२०८१ बैशाख ८

एमालेलाई दियो चीनले स्वास्थ्य सामग्री

नेकपा एमालेलाई चिनियाँ कम्युनिस्ट पार्टीले स्वास्थ्य सामग्री सहयोग गरेको छ । 

सो सामग्री मंगलबार एमाले महासचिव ईश्वर पोखरेलले आज केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । 


Advertisement


चीनले सहयोग गरेको स्वास्थ्य सामग्रीमा हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन–नाइन्टी फाइभ मास्क १ लाख थान रहेको छ । 

सो सामग्री कोभिड–१९ का विरुद्धको लडाइ“मा थोरै भए पनि मद्दत पुग्ने विश्वास पार्टीले लिएको प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

Copy link
Powered by Social Snap