२०८१ बैशाख ७

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर २, कैलाली १, अछाम १, डडेल्धुरा १, बाजुरा १  रहेको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जनाएको छ । 


Advertisement


त्यस्तै  पछिल्लो २४ घण्टामा १ हजार ३८  मा  एन्टिजेन परीक्षण गर्दा १ सय २२ जनामा कोरोना पुष्टी भएको छ त्यसमध्ये  १ जनाको मृत्यु भएको छ । २ सय ८२ मा पिसिआर परीक्षण गर्दा १ सय ३ कोरोना पुष्टी भएको छ भने ५ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की ले रातोपाटीलाई जानकारी दिए । प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५१ पुगेको छ  । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap