२०८३ असार १४

स्वास्थ्य

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै

समाचार, स्वास्थ्य
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। खनालको ज्वरो कम हुँदै गएको छ। Advertisement ‘उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ। लगातार आईरहेको ज्वरो रोकिएको छ । स्वास्थ्य स्थितिमा सुधार भैरहेको जानकारी प्राप्त भएको छ, एमाले नेता सुरेन्द्र पाण्डेले भने। उनको चिकित्सकको उच्च निगरानीमा राखेर उपचार भइरहेको छ ।’ खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालको स्वास्थ्य अवस्था ठीक छ। ‘भर्खरै मात्र दिल्लीस्थित अपोलो अस्पतालमा मेरो निर्भीक खनालसँग कुराकानी भएको छ। स्वास्थ्य अवस्था ठीक छ’, उनले भनेका छन्, ‘स्वास्थ्यमा सुधार आएको छ । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ।’ नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ । एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथल...
यस वर्षकाे विश्व योग दिवस भर्चुअल रूपमा मनाइने

यस वर्षकाे विश्व योग दिवस भर्चुअल रूपमा मनाइने

समाचार, स्वास्थ्य
काठमाडौं । कोभिड–१९ को जोखिम कायमै रहेकाले यस वर्षको विश्व योग दिवसको मूल समारोह समितिको कार्यक्रम भर्चुअल रूपमा हुने भएको छ । राष्ट्रियस्तरमा दिवस मनाउन नेपाल मन्त्रिपरिषद्को यही जेठ २६ गतेको निर्णयानुसार शिक्षा, विज्ञान र प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । Advertisement संयुक्त राष्ट्रसंघको महासभाबाट सन् २०१४ डिसेम्वर ११ मा पारित प्रस्ताव अनुसार सन् २०१५ देखि प्रत्येक वर्ष जुन २१ (असार ७ गते) लाई विश्व योग दिवसका रुपमा मनाइन्छ ।  मूल समारोह समितिको यही असार १ गते भर्चुअल रूपमा सम्पन्न मूल बैठकले दिवसलाई प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आतिथ्यतामा भर्चुअल माध्यमबाट गर्ने तथा अन्य शिक्षण संस्था र संस्थालाई परिस्थिति हेरी भर्चुअल वा उपयुक्त खालका कार्यक्रम गर्न आग्रह गर्ने निर्णय गरेको शिक्षा मन्...
ब्लड बैंकको भवन बनाउन वीरगञ्ज महानगरले दियो जमिन

ब्लड बैंकको भवन बनाउन वीरगञ्ज महानगरले दियो जमिन

देश, समाचार, सामाजिक, स्वास्थ्य
३ असार, वीरगञ्‍ज । वीरगञ्ज महानगरपालिकाले ‘ब्लड बैंक’ भवन बनाउनका लागि जग्गा दिएको छ । महानगरपालिकाको स्वामित्वको वीरगञ्ज-२ स्थित कित्ता नं २१ र ५६ को जग्गा नेपाल रेडक्रस सोसाईटी पर्सा शाखालाई  ब्लड बैंक भवन बनाउन दिएको हो । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा सभापति बिरेन्द्रराज कँडेल र महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप निरौलाकाबीचमा जग्गा लिने दिने विषयमा बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । Advertisement सम्झौता पत्रमा महानगरपालिकाले दिएको जमिनमा रेडक्रसले आफ्नै स्रोतबाट भवन बनाउनुपर्ने, भुइँ तला पुरै सार्वजनिक पार्किङका लागि राख्नुपर्ने, पार्किङ शुल्क दुवै पक्षको सहमतिमा निर्धारण हुनुपर्ने, पार्किङबाट उठेको रकम पार्किङ व्यवस्थापन, ब्लड बैंक व्यवस्थापन र सञ्चालन तथा सामाजिक कार्यमा खर्च गर्नुपर्ने, ब्लड बैंक बाहेक अन्य प्रायोजन...
सिनोफार्मसँग सुरूमा १० लाख, त्यसपछि ५-५ लाख गरेर ४० लाख डोज खोप किन्ने सरकारको तयारी

सिनोफार्मसँग सुरूमा १० लाख, त्यसपछि ५-५ लाख गरेर ४० लाख डोज खोप किन्ने सरकारको तयारी

देश, समाचार, स्वास्थ्य
सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग कोरोनाभाइरसविरूद्धको ४० लाख डोज खोप किन्ने तयारी अघि बढाएको छ। एकजना मन्त्रीका अनुसार सिनोफार्मसँग खोप किन्नेबारे मन्त्रिपरिषदले यसअघि नै निर्णय गरिसकेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खोप किन्न लागेकोबारे बुधबार बसेको कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा जानकारी गराएका थिए। Advertisement प्रधानमन्त्री ओलीले साउनदेखि लगाउन सुरू गर्ने गरी चीनबाट ४० लाख डोज खोप ल्याउन लागिएको बैठकमा बताएका थिए।  बैठकमा सहभागी एक जना अधिकारीका अनुसार सिनोफार्मसँग सुरूमा १० लाख डोज खोप र त्यसपछि बाँकी ३० लाखमध्ये ५-५ लाखका दरले खोप ल्याउने तयारी भइरहेको प्रधानमन्त्री ओलीले बैठकमा जानकारी दिएका थिए।  'हामीलाई पनि सबै खोप एकैचोटी ल्याएर राख्नुभन्दा लट-लटमा ल्याउँदा ठिक हुन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर...
थप उपचारका लागि दिल्ली गएका झलनाथ खनालको स्वास्थ्यमा के-के छ समस्या?

थप उपचारका लागि दिल्ली गएका झलनाथ खनालको स्वास्थ्यमा के-के छ समस्या?

समाचार, स्वास्थ्य
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई दिल्लीस्थित एपोलो अस्पताल लगिएको छ। परिवारले थप उपचारका लागि भारतको एपोलो अस्पताल लैजाने निर्णय भएपछि नर्भिक अस्पतालले डिस्चार्ज दिएको हो। उनी साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएका छन्। नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर रहेको थियो। Advertisement लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई दुई दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार गरिएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको फोक्सोमा पानी जमेको देखिएको छ। फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको नर्भिकले जनाएको छ। उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो। उनमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन। उनको पिसाब तथा रगतमा...
झलनाथ खनाललाई थप उपचार गर्न आज दिल्ली लगिँदै

झलनाथ खनाललाई थप उपचार गर्न आज दिल्ली लगिँदै

समाचार, स्वास्थ्य
नेकपा एमालेका नेतासमेत रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ। Advertisement ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि अहिले साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ। खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्। दिल्ली लगेर त्यहाँको एपोलो अस्पतालमा उनलाई उपचार गर्ने तयारी छ। खनाललाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। खनाल यसअघि कोरोना संक्रमित भई संक्रमणमुक्त भएका थिए। ...
प्रदेश १ सरकारले ल्यायो ३२ अर्बको बजेट, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

प्रदेश १ सरकारले ल्यायो ३२ अर्बको बजेट, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

देश, राजनीति, स्वास्थ्य
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु. ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट पेश गरेको छ । चालु आर्थिक वर्षको लागि सरकारले रु. ४० अर्ब ८९ करोड ९९ लाख बजेट विनियोजन गरेको थियो ।  आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार आय र खर्चको अनुमान समेटिएको बजेट प्रदेशसभामा पेश गरेका हुन ।  कुल विनियोजन मध्ये चालुतर्फ रु. १४ अर्ब १६ करोड अर्थात ४३ दशमबल ५ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ३ अर्ब २२ अर्थात ४६ दशमबल ३ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । स्थानीय तहतर्फको वित्तीय हस्तान्तरणका लागि रु. ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत विनियोजन गरिएको हो । त्यसैगरी वित्तीय व्यवस्थातर्फ ३ करोड विनियोजन भएको छ ।  उल्लेखित खर्चका लागि स्रोत जुटाउन सरकारले आन्तरिक राजश्वबाट ४ अर्ब ९ करोड ७७ लाख, राजश्व बाँडफाँटबाट रु. ९ अर्ब ८१ करोड ६६ ल...
पोखरीमा डुबेर बालिकाको मृत्यु

पोखरीमा डुबेर बालिकाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । सप्तरी जिल्लाको महादेवा गाउँपालि–२ बस्ने अनिल मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै रहेको पोखरीमा आफन्तसँग नुहाउन गएकी बालिका पोखरीको डिलमा बसेर नुहाइरहेकी थिइन् । डलबा चिप्लिएर पोखरीमा डुब्दा बेहोस् भएकी बालिकालाई तत्काल उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । मृतक बालिकाको राजविराजस्थित अस्पतालमा पोष्टमार्टम भएको छ ।  Advertisement यसैबीच सवारी दुर्घटनामा घाइते भएका सप्तरीको खडक नगरपालिका–८ ढोलबजा बस्ने बौवालाल चौधरीको छोरा २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका–८ पहाडे भदै...
कोरोना भाइरस चमेराबाट सर्‍यो कि प्रयोगशालाबाट फैलियो?

कोरोना भाइरस चमेराबाट सर्‍यो कि प्रयोगशालाबाट फैलियो?

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
कोरोना भाइरस जनावरबाट सरेको होइन, चीनको प्रयोगशालामा विकास गरिएको हुनसक्छ भनेर धेरैअघिदेखि शंका गरिँदै आएको थियो। यो प्रयोगशालाबाट नियोजित रूपले वा दुर्घटनावश समुदायमा फैलिएको ठान्नेहरू अझै पनि थुप्रै भेटिन्छन्। के यसको पछाडि कुनै वैज्ञानिक आधार छ? गत वर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सम्मेलनले महामारीको उत्पत्तिबारे पहिलो चरणको अनुसन्धान गर्न सहमति जनाएको थियो। उक्त अनुसन्धान सन् २०२१ को सुरूदेखि चीनमा जारी छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि महामारीको उत्पत्ति पत्ता लगाउने अभियानमा सहकार्य गर्न यही जेठ १२ गते आफ्ना अनुसन्धान निकायहरूलाई निर्देशन दिएका छन्। यसबारे ९० दिनभित्र रिपोर्ट बुझाउनू भन्ने अमेरिकी राष्ट्रपतिको निर्देशन छ। अस्ट्रेलिया, युरोपेली समुदाय र जापानले पनि यसबारे गहन अनुसन्धानको माग गर्दै आएका छन्। अधिकांश वैज्ञानिकहरू कोभिड महामारी फैलाउने '...
प्रदेश तहमा कोभिड–१९ युनिफाइड अस्पताल तोक्ने तयारी

प्रदेश तहमा कोभिड–१९ युनिफाइड अस्पताल तोक्ने तयारी

देश, समाचार, सामाजिक, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशमा ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरेको छ । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले प्रदेशमा सञ्चालन भइरहेका अस्पताललाई ‘कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पताल’ तोक्ने तयारी गरिएको छ । केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतमले प्रदेशस्तरमा अहिले सञ्चालन भइरहेका सङ्घ अन्तर्गत अस्पतालाई नै युनिफाइड प्रादेशिक अस्पताल बनाउने तयारी भइरहेको जानकारी दिए । ती अस्पतालले कोभिड–१९सँगै अन्य बिरामीको पनि उपचार गर्न सक्ने छन् ।  Advertisement केन्द्रीय अस्पतालले नै प्रदेश सरकारसँग समन्वय गरी प्रदेशस्थित सङ्घ वा प्रादेशिक अस्पतालाई कोभिड–१९ युनिफाइड प्रादेशिक अस्पतालको रुपमा तोक्ने सक्ने व्यवस्था रहेको छ । उनका अनुसार प्रदेश–१ मा विपी कोइराला स्वास्थ्य विज्ञान प्...