जना संक्रमित थपिएका छन् ।  उपत्यकाबाहिर सबैभन्दा धेरै मोरङमा २२५ जना संक्रमित थपिएका छन् भने काभ्रेमा १२९ र झापामा ११८ जना संक्...
बाल सुधार गृहमा कोरोना : ५० जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि

बाल सुधार गृहमा कोरोना : ५० जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
२३ जेठ, विराटनगर । क्षमताभन्दा चार गुणा बढी बालक राखिएको विराटनगरको बाल सुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । १९३ जना बालक राखिएको सुधार गृहमा कोरोना संक्रमण फैलिएको हो । सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार हालसम्म २५ जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । सुधार गृहमा जेठ २ गते एक बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि लक्षण देखिएका दुई बालकको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । Advertisement जेठ १३ गते संक्रमितको सम्पर्कमा आएका ५० जनाको पीसीआर परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको  हो । तर एकै पटक २२ जनामा संक्रमण पुष्टि भएपन त्यसपछि अन्यको भने पीसीआर गरिएको छैन । स्रोतका अनुसार सुधार गृहभित्र रहेका बालकहरुमा ज्वरो र खोकीको लक्षण देखिएको छ । तर प्रशासनले जेठ १३ गते यता पीसीआर परीक्षण नै गराएको छैन । ‘जेठ १३ गते संकल...
कोभिड वार्डमा पर्दा पछाडिका यी हिरो, जो गुमनाम रहेरै काम गर्छन्

कोभिड वार्डमा पर्दा पछाडिका यी हिरो, जो गुमनाम रहेरै काम गर्छन्

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरु प्रायः सबैको नजरमा पर्छन् । झट्ट हेर्दा कोरोना महामारीविरुद्ध उनीहरु प्रमुख योद्धाका रुपमा देखिन्छन् । तर त्यही अस्पतालमा कार्यरत सफाइकर्मी तथा बेडसिट, गाउन, पीपीई धुने काममा दैनिक खटिएका जनशक्ति भने धेरैको नजरबाट ओझेलमा परेका देखिन्छन् । Advertisement जबकि चिकित्सक, स्वास्थ्यकर्मीले प्रयोग गरेका त्यस्ता सामान धुने, संक्रमित बिरामीले प्रयोग गरेका ‘बेड कभर’ लगायतका वस्तु सफा गर्ने, अस्पतालमा सरसफाइ गर्ने उनीहरु दैनिक कोरोना संक्रमणको जोखिम मोलेर स्वास्थ्यकर्मीजत्तिकै खटिएका हुन्छन् । तर मानिसका नजरमा चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी पर्दा अगाडि देखिन्छन् भने यस्ता सफाइकर्मीहरु सधैँ पर्दा पछाडि रहने गरेका छन् । कोरोनाभाइरस संक्रमित बिरामीले प्रयोग गरेको गाउन, बेड कभर, सिरानीको...