२०८१ बैशाख ८

घट्दैछ काेराेना संक्रमण, आज देशभरको अवस्था यस्तो रह्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर १३ हजार ७३३ नमूनाको परीक्षण गरिएको थियो । जसमध्येबाट ३ हजार ४७९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । 


Advertisement


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिले टेस्ट पोजेटिभिटी दर २९.८ रहेको छ भने निको हुने दर ८३.५ पुगेको छ । आजसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको छ । जसमध्ये ८२ हजार ७०३ जना होम आइसोलेसनमा, ६ हजार ५१४ जना संस्थागत आइसोलेसनमा, १ हजार ४४२ जना आईसीयूमा र ३८१ जना  भेन्टिलेटरमा रहेका छन् ।  

पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना संक्रमणमुक्त भएका छन्  । आज सबैभन्दा धेरै काठमाडौंमा ७३१ जना संक्रमित थपिएका छन् भने ललितपुरमा २५४ र भक्तपुरमा १४६ जना संक्रमित थपिएका छन् । 

उपत्यकाबाहिर सबैभन्दा धेरै मोरङमा २२५ जना संक्रमित थपिएका छन् भने काभ्रेमा १२९ र झापामा ११८ जना संक्रमित थपिएका छन् । यीबाहेक अन्य जिल्लामा १ सयभन्दा कम संक्रमित थपिएका छन् । 

त्यसैगरी १० जनाभन्दा कम संक्रमित थपिनेमा पाँचथर भोजपुर, तेह्रथुम लगायतका २३ जिल्ला छन् । त्यस्तै ५० भन्दा कम संख्यामा सक्रिय संक्रमित रहेकामा ७ जिल्ला र २०० भन्दा कम रहनेमा १० जिल्ला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Copy link
Powered by Social Snap