२०८३ कार्तिक १२

बाल सुधार गृहमा कोरोना : ५० जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि

२३ जेठ, विराटनगर । क्षमताभन्दा चार गुणा बढी बालक राखिएको विराटनगरको बाल सुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । १९३ जना बालक राखिएको सुधार गृहमा कोरोना संक्रमण फैलिएको हो ।

सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार हालसम्म २५ जना बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । सुधार गृहमा जेठ २ गते एक बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि लक्षण देखिएका दुई बालकको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।


Advertisement


जेठ १३ गते संक्रमितको सम्पर्कमा आएका ५० जनाको पीसीआर परीक्षण गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको  हो । तर एकै पटक २२ जनामा संक्रमण पुष्टि भएपन त्यसपछि अन्यको भने पीसीआर गरिएको छैन ।

स्रोतका अनुसार सुधार गृहभित्र रहेका बालकहरुमा ज्वरो र खोकीको लक्षण देखिएको छ । तर प्रशासनले जेठ १३ गते यता पीसीआर परीक्षण नै गराएको छैन । ‘जेठ १३ गते संकलन गरिएको नमुनाको रिपोर्ट १७ र १८ गते मात्रै आयो,’ चौहानले भने, ‘अन्य बालकहरुको पनि पीसीआर गर्ने तयारी भइरहेको छ ।’

उनका अनुसार संक्रमित बालकलाई विराटनगर महानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ । चार जना बालकलाई उपचारका लागि अदालतको आदेशपछि आफन्तको जिम्मा लगाइएको छ ।

एउटा कोठामा २५ जना बालक

सुधार गृहका प्रमुख चौहानका अनुसार गृहको क्षमता ५० जना मात्रै हो । तर क्षमताभन्दा करिब चार गुणा बढी १९३ जना बालकलाई राखिएको छ । क्षमताभन्दा धेरै भएका कारण एउटै कोठामा २५ जनासम्म बालकहरुलाई राखिएको छ ।

प्रदेश १ मा विराटनगरमा मात्रै सुधार गृह छ । प्रदेशका १४ वटै जिल्लाका बालविज्याईकर्तालाई अदालतको आदेशपछि विराटनगरमा ल्याएर राखिन्छ । ‘क्षमताभन्दा चार गुणा बढी छन्, व्यवस्थापन गर्न गाह्रो छ,’ चौहान भन्छन्, ‘पहिले प्रयोगमा नभएका कोठाहरु प्रयोगमा छन्, एउटा कोठामा २५ जनासम्म बस्छन् ।’

सुधार गृहमा १४ देखि १८ वर्ष उमेर समूहका बालकहरु छन् ।

Credit: OnlineKhabar


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap